पोखरा । जिल्ला समन्वय समिति कास्कीले जिल्लाका कृषि तथा पशुपालन क्षेत्रका सरोकारवालाहरूसँग अन्तरक्रिया गरेको छ । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले कार्यक्रमको उद्घाटन गर्दै कृषि र किसानका समस्याहरूको पहिचानसहित समाधान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गरे । प्रमुख पौडेलले पहिचान भएका समस्या समाधानमा केन्द्रित हुन् राज्यका सरोकारवाला निकाय गम्भीर हुन आग्रह गरे...
कालीकोट । कालीकोटमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप पलाँता गाउँपालिका–३ राडुनेटा नजिकै दुर्घटनामा परेको हो । पलाँता गाउँपालिकाको खिनबाट थिर्पुका लागि छुटेको बोलेरो जिप सडकबाट पाँच सय मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएका सात र गम्भीर घाइते १२ गरी १९ जना...
काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औं सम्मेलन (कोप–२९) मा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अजरबैजानको बाकु प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बिदाइ गरे । यसअघि...
बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले कास्कीमा बुझाएको छ। इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको कसुरमा पक्राउ परेका नेपालीलाई आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए। जिल्ला अदालत बागलुङले असोज १४ गते नेपालीलाई पुर्पक्षको लागि थुनामा पठाएको थियो। उनी उक्त सहकारीमा संस्थापक...
पोखरा । १९ वर्षमुनिको महिला टि–२० विश्वकप एसिया छनोटमा नेपालले आज थाइल्यान्डसँग खेल्दै छ । नेपालको यो चौथो खेल हो । नेपाल र थाइल्याण्डबीचको खेल दिउँसो सवा ३ बजे युएईमा हुने छ । गएको बुधवार शुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । बिहीवार कुवेतलाई एक सय आठ रनले हराएको...
पोखरा । पर्यटकीय राजधानी पोखरामा आयोजना भएको अन्तर्राष्ट्रिय क्रसकन्ट्री पर्वतीय दौड अन्तर्गतको ५ किमी छात्रतर्फ कास्कीका बादल कार्की र छात्रातर्फ नारायणी भण्डारी प्रथम भएका छन् । बिजेता दुबैले नगद ३०/३० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे । बादल कास्की मोडनाइज्ड र नारायणी छोरेपाटन माविमा अध्ययनरत छन् । त्यसैगरी छात्रतर्फ कालिका माविका कृष्ण परियार दोस्रो...
पोखरा । पर्यटनको राजधानी पोखरामा भर्खर अन्तर्राष्ट्रिय क्रस कन्ट्री पर्वतीय दौड सुरु भएको छ । लेकसाइडस्थित वाराहीघाटबाट दौड सुरु भएको हो । नेपाल सरकारका पर्यटन मन्त्री बद्री पाण्डे र चिनिया राजदूत च्याङ छेङले दौडलाई शुभारम्भ गरेका हुन् । ६४ चिनिया धावकसहित १२ सय बढी धावक दौडमा सहभागी भएको प्रतियोगिताका मिडिया संयोजक प्रतीकराज पहारीले जानकारी दिए...
पोखरा । आगामी मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म नेपाल प्रिमियर लिग (एनपिएल) काठमाडौंमा हुँदैछ । एनपिएलमा सहभागी गण्डकी प्रदेशकै प्रतिनिधित्व गर्ने टिम, पोखरा एभेन्जर्सले पोखरामा मोटरसाइकल र्याली गरेको छ । पोखरेली तथा गण्डकी प्रदेशबासीको समर्थन जुटाउन एभेन्जर्सले मोटरसाइकल र्याली गरेको हो । दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी एवं पोखरा एभेन्जर्स टिमका सल्लहाकार परामर्शदाता जोन्टी रोड्ससहित...
पोखरा । नेपालको तराई तथा मधेसमा धुमधामका साथ मनाइने छठ पर्वको रौनक पोखरामा पनि देखिएको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि पोखरामा छठ हर्षोल्लासका साथ मनाउन लागिएको हो । रोजगारी तथा व्यापार व्यवसायका लागि स्थायी तथा अस्थायी रुपमा पोखरामा बसोबास गर्ने तराई मधेसका नागरिकहरुले छठ पर्वलाई भव्यताका साथ मनाउनका लागि पोखराका विभिन्न चार...
न्युयोर्क । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्प २०२० को चुनावमा भने डेमोक्र्याट उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए । त्यसपछि पुनः यसवर्षको चुनावमा उम्मेदवारी दिएका ट्रम्पले डेमोक्र्याट उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेर दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका...