Breaking 2

सुदन समूहले माग्यो प्रधानमन्त्रीको राजीनामा
काठमाडाै‌ं । मनलाग्दी मन्त्रिमण्डल गठन गरेको आरोप लगाउँदै सुदन गुरुङ नेतृत्वको समूहले आइतबार राति बालुवाटार अगाडि जोरदार नाराबाजी गरी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ। समूहका आन्दोलनकारीहरूले गृहमन्त्रीमा ओमप्रकाश अर्यालको नाममा असहमति जनाउँदै मध्यराति बालुवाटार पुगेर नाराबाजी गरेका थिए। सहभागिहरूले “सहजकर्ता बनेर आएको मानिसलाई किन गृहमन्त्री बनाइयो?” भन्दै आक्रोश सयर गरे र यस्तो नियुक्ति परिवर्तन...
सार्वजनिक सम्पत्तिमा आगजनी गर्नेको पहिचान खुल्दै
काठमाडौं  । जेन–जी आन्दोलन चलिरहँदा भएको सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूको पहिचान खुल्न थालेको छ । सार्वजनिक भइरहेका भिडियोहरूमा यस्ता कार्यमा राजनीतिक दलका नेता–कार्यकर्तासमेत संलग्न रहेको देखिएको छ । द जेन–जी आन्दोलन सुरु भएको भोलिपल्ट मंगलबार संसद् भवन, सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालतलगायतका सार्वजनिक संरचना जलाइएका थिए । यस्तो काममा जेन–जी (१३–२८ वर्ष) भन्दा पनि अधिकांश...
संघीय संसद् विघटन, फागुन २१ मा चुनाव
काठमाडाैं । अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले पदबहालीपछि पहिलो निर्णयकै रूपमा संसद् विघटनको सिफारिस गरेकी छिन् । उनको सिफारिसलाई राष्ट्रपति रामचन्द्र पौडेलले आजै स्वीकृत गरेका छन् । प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गते गर्ने गरी मिति तोकेको घोषणा गरेकी छिन् । राष्ट्रपतिका कानूनी सल्लाहकार बाबुराम कुँवरका अनुसार संसद् विघटनसम्बन्धी प्रधानमन्त्रीको...
देशभर मनसुन सक्रिय, पाेखरामा बिहानदेखि भारी वर्षा
पोखरा । मनसुन सक्रिय बनेपिछ देशका अअिका‌श भागमा आज बिहानै देखि वर्षा भएको छ ।   मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान वरपर छ भने पश्चिममा सरदरभन्दा केही उत्तरतिर अर्थात् नेपालतिर रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । बिहानदेखि पाेखरासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार केही...
पोखरामा पनि सेनाको गस्ती सुरु, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह
पोखरा । पोखराका सडकहरुमा नेपाली सेनाले गस्ती सुरु गरेको छ । मंगलबार भएको जेन–जी आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन् । सेनाले सर्वसाधरणलाई विना काम बाहिर ननिस्कन आग्रह गरेको छ । अत्यावश्यक काम बाहेक घरबाहिर नजान सेनाले आग्रंह गरेको हो । जेनजीको आन्दोलनका क्रममा मंगलबार पोखरामा...
राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न पाँचजना पक्राउ, सेना खटियाे सडकमा
काठमाडौं । नेपाली सेनाले राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट गर्ने पाँचजनालाई पक्राउ गरेको छ । हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौंको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ । उनीहरू मंगलबार (भदौ २४) बैंक लुटपाटमा संलग्न भएका थिए । म‌ंगलबार राति १० बजेदेखि नेपाली सेना खटिएको छ ।
पोखराको बुलौदीमा रहेको इभेन्ट सेन्टरमा आगजनी
पोखरा । पोखरा बुलौंदीस्थित पोखरा इभेन्ट सेन्टरमा आगजनी भएको छ । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरुले इभेन्ट सेन्टरमा आगजनी गरेका हुन् । अहिले काठमाडौं, पोखरा लगायत देशका विभिन्न ठूला शहरहरुमा प्रदर्शन भइरहेको छ । शीर्ष नेतका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा प्रदर्शनकारीहरूले लगातार ढुंगामुढा गरिरहेका छन् ।
आन्दोलनको दबाबपछि सामाजिक सञ्जालमा लगाएकाे प्रतिबन्ध सरकारले हटायो 
काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले अब सामाजिक सञ्जालहरू पुनः सञ्चालनमा आइसकेको जानकारी दिएका छन् । उनका अनुसार सरकारलाई सामाजिक सञ्जाल बन्द गरेकोमा कुनै पश्चाताप छैन । तर यही विषयलाई आधार बनाएर आन्दोलन चर्किएपछि निर्णय फिर्ता...
जेन जी प्रदर्शनकारीले गरे गण्डकीको मुख्यमन्त्री कार्यालयमा तोडफोडको प्रयास
पोखरा । ‘जेन जी’ प्रदर्शनकारीले पोखरा-७ मा रहेको गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा तोडफोडसहित आगजनीको प्रयास गरेका छन् । सोमबार सभागृह चोकमा भएको प्रदर्शनपछि गएका प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयमा ढुङ्गामुढा गरेका हुन् । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीका फोहोरा प्रहार गरेको थियो । प्रदर्शनकारीले सरकारद्वारा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयदेखि भ्रस्टाचारसम्मका विषयमा आवाज उठाएका छन् ।...
पर्वतीय दौडलाई सफल पार्न पर्यटन व्यवसायीले सहयोग गर्ने
पोखरा । विश्व पर्यटन दिवसको अवसरमा आयोजना हुने दोस्रो पुम्दीभुम्दी पर्वतीय दौड प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न पर्यटन व्यवसायीहरूले प्रभावकारी ढंगले सहयोग गर्ने बताउनु भएको छ । पोखरा प्रबद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा यही असोज ४ गते पोखरामा आयोजना हुन लागेको प्रतियोगिताबारे शनिवार पोखरामा आयोजित छलफल कार्यक्रममा पर्यटन व्यवसायीहरूले प्रभावकारी ढंगबाट सहयोग गर्ने वचन...