Main News 2

रौतहटका छ स्थानीय तहको आर्थिक कारोबार बन्द
रौतहट । रौतहटको १८ वटा स्थानीय तहमध्ये छ वटाको आर्थिक कारोबार बन्द गरिएको छ । विद्युतीय भुक्तानी प्रणालीबाट मात्र आर्थिक कारोबार नगरेको भन्दै कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले ईशनाथ नगरपालिका, गढीमाई नगरपालिका, फतुवा विजयपुर नगरपालिका, वृन्दावन नगरपालिका यमुनामाई गाउँपालिका तथा राजपुर नगरपालिकाको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) लक गरेको छ । कोष तथा...
पोखरा १३ मोहरपानी आदर्श टोल विकास संस्थाको अध्यक्षमा श्रीराम सिग्देल
पोखरा । पोखरा महानगरपालिका वडा नं १३ स्थित मोहरपानी आदर्श टोल विकास संस्थाको अध्यक्षमा पुनः श्रीराम सिग्देल निर्वाचित भएका छन् । संस्थाको चौथो अधिवेशनले सिग्देललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । उनी नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान सहसचिव हुन् । उनले विभिन्न संघसंस्थामा नेतृत्व गरिसकेकाा छन् । संस्थाको उपाध्यक्षमा श्रीराम बराल, सचिवमा शिवराज बराल, सहसचिवमा...
एमाले गण्डकीद्वारा अर्जुन पौडेलमाथि भएको आक्रमणको निन्दा
पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले पर्वतमा आफ्नै पार्टी कार्यालयभित्र प्रदेशमिटी सदस्य अर्जुन पौडेलमाथि भएको भौतिक आक्रमणप्रति घोर निन्दा र भर्त्सना गरेको छ। गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले आज एक विज्ञप्ति जारी गर्दै पार्टीको आन्तरिक विषयमा छलफल भइरहेका बेला पौडेलमाथि गरिएको साङ्घातिक आक्रमण अराजक, अलोकतान्त्रिक र निन्दनीय भएको बताएका छन्। पर्वत जिल्ला पार्टी कार्यालयमा...
कास्की मोडेल अस्पतालमा छाती तथा दम रोग सम्बन्धी निशुल्क शिविर
पोखरा । पोखराको न्यूरोडमा रहेको कास्की मोडेल हस्पिटलको आयोजनामा छाती तथा दम रोग सम्बन्धी एक दिने निशुल्क स्वास्थ्य परीक्षण  शिविर भएको छ  । सिप्ला कम्पनीको प्राविधिक सहयोगमा विश्व आस्थामा दिवसको अवसरमा मंगलबार हस्पिटलको प्राङ्गणमा  भएको शिविरमा १ सय २८ जनाले सुविधा लिएका छन् । शिविरमा फोक्सोको रोगहरु तथा उपचार संग सम्बन्धी जनचेतना मूलक जानकारी वरिष्ठ छाती...
लायन्स कप भलिबलकोे फाइनल आज, पुलिस र इरानी टोली भिड्ने 
पोखरा । प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबलको फाइनल आज हुँदैछ ।  लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालामा विभागीय टोली नेपाल पुलिस क्लब र इरानको टोली फाइनलमा भिड्ने भएका हुन् । हिजाे भएको सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३—० को सोझो सेटमा पराजित गर्दै पुलिस फाइनल पुगेको...
लायन्स कप भलिबलमा पुलिस र इरानी टोली फाइनलमा
पोखरा । लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबलको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र इरानको टोली भिड्ने भएका छन् । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालामा भएको सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३—० को सोझो सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो । पुलिसले एपिएफलाई...
जिल्ला एथलेटिक्स संघ कास्कीद्धारा पोखरा रंगशाला सरसफाइ
पोखरा । जिल्ला एथलेटिक्स संघ कास्कीले पोखरा रंगशालामा सरसफाइ गरेको छ । जिल्ला खेलकुद बिकास समितिको समन्वयमा शुक्रबार पोखरा रंगशालाको सरसफाइ गरेको हो । पोखरा रंगशालाको फुट ट्रयाकमा झार तथा घाँसहरु उम्रिएर ट्रयाक दिन प्रतिदिन फोहोर र खराब हुने भएकाले एथलेटिक्स संघले रंगशालाको ट्रयाकको भाग सरसफाइ गरिएको जिल्ला एथलेटिक्स संघ कास्कीका अध्यक्ष गज बहादुर गुरुङले...
अमेरिका र नेपालबाट एक साथ रिलिज भयो रामप्रसाद खनालको सन्देशमूलक गीत “केही नगरी बस्यो भने”(भिडियो)
वाशिङ्गटन डिसी / लोकगीत, दोहोरी गीत क्षेत्रका अग्रज, लोकप्रिय गायक एवम् सुप्रसिद्ध कलाकार, पत्रकार रामप्रसाद खनालको अर्को नयाँ सन्देशमूलक लोकगीत अमेरिकामा भर्खरै रिलिज भएको छ । खनालको नयाँ गीत ” केही नगरी बस्यो भने ” नेपालमा वैशाख १९ गते शुक्रवार बेलुकी ५ बजे देखि र अमेरिकामा मे २ तारिख बिहान ७:१५ बजे ( न्यूयोर्क समय...
सुटिङकी भगवतीलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’
 पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’मा लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन शुटिङकी भगवती खत्री केसीलाई अर्पण गरिने भएको छ । प्रतिभा छनोट समितिको बैठकले सिफारिस गरेकोमा मञ्चको कार्यसमिति बैठकले त्यसलाई अनुमोदन गरेसँगै यसपाली खत्रीले अवार्ड पाउने निश्चित भएको हो । खत्रीलाई वैशाख २६ गते पोखरा इभेन्ट सेन्टरको हलमा...
लायन्स भलिबलमा इरानी टोलीको विजयी सुरुवात
पोखरा । प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा पाहुना टोलीले विजयी सुरुवात गरेको छ । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा बिहीबार भएको उद्घाटन खेलमा इरानको टोलीले विभागीय टोली एपिएफलाई ३—१ को सेटमा पराजित गरेको हो । इरानी टोलीले पहिलो सेट २५—२०, तेस्रो सेट २५–२३ र...