Breaking 2

बस दुर्घटनामा ५ को मृत्यु १५ घाइते, छानबिन समिति गठन
पोखरा ।  पोखरा महानगरपालिका वडा नम्बर २८ ओख्लेको भीरमा शुक्रबार बिहान स्कुल बस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । घटनामा १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा ३ बालिका एक बालक र एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी नवीन कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार बिहान कालिका बोर्डिङ स्कुलको...
चाडपर्वलाई लक्षित गरी पोखरामा यात्रु सहायता कक्ष सञ्चालन
पोखरा । नेपालीहरुको महान पर्व दसैँ लगायत अन्य चाडपर्वहरुलाई लक्षित गरी पोखरामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । पोखराको पृथ्वीचोकस्थित बसपार्क नजिकै रहेको यात्रु सहायता कक्षको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बुधबार उद्घाटन गर्नुभएको छ । सर्वसाधारण एवं यात्रुहरूको आवतजावतलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी...
पाेखराकाे पुम्दीभुम्दीमा तेस्राे संस्करणको पर्वतीय दाैडको तयारी
पोखरा । पाेखरा २२ पुम्दीभुम्दीमा हुने  तेस्रो संस्करणको खुला पर्वतीय दौड प्रतियोगिताको तयारी तीव्र पारिएको छ । आगामी शनिबार हुने प्रतियोगिताका लागि  १८ जिल्लाका ८० बढी धावकले नाम दर्ता गराइसकेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । प्रतियोगिताका लागि असोज २१ गते राति १२ बजेसम्म पोखरा क्लिक अनलाइनमार्फत नाम दर्ता गर्न सकिने आयोजकले जनाएका...
सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनील श्रेष्ठ
पोखरा ।  सिद्धार्थ क्लब पोखराको आर्थिक वर्ष २०८३/०८४ का लागि सुनील श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्। क्लबको वार्षिक साधारण सभा तथा पदस्थापना समारोहबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। नवनिर्वाचित अध्यक्ष श्रेष्ठसहित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। निवर्तमान अध्यक्ष देवेन्द्र पराजुलीले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई पदभार हस्तान्तरण गरेका...
तनहुँको घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति
तनहुँ । अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण तनहुँको घिरिङ गाउँपालिकामा सात वटा झोलुङ्गे पुल र एक वटा बेलिब्रिजमा क्षति पुगेको छ । यस्तै, भिमाद–रामपुर सडकखण्ड प्रभावित भएको छ । बाढीपहिराले गाउँपालिकाका विभिन्न स्थानमा भएको क्षतिको अवस्था बुझ्न जिल्ला सुरक्षा समितिको टोलीले बुधबार स्थलगत अनुगमन गरेको थियो । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको...
विश्व पर्यटन दिवसमा पोखरामा एक दिने सडक महोत्सव हुने
पोखरा । विश्व पर्यटन दिवसको अवसरमा रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले ‘विश्व पर्यटन दिवस मिनि सडक महोत्सव’ को आयोजना गर्ने तयारी गरेको छ । यही असोज ११ गते ( २७ सेप्टेम्बर २०२६) मा लेकसाइड क्षेत्रमा विभिन्न सांस्कृतिक, मनोरञ्जनात्मक तथा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम सहित उक्त महोत्सव आयोजना गर्न लागिएको रेवान पोखराले आज (शुक्रबार) पोखरामा आयोजित...
कास्की १ को सभापतिमा ओमप्रकाश गुरुङको उम्मेदवारी घोषणा
पोखरा । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा कास्की क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति पदका लागि ओमप्रकाश गुरुङले उमेदवारी घोषणा गरेका छन्। नेपाली कांग्रेसको स्थानीय संगठन तथा क्षेत्रीय कार्यसमिति (कास्की क्षेत्र नं. १) को नेतृत्व बलियो बनाउने र पार्टी संगठनलाई चुस्त दुरुस्त राख्ने एजेन्डासहित उनले यो उमेदवारी अघि सारेका हुन्। पोखरा विश्वविद्यालयमा अध्ययन रहँदा नेविसंघमा...
पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
पोखरा । अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन कक्षमा बुधबार दिउँसोदेखि नै चहलपहल सुरू भएको थियो । फ्लाई दुबईले दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडान सुरू गरेपछि पहिलो उडानबाट पोखरा आउने यात्रुको स्वागतसँगै पोखराबाट दुबई जाने यात्रुको बिदाइका लागि आफन्तको भीड देखिन्थ्यो । कोही घर फर्कदाँको खुसी साटिरहेका थिए, कोही परिवार र आफन्तसँग छुट्टिएर जानुपर्दाको...
पद्म नर्सिङ होम अनुमति प्रकरण
एमाले गण्डकीले गठन गर्‍यो तीन सदस्यीय छानबिन समिति
पोखरा । गण्डकी प्रदेशका तत्कालीन स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डेलाई पाेखराको पद्म नर्सिङ होमलाई ५० शय्याबाट १०० शय्याको अस्पताल सञ्चालन अनुमति दिने क्रममा आर्थिक लेनदेन गरेको आरोप लागेएपछि नेकपा एमाले गण्डकी प्रदेशले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। एमाले गण्डकी प्रदेश सभा संसदीय दलले घटनाको तथ्य र सत्य छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेशसहित...
पूजा कापी उद्योग चितवनले काठमाडौँमा व्यवसाय विस्तार गर्दै
काठमाडौं । पूजा कापी उद्योग प्रा. लि. भरतपुर -४ , चितवनले आफ्नो व्यावसायिक यात्रामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गर्दै काठमाडौँमा नयाँ भगिनी कम्पनी पूजा पेपर कन्भर्टिङ इन्डस्ट्रीज प्रा. लि. स्थापना गरी व्यवसाय विस्तार गरेको छ। कम्पनीले आसन्न नवौँ वार्षिक साधारण सभाको अवसरमा नयाँ कम्पनी स्थापनासँगै आफ्नो व्यावसायिक गतिविधिलाई थप विस्तार गर्न लागेको जनाएको हो। स्थापनाकालदेखि...