Breaking 1

लेखनाथ उद्योग वार्णिय संघको १५ औं अधिवेशन
राजेन्द्र ओझा नेतृत्व टिमको प्रतिवद्धता पत्र सार्वजनिक
पोखरा । पोखरा महानगरपालिका भित्रपर्ने (साविक लेखनाथ नगरपालिका) का उद्योगी व्यवसायीलाई चुनाव लागेको छ । लेखनाथ उद्योग वाणिज्य संघको १५ औं अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएपछि उद्योगी व्यवसायीलाई चुनाव लागेको हो । संघको अधिवेशन भदौ २० र २१ गते पोखरा महानगरपालिका वडा नम्बर २९ भण्डारढिकमा हुँदैछ । चुवनामा राजेन्द्र ओझा र जानुका पराजुली अधिकारी...
उपसभामुख इन्दिरा रानाविरुद्ध प्रस्ताव दर्ता गर्न किन पछि हटे एमाले र कांग्रेस ?
काठमाडौ‌ं ।  उपसभामुख इन्दिरा रानाविरुद्ध पदअनुकूल आचरण नगरेको प्रस्ताव दर्ता गर्ने तयारी गरेको कांग्रेस र एमाले अन्तिम समयमा पछि हटेका छन्। सोमबार बिहान प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको बैठकमै मंगलबार प्रस्ताव दर्ता गर्ने निष्कर्ष निकालिएको भएपनि विभिन्न दल र आफ्नै नेताहरूको असहमति देखिएपछि दुवै दल पछि सरेका हुन्। सत्तारुढ कांग्रेस र एमालेले प्रस्ताव दर्ता गर्न जसपा नेपाल,...
 जनउत्तरदायी र जवाफदेही सेवा प्रवाहमा केन्द्रित हुन जिसस कास्की प्रमुख पौडेलको आग्रह  
पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका पालिकाहरू संग असल अभ्यास बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नु भएको थियो। पौडेलले कार्य सम्पादन र बिकास निर्माणका असल अभ्यास आदान प्रदान सहित समस्याहरूको निराकरण र प्रभाबकारी समन्वयका निम्ति कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै आपसी अनुभव आदान...
घरेलु मदिरालाई वैधानिकता दिने विधेयक गण्डकी प्रदेश सभाबाट पारित
पोखरा । गण्डकी प्रदेशमा घरेलु मदिरा उत्पादन र बिक्रीलाई वैधानिकता दिने विधेयक प्रदेश सभाबाट पारित भएको छ । मंगलबारको प्रदेश सभा बैठकबाट गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो । विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशन भएपछि प्रदेशमा घरेलु मदिराले वैधानिकता पाउनेछ । यसका लागि बढीमा...
पहाडकी रानीले परिचित बन्दीपुरसँग साझेदारी बढाउँदै पोखरा
पोखरा । पोखरा महानगरपालिकाले भ्रमण वर्ष घोषणा भएका स्थानीय पालिका मध्येको तनहुँको बन्दीपुरमा त्यहाँका सम्बद्ध अधिकारीहरूबिच पर्यटकीय साझेदारी लगायतका विषयमा अन्तरक्रिया गरेको छ । प्रकृति, संस्कृति र ऐतिहासिकताले सम्पन्न पहाडी रानी उपमा पाएको बन्दीपुरमा सोमबार पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई नेतृत्वको टोलीले पोखरा र बन्दीपुरबीचको पर्यटकीय साझेदारीका सम्भावनाका सम्बन्धमा छलफल गरेको हो...
भ्रमण वर्ष २०२५ घोषणा गरेका स्थानीय तहसँग अनुुभव आदानप्रदान गर्दै पोखरा महानगर
पोखरा । पोखरा भ्रमण वर्ष २०२५ घोषणा गर्दै विभिन्न कार्यक्रमका साथ आफ्ना गतिविधि गरिरहेको पोखरा महानगरपालिकाले भ्रमण वर्ष २०२५ घोषणा गरेका विभिन्न पालिकासँग अनुुभव आदानप्रदान गर्ने कार्यलाई अघि बढाएको छ । भ्रमण वर्ष घोषणा पश्चात गरिएका प्रयासँगै गरिएका असल अभ्यास एवम् पर्यटकीय साझेदारी अभिवृद्धि गर्ने उद्देश्यका साथ अनुभव आदानप्रदान गर्ने कार्य गरिएको पोखरा भ्रमण वर्ष...
सरकारी जागिर छाड्ने बढ्दै
काठमाडौँ । लोक सेवा आयोगको उच्च प्रतिस्पर्धाबाट सेवामा प्रवेश गरेका निजामती कर्मचारीले बिचैमा राजीनामा दिएर जागिर छाड्ने क्रम बढ्दै गएको छ । चार वर्षमा दुई हजार ८८५ जना कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा दिएका छन् । राज्यले ठुलो लगानी गरेर तालिम प्रदान गरी समक्ष बनाउँदै गए पनि कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा दिँदा सरकारलाई...
प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु र मुख्यसचिवबीच  कार्यसम्पादन सम्झौता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै अगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान भएको हो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न थालिएका...
पोखराका तालहरु सफाइ गर्न पोखरा महानगर र लक्ष्मी हाउसबिच सम्झौता
पोखरामा रहेको तालहरुको सरसफाइ गर्न पोखरा महानगरपालिका र प्रतिष्ठित व्यावसायिक घरना लक्ष्मी ग्रुपबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । स्विस प्रविधिको प्रयोग गरेर पर्यटकीय सहर पोखरामा रहेका तालहरुको सरसफाइ गर्ने गरी सम्झौता भएको हो । विशेष गरी पोखरा महानगरपालिका र लक्ष्मी ग्रुपबिच वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जना सम्बन्धी...
न्युयोर्कको जमैका नेपाली समाजको अध्यक्षमा खनाल र सचिवमा निरौला चयन
न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित जमैका नेपाली समाजको अधिवेशन र समर पिकनिक भएको छ । अधिवेशनले पुष्कर खनालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नवनिर्वाचित पदाधिकारीहरुमा उपाध्यक्षमा भीम न्यौपाने, सचिव पारस भारद्वाज(निरौला), कोषाध्यक्ष साजन पौडेल छन । यसैगरी निर्वाचित सदस्यहरुमा अशोक ज्ञवाली, मातृका गुप्ता, राजेन्द्र गौतम, सम्राट कार्की, भुपेन्द्र बज्रचार्य, विनोद केसी, दीपक घिमिरे,...