अलपत्र परेका ५६४ यात्रुहलाई पोखराबाट स्कटिङसहित पठाइयो

अलपत्र परेका ५६४ यात्रुहलाई पोखराबाट स्कटिङसहित पठाइयो

photo gadi

पोखरा ।यातायात व्यवसायीकाे आन्दाेलनका कारण सार्वजनिक यातायात नचलेपछि पोखरामा अलपत्र परेका ५६४ जना यात्रुहरुलाई प्रहरीले स्कटिङ गर्दै सुरक्षित रूपमा गन्तव्यतर्फ पठाएको छ ।

साेमबार बिहान १० बजे पोखरा महानगरपालिका वडा नम्बर ७ पर्यटक बसपार्कबाट अलपत्र परेका यात्रुहरुलाई गन्तव्यमा पठाइएको प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए ।

डिएसपी बस्नेतका अनुसार जिल्ला प्रहरीबाट खटिएका प्रहरी र सशस्त्र प्रहरी कालिका गढबाट खटिएको संयुक्त टोलीले यात्रुहरुलाई गन्तव्यमा पु¥याइएको हो । यी मध्यृे काठमाडौँतर्फ १४ वटा तथा नारायणगढतर्फ ३ वटा गरी कुल १७ वटा सवारी साधनलाई पठाइएको छ ।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds