Breaking 1

फागुन ३ देखि देशैभर मतदाता शिक्षा अ‍भियान थालिने
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लिक्षत गरेर निर्वाचन आयोगले देशैभर मतदाता शिक्षा दिने तयारी थालेको छ । आयोगले फागुन ३ गतेदेखि देशव्यापी रूपमा मतदाता शिक्षाको सुरुवात गर्ने गरी कार्यसूची अघि बढाएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । निर्वाचन आयोगले मतदाता शिक्षा दिँदा पहिलेको तुलनामा बदरमत हरेक प्रदेश र जिल्लामा कम आओस्...
जेनजी आन्दाेलन छानबिन प्रतिवेदन यसै साता बुझाउने तयारी
काठमाडौँ। गत भदौ २३ र २४ गतेको नवयुवा (जेनजी) आन्दोलनमा भएको अकल्पनीय जनधनको क्षतिबारे सत्यतथ्य पत्ता लगाउन गठित उच्चस्तरीय जाँचबुझ आयोगले छानबिन पूरा गरी रायसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ । करिब पाँच महिनाको छानबिनपछि आयोगले दोषीमाथि कारबाहीको किटानी रायसहित यसै साता सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको हो । जेनजी आन्दोलनमा भएको हिंसात्मक घटनाको छानबिन गरी दोषीलाई...
आहारारा पोखरा गोल्ड कप मंगलबारदेखि
पोखरा । पोखराको प्रतिष्ठित आहारारा पोखरा गोल्ड कपको उद्घाटन खेलमा आयोजक सहारा क्लब र गोर्खा इन्टरनेसनल फुटबल क्लबबिच प्रतिष्पर्धा हुने भएको छ । सहारा क्लबको आयोजनामा पोखरा रङ्गशालामा हुने आहारारा गोल्ड कपको २५औँ संस्करण माघ २७ देखि फागुन ९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।...
भारत बन्यो साफ यु—१९ महिला फुटबलमा च्याम्पियन
पोखरा । दक्षिण एसियाली खेलकुद महासंघ (साफ) यु—१९ महिला फुटबलमा लिगमा बङ्गालादेशसँग व्यहोरेको हारको बदला लिँदै भारतले उपाधि जितेको छ । शनिबार पोखरा रङ्गशालामा भएको खेलमा भारतले बङ्गालादेशलाई ४—० गोलले पराजित गरी साफ ट्रफी उचालेको छ । लिगमा भारत बङ्गालादेशसँग २—० पराजित भएको थियो । शनिबारको खेलमा भारतका जुलानले खेलको ४२ औँ मिनेटमा गोल गर्दै टिमलाई...
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, आठको मृत्यु, ४५ घाइते
बैतडी ।  बैतडीको पुर्चौंडी नगरपालिकामा जन्ती बोकेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् । दुर्घटनामा  ६ जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो। मृतकहरुको नामावलीः- १) जिल्ला बझाङ बित्थडचिर गा.पा...
प्रेस चाैतारी सम्मान र पुरस्कार  विष्णु र रामजीलाई  अर्पण
पोखरा । प्रेस चौतारी नेपाल कास्की शाखाले संगठनको २८ औं स्थापना दिवसको अवसरमा दुई जना पत्रकारलाई सम्मान र पुरस्कार अर्पण गरेको छ । बिहीबार आयोजित समारोहमा विष्णुप्रसाद सापकोटालाई यस वर्षको प्रेस चौतारी पत्रकारिता सम्मान र रामजीप्रसाद लम्साललाई प्रेस चौतारी पत्रकारिता पुरस्कार प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सचिव खगराज अधिकारीले सम्मान–पत्र र दोसल्लासहित...
चुनाव नेपालमा, कमाइ फेसबुकमा
काठमाडौँ ।  आउँदो फागुन २१ का लागि निर्धारित प्रतिनिधि सभाको निर्वाचनमा मत बटुल्न यतिबेला उम्मेदवारहरू आआफ्ना क्षेत्रमा सक्रिय छन् । मतदाता रिझाउन विभिन्न तर्क, कारण र उपायसहित घरदैलो अभियानमा उम्मेदवारहरू व्यस्त देखिन्छन् । निर्वाचनको यो माहोलले गाउँसहर तात्दै छ । त्यसरी नै निर्वाचनसँग सम्बन्धित टीकाटिप्पणी (कन्टेन्ट) ले भरिभराउ छन्, सामाजिक सञ्जाल । सूचना र ज्ञानका...
साफ यु—१९ महिला फुटबलमा नेपालका लागि बंगालादेश तगारो
पोखरा । दक्षिण एसियाली खेलकुद महासंघ (साफ) यु—१९ महिला फुटबलमा नेपालको फाइनल खेल्ने चाहनामा बंगालादेश तगारो बनेको छ । पोखरा रङ्गशालामा बुधबार भएको खेलमा बङ्गालादेशसँग ४—० गोल अन्तरले परािजतसँगै नेपाल लिग चरणबाट बाहिरिएको हो । प्रतियोगितामा नेपाल र भुटान बाहिरिएपछि फाइनल खेल बङ्गालादेश र भारतबिच शनिबार हुनेछ । बुधबार भएको खेलमा बङ्गालादेशका खेलाडी अल्पी अक्तरले...
साफ यु-१९ महिला फुटबलमा नेपाललाई जित्नै पर्ने दबाब
पोखरा । दक्षिण एसियाली खेलकुद महासंघ (साफ) अन्डर १९ महिला फुटबलमा नेपालले आज बंगालादेशकाे सामना गर्दैछ । पोखरा रंगशालामा पहिलो पटक भएको फुटबलमा  नेपाल र बंगालादेशकाे खेल दिउँसो ३ बजे सुरु हुनेछ । आज नै भारत र भुटानबिच पनि खेल हुँदैछ । भारत र भुटानको खेल मध्याह्न १२ बजे सुरु हुनेछ । ४ टाेली सहभागी...
साफ यु–१९ महिला फुटबलमा बङ्गलादेश फाइनल नजिक
पोखरा । बङ्गलादेश  दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ महिला फुटबलको फाइनल नजिक पुगेको छ । पोखरा रङ्गशालामा सोमबार भएको खेलमा बङ्गलादेशले भारतलाई २–० गोलले हरायो । बङ्गलादेशका लागि २९औँ मिनेटमा टिम कप्तान अर्पिता विश्वासले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । मामोनी चक्काले प्रहार गरेको फ्रिकिक पिपक्षी किपर मुन्नीबाट रिबाउन्ड बललाई गोलमा परिणत गर्नुभएको हो...