Breaking 1

कास्की एकमा फराकिलो मतान्तरले रास्वपाका पौडेल निर्वाचित
पोखरा । कास्की क्षेत्र नम्बर १ मा रष्ट्रिय स्वतन्त्र पार्टीका खडकराज पौडेल गनेस निर्वाचित भएका छन् । उनी निकै ठूलो मतान्तरले विजयी भएका भएका हुन् । पौडेलले ३९ हजार ८ सय ८३ ल्याउँदा नेपाली कांग्रेसका तिलक रानाभाटले ११ हजार २ सय २४ र नेकपा एमालेका बैनबहादुर अधिकारी क्षेत्रीले १० हजार ४ सय २९ मत पाए...
कांग्रेसका योगेश गौचन थकाली मुस्ताङबाट विजयी
मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन्। उनले तीन हजार ३ सय ७ मत ल्याएर निर्वाचित भएका हुन्। यहाँ नेकपा एमालेका उम्मेदवार ईन्द्रधारा डाडु विष्टले १ हजार ८ सय ६ मत र रास्वपाका अधितीयचन्द्र थकालीले ७ सय ५९ मत ल्याएका थिए।
प्रारम्भिक मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता
पोखरा । फागुन २१ गते सम्पन्न भएको निर्वाचनको मत गणना जारी छ । प्रारम्भिक मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ । प्रारम्भिक मत गणनामा रास्वपाका ३८ उम्मेदवारले अग्रता लिएका हुन। निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस १, एमालेले ६,  नेपाली कम्यूनिस्ट पार्टीले १ ठाउँमा अग्रता लिएका छन् । कास्कीका तीन वटै क्षेत्रमा...
कास्कीका तीनवटै निर्वाचन क्षेत्रको मतगणना सुरु
पोखरा ।  कास्कीका तीनवटै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । क्षेत्र नम्बर २ को शुक्रबार बिहान साढे १२ बजे सुरु भएको हो भने कास्की-१ को २ बजे र कास्की-३ को बिहान साढे २ बजेदेखि मतगणना सुरु भएको छ । कास्की-२ को पोखरा महानगरपालिका-३३ को गणना भइरहेको छ भने कास्की- १ को रुपा गाँउपालिकाबाट सुरु...
प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान जारी
काठमाडौँ ।  जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । साँज ५ बजेसम्म मतदानकाे समय ताेकिएकाे छ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो । आज ‘पहिलो हुने निर्वाचित हुने...
सशस्त्र प्रहरीद्वारा ८ कार्टुन मदिरा नियन्त्रणमा
पोखरा। आसन्न प्रतिनिधि सभाको निर्वाचन–२०८२ लाई लक्षित गर्दै सशस्त्र प्रहरीले कास्कीमा मदिरा नियन्त्रणमा लिएको छ। कास्कीको रुपा गाउँपालिका–७ दाङसिङ मराङ क्षेत्रमा पोखराबाट रुपातर्फ जाँदै गरेको ग३च ६४३२ नम्बरको जिपबाट पसलमा बिक्रीका लागि झार्दै गरेको अवस्थामा ८ कार्टुन ‘कर्णाली स्याउ’ नामक मदिरा (अन्दाजी मूल्य रु. ७ हजार बराबर) नियन्त्रणमा लिइएको हो। सशस्त्र प्रहरी बल नेपाल नं. २४...
निर्वाचन आउन १ दिन बाँकी
 सार्वजनिक बिदाका दिन बैंक खुल्ने 
काठमाडौँ ।  निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ । यही फागुन २१ गतेका दिन हुने प्रतिनिधिसभा सदस्यको आमनिर्वाचनलाई मध्यनजर गरी सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ । फागुपूर्णिमा तथा अन्य सार्वजनिक बिदाका कारण सो अवधिमा वित्तीय पक्षका सारभूत कार्य...
३७ कैदीबन्दीले कास्कीमा मतदान गर्ने, कास्कीमा निर्वाचनको तयारी पूरा
पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा ३७ जना कैदीबन्दीले मतदान गर्ने भएका छन् । कैदीबन्दीमध्ये मतदाता परिचय पत्र बनाएका र स्थायी मतदाता नामावलीमा नाम समावेश भएका ३७ जनाले मतादान गर्न पाउने कास्की जिल्ला कारागार प्रशासक राजेन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ३७ जना मध्ये एक महिला रहनुभएको छ । कास्की कारागारमा ६ सय ९२...
निर्वाचन आउन दुई दिन बाँकी
आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आचारसंहिता कार्यान्वयन सुनिश्चित गर्न सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक...
तराइबाहेका जिल्लामा आज हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा
पोखरा । फागुपूर्णिमा अर्थात् होली पर्व आज पहाडी र हिमाली जिल्लामा  एकापसमा रङग दलेर मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाउने गरिएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ । केही वर्ष अघिसम्म उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका...