Breaking 2

पोखरामा प्रतिरक्षा तथा बाल बाथरोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर
पोखरा । पोखरामा शनिबार सम्पन्न भएको प्रतिरक्षा तथा बाल बाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट ४ जिल्लाका ६९ जना लाभान्वित हुनु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा, म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राविधिक सहयोगमा पोखरा क्लिक प्रा.लि.को आयोजनामा शनिबार पोखरामा भएको उक्त कार्यक्रमबाट कास्की सहित ४ जिल्लाका ६९ जना लाभान्वित भएको प्रा.लि.ले जनाएको...
मातृ मृत्युदर घटाउन सेवा र निगरानीको पहुँच पुर्‍याउनु पर्छ : मुख्यमन्त्री पाण्डे
पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मातृ मृत्युदर र आत्महत्या घटाउन प्रदेश सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिनुभएको छ । राष्ट्रिय महिला आयोगद्वारा बुधबार पोखरामा आयोजित ‘लैङ्गिक न्याय सम्बन्धमा स्थानीय सरकारका न्यायिक समितिसँग प्रदेशस्तरीय अन्तक्र्रिया’ कार्यक्रममा उहाँले अन्य प्रदेशको तुलनामा मातृ मृत्युदर गण्डकी प्रदेशमा बढी रहेको उल्लेख गर्नुभयो । मातृ मृत्युदर न्यूनीकरण गर्न गर्भवती...
शिक्षक आन्दाेलनले सर्‍याे कक्षा १२ को परीक्षा
पोखरा । शिक्षकहरुकाे आन्दाेलनले कक्षाा १२ को परीक्षा सरेको छ । आन्दाेलनरत शिक्षक महासंघको दबाबपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा  वैशाख २१ गतेबाट हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बताए । भाेलिदेखि परीक्षा हुने तालिका थियाे । मंगलबार बिहान बसेको बोर्ड बैठकले कर्मचारी परिचालन गरेर तोकिएकै दिन परीक्षा सञ्चालन गर्ने निर्णय...
एमाले कास्कीले तीन कम्युनिष्ट योद्धालाई आज सम्मान गर्ने
पोखरा । नेकपा एमाले पार्टीको ७६ औं स्थापना दिवसको अवसरमा नेकपा (एमाले)कास्कीले आज मंगलबार प्रवर्चन एवं सम्मान कार्यक्रम गर्ने भएको छ । नयाँबजार शान्ति वनमा रहेको पार्टी कार्यालयमा प्रवर्चन र सम्मान कार्यक्रम हुने पार्टी जिल्ला अध्यक्ष बैनबहादुर अधिकारीले क्षेत्रीले जानकारी दिए । ‘संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलन, उपलब्धि र कम्युनिष्ट पार्टीको योगदान’ विषयक प्रवर्चन कार्यक्रम,...
मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग
काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला र मतदातामा अनुरोध गरेको छ । त्यस कार्यक्रमका लागि अनलाइनमार्फत निवेदन पेस गर्न वा सम्बन्धित निर्वाचन कार्यालयमा सम्पर्क गर्न पनि आयोगले भनेको छ । निर्वाचन आयोगबाट स्वीकृत मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ बमोजिम अद्यावधिक कार्यक्रम सञ्चालन हुन लागेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले...
प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी पक्राउ
पोखरा । लोक सेवा आयोग, पोखरा कार्यालयमा सञ्चालन भएको नेपाल प्रहरीको प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा नक्कली परीक्षार्थी परीक्षामा सामेल भएको आरोपमा १ युवती पक्राउ परेकी छन्। २०८२ साल वैशाख ६ गते बिहान ८ बजे पोखरा महानगरपालिका–७, पार्दीस्थित लोक सेवा आयोग परीक्षा भवनमा सञ्चालित परीक्षामा दर्ता नं. ३३५९२ की परीक्षार्थी आरती कुमारी मण्डलको नाममा...
पोखरामा क्लासिक सुइट्स बुमन्स क्रिकेट हुँदै
पोखरा । पोखरामा क्लासिक सुईट्स टि–२० वुमन्स सुपर कप क्रिकेट च्याम्पीयनसीप आयोजना हुने भएको छ । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा पोखराको लेखनाथस्थित ईडन हेभन क्रिकेट मैदानमा प्रतियोगिता हुने भएको हो । प्रतियोगिता बैशाख ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघले जनाएको छ । प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष...
गण्डकी विश्वविद्यालय प्राध्यापक मञ्च गठन, अध्यक्षमा सिलवाल
पोखरा । गण्डकी विश्वविद्यालयमा आबद्ध प्राध्यापकहरूको बिहीबार भएको भेलाले साझा संगठन ‘गण्डकी विश्वविद्यालय केन्द्रीय प्राध्यापक मञ्च’ गठन गरेको छ । भेलाले विश्वविद्यालयको कानुन कार्यक्रम संयोजक रविकुमार सिलवालको अध्यक्षतामा कार्यसमिति निर्वाचित गरेको छ । मञ्चको उपाध्यक्ष रुपेश अधिकारी, सचिव रमेश पौडेल तथा सदस्य जुलु त्रिपाठी र विश्वासराज पौडेल छन् । अध्यक्षमा लीलाराज लोहनीसमेत प्रत्यासी थिए ।...
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे पोखरा आउँदै
पोखरा  । केपी ओली कप राष्ट्रिय टि२० पुरूष क्रिकेटको फाइनल खेल भोली ५ गते (शुक्रबार) हुँदैछ । ‘‘सबैका लागि खेलकुद’ भन्ने मुल नाराका साथ मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा सो प्रतियोगिता गत चैत्र २३ गतेबाट पोखरा रंगशालामा सुरू भएको हो । फाइनल खेल संगै समापन कार्यक्रमको प्रमुख आतिथ्यताका लागि प्रतिनिधि सभाका सम्माननिय  सभामुख देवराज घिमिरे...
काठमाडौंमा भूकम्पको धक्का महसुस
काठमाडौँ । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जे भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर पाँच म्यााग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प आज बिहान ०४ः०५ बजे गएको हो । पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रविन्दु...