Breaking 2

बागलुङमा बस दुर्घटनामा हुँदा २१ जना घाइते
बागलुङ । बागलुङको निसीखोलामा आज बस दुर्घटना भएको छ । रुकुमबाट काठमाडौं आउदै गरेको बस निसीखोला–६ जाउलेपानीमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । ना. ८ ख. ८४१४ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनमा ४ जना गम्भीर र १७ जना सामान्य घाइते भएको बागलुङ प्रहरीले जानकारी दिएको छ । बसमा ४० जना सवार...
चाडपर्वमा बागमती प्रदेशका १० जिल्लामा २४ जनाको मृत्यु
चितवन ।  बागमती प्रदेशमा पर्ने उपत्यकाका तीन जिल्लाबाहेकका जिल्लामा चाडपर्वका समयमा सवारी दुर्घटनामा परी २४ जनाको मृत्यु भएको छ ।  काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका जिल्लामा दशैंँको घटस्थापना अर्थात् असोज १७ गतेदेखि कात्तिक २० गते बिहानसम्म दुई सय ३० दुर्घटना भएकामा २४ जनाको मृत्यु भएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका...
पोखराका पूर्ववडाध्यक्ष अधिकारीको निधन
पोखरा । पोखराका पूर्ववडाध्यक्ष द्रोणराज अधिकारीको निधन भएको छ । तत्कालीन पोखरा नगर पञ्चायत वडा नम्बर ५ का पूर्वअध्यक्ष अधिकारीको आज ७२ वर्षको उमेरमा निधन भएको हो । पोखरा ५ पर्स्याङ निवासी अधिकारीको उपचारका क्रममा चरक मेमोरियल अस्पतालमा आज बिहान ९ः४१ बजे निधन भएको अधिकारीका छिमेकी लक्ष्मण बरालले बताए । बरालका अनुसार उनी केही समयदेखि...
अमेरिकामा ४७ औं राष्ट्रपति चयन गर्न आज चुनाव
न्युयोर्क । अमेरिकाको ४७ औं राष्ट्रपति चयनका लागि आज मंगलबार निर्वाचन हुँदैछ । कमला ह्यारिस र डोनाल्ड ट्रमपबीच राष्ट्रपति चयनका लागि आज मतदान हुन लागेको हो । पछिल्ला चुनावी सर्वेक्षणमा रिपब्लिकन दलका उम्मेदवार डोनाल्ड ट्रम्पभन्दा डेमोक्रेटिक दलका उम्मेदवार कमला ह्यारिस केही अघि देखिएकी छन् । अमेरिकाकै पहिलो महिला राष्ट्रपति हुने दौडमा रहेकी ह्यारिसले ४८ प्रतिशत...
मुस्ताङको निषेधित क्षेत्र हटाउन मुस्ताङी जनप्रतिनिधि हरुको माग
मुस्ताङ । उपल्लो मुस्ताङमा लागु भएको निषेधित तथा नियन्त्रित क्षेत्रलाई यथाशीघ्र हटाउन मुस्ताङका जनप्रतिनिधिहरुले सरकार समक्ष माग गरेका छन् । जिल्ला समन्वय समिति मुस्ताङसहित जिल्लाका ५ वटै स्थानीय तहका जनप्रतिनिधिहरुले सामुहिक ऐक्यवद्धता जनाउँदै यस्तो माग राखेका हुन् । नेपाल—चीन उत्तरी कोरलानाकामा अध्यागमन कार्यालय उद्घाटन गर्न पुगेका गृहमन्त्री रमेश लेखकलाई २ बुँदे ज्ञापनपत्र पेश गर्दै मुस्ताङको...
राजनीति
पोखराका करार कर्मचारी हटाउने निर्णयमा एमाले जनप्रतिनिधिको कडा आपत्ति
पोखरा । पोखरा महानगरपालिकाकोे कार्यपालिका बैठकले करार कर्मचारी हटाउने निर्णय गरेकोप्रति उपमेयर मञ्जुदेवी गुरुङसहित एमाले जनप्रतिनिधिले कडा आपत्ति जनाएका छन् । कात्तिक १५ गते हिजो बसेको कार्यपालिका बैठकले महानगरमा कार्यरत १० जना इन्जिनियर र १८ जना सबइन्जिनियरलाई हटाउने निर्णय गरेकोमा एमाले जनप्रतिनिधिले संयुक्त विज्ञप्ति निकालेर कडा आपत्ति जनाएका हुन् । तिहारको बिदामा हतार/हतारमा एजेन्डाको विषयमा...
पोखरामा मौलिक तिहार उत्सव, मगर संघ च्याम्पियन
पोखरा । पोखरा टेलिभिजनले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय दोस्रो मौलिक तिहार उत्सवमा नेपाल मगर संघ पोखरा नयाँ बजार समिति च्याम्पियन बनेको छ । मगर, गुरुङ, व्राह्मण, क्षेत्री, गन्धर्व समुदायबीच भएको प्रतियोगितामा नेपाल मगरसंघ नयाँ बजारले अवार्ड जितेको हो । च्याम्पियन बनेको समूहलाई निर्णायक संयोजक प्रजापति पराजुली,पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल,कलाकार तारापति सुवेदी ,...
गण्डकीका मुख्यमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको सम्पति विवरण सार्वजनिक भएको छ । गत कात्तिक १२ गतेको मन्त्री परिषद्को निर्णय अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट मार्फत् मुख्य मन्त्री तथा मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गरिएको हो । जेठ १६ मा नियुक्त मुख्यमन्त्रीसहित मन्त्रीहरु, भदौ १७ मा नियुक्त एमालेका मन्त्री अनि पछिल्लो पटक कात्तिक ५ गते वन...
अपराध
श्रीमतीको हत्या अभियुक्त तीन वर्षपछि पक्राउ
झापा। श्रीमतीको हत्या गरेर फरार रहेका एक अभियुक्त कतारमा पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–११ का फरार अभियुक्त ३८ वर्षीय गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार नेपाल प्रहरीको इन्टरपोल शाखाले जारी गरेको रेड कर्नर नोटिसका आधारमा अभियुक्त राईलाई कतारमा पक्राउ गरेर मंगलबार नेपाल ल्याइएको हो । अभियुक्त राई...
‘पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुनुमा सरकारको कमजोरी’
पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुनुमा सरकारको कमजोरी रहेको बताएका छन् । उनले दीर्घकालीन योजना नबनाइ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाएकाले अहिले अन्तर्राष्ट्रिय उडानमा समस्या भएको बताए । ‘सरकारले पूर्वाधार निर्माण गर्दा योजनावद्ध रुपमा दिर्घकालीन रुपमा सोच्नु पर्दछ, ’उनले भने,‘ विमानस्थल निर्माण गर्ने मात्र योजना बनाइयो, सञ्चालन र व्यवस्थापनमा...