Breaking 1

पोखराका तालहरु सफाइ गर्न पोखरा महानगर र लक्ष्मी हाउसबिच सम्झौता
पोखरामा रहेको तालहरुको सरसफाइ गर्न पोखरा महानगरपालिका र प्रतिष्ठित व्यावसायिक घरना लक्ष्मी ग्रुपबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । स्विस प्रविधिको प्रयोग गरेर पर्यटकीय सहर पोखरामा रहेका तालहरुको सरसफाइ गर्ने गरी सम्झौता भएको हो । विशेष गरी पोखरा महानगरपालिका र लक्ष्मी ग्रुपबिच वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जना सम्बन्धी...
न्युयोर्कको जमैका नेपाली समाजको अध्यक्षमा खनाल र सचिवमा निरौला चयन
न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित जमैका नेपाली समाजको अधिवेशन र समर पिकनिक भएको छ । अधिवेशनले पुष्कर खनालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नवनिर्वाचित पदाधिकारीहरुमा उपाध्यक्षमा भीम न्यौपाने, सचिव पारस भारद्वाज(निरौला), कोषाध्यक्ष साजन पौडेल छन । यसैगरी निर्वाचित सदस्यहरुमा अशोक ज्ञवाली, मातृका गुप्ता, राजेन्द्र गौतम, सम्राट कार्की, भुपेन्द्र बज्रचार्य, विनोद केसी, दीपक घिमिरे,...
नाग पञ्चमीपर्व आज मनाइँदै
पोखरा । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ...
कोरला नाका नियमित सञ्चालन गरी व्यापार, पर्यटन प्रर्वद्धनमा सहकार्य गर्न गण्डकीका मुख्यमन्त्रीको चीनसँग प्रस्ताव
पोखरा ।  गण्डकी प्रदेशका  मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे एक हप्ताको चीन भ्रमण सम्पन्न गरी आज पोखरा फर्कनुभएको छ । नेपाल चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष प्रवेशको अवसरमा तिब्बत सरकारद्वारा आयोजित कार्यक्रममा सहभागी भएर उहाँ फर्कनुभएको हो । भ्रमणका क्रममा उहाँले तिब्बत स्वायत्त क्षेत्रका लागि सिपिसीका महासचिव महामहिम Wang Zhonghu सँग भेट गर्नुभयो ।...
गोसाइँकुण्डमा डुबेका दुईको शव निकालियो
काठमाडौं। रसुवा जिल्लाको  गोसाइँकुण्ड गाउँपालिका वडा नं. ५ स्थित प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेका दुई तीर्थालुको शव निकालिएको छ । साउन ११ गते शनिबार नुहाउने क्रममा डुबेर हराएका दुई जनाको खोज तथा उद्धार कार्यका लागि नेपाली सेना, श्रीनाथ गणबाट खटिएको टोलीले स्थानीय स्रोत र साधनको प्रयोग गरी कुण्डबाट शव निकालेका हो । नेपाली...
महिलाकाे अदृश्य संघर्ष
‘छुट्टी त बिरामी भएपछि अस्पतालको बेडमा मात्र मिल्छ’
प्रमिसा सिलवाल । पोखरा बहु भूमिकामा छन् ४५ वर्षीया शान्ता थापा । साँझ–बिहान घर र पसल सम्हाल्ने थापा दिउँसो पर्यटन निर्देशनालयमा कार्यालय सहयोगी छन् । बिहान ५ बजे उठेर घरको सरसफाइ, पूजापाठ सकेर ६ बजे उनी पार्दीस्थित आफ्नो फ्रेस हाउस खोल्न पुग्छिन् । साढे २ घण्टा जति पसलमा काम गरेर फेरि घर खाना पकाउन जान्छिन्...
एक सय पचासी पालिकाको पारित भएन बजेट
काठमाडौ‌‌‌‌। चालु आर्थिक वर्ष २०८२/८३ का लागि १८५ वटा स्थानीय तहले गाउँ र नगर सभाबाट निर्दिष्ट समयभित्र बजेट पारित गर्न सकेनन् । गत असार १० गतेभित्र गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आआफ्ना गाउँ र नगर सभामा आर्थिक वर्ष २०८२/८३ का लागि अनुमानित आय तथा व्ययसहितको बजेट पेस गर्नुपर्ने र असार मसान्तभित्र सभाबाट पारित गर्नुपर्ने कानुनी...
साउने संक्रान्ति पर्व आज मनाइँदै
आज साउन १ गते । साउने  सङ्क्रान्ति पर्व आज  मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । १ माघमा सुरु हुने उत्तरायण र १ साउनमा सुरु हुने दक्षिणायनका...
पोखरामा जुवातास खेल्ने १७ जना पक्राउ
पोखरा ।कास्की  प्रहरीले जुवातास खेलिरहेको सूचनाका आधारमा दुई छुट्टाछुट्टै स्थानबाट १७ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार पहिलो घटना पोखरा महानगरपालिका वडा नं. १० स्थित रक्षामार्गमा घटेको हो । प्रहरी टोलीले छापा मार्दा ९ जना व्यक्तिहरुलाई तास खेलिरहेको अवस्थामा फेला पारिएको थियो। उनीहरूको साथबाट नगद रु. २,२२,०८० र ४ बुक तास बरामद गरिएको छ। पक्राउ...
सञ्चारकर्मी ५ किमी दौडमा दीलिप र सरिता प्रथम
पोखरा । पोखरामा शनिबार भएको ५ किमी दौडमा समाधान दैनिकका दीलिप थारु र प्रमुख मिडियाकी सरिता गुरूङ पहिलो बनेका छन् । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आफ्नो रजत महोत्सव ‘१२ महिना १२ कार्यक्रम’ अन्तर्गत सम्पन्न दौडमा पुरुषतर्फ दिलिपले २१ मिनेट ०७ सेकेण्ड र महिलातर्फ सरिताले ३० मिनेट ४३.०६ सेकेण्डमा दौड पुरा गरी पहिलो बनेका हुन्...