Breaking 1

इजरायलको आक्रमणमा परी इरानमा ४० विद्यार्थीको मृत्यु
काठमाडौं । इरानको होर्मोजगान प्रान्तको विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको संख्या ४० पुगेको छ । दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा भएको इजरायली आक्रमण परी मर्नेको संख्या ४० पुगेको हो । इरानको सरकारी समाचार संस्था आईआरएनएले इजरायली आक्रमणमा परी मारिने विद्यार्थीहरूको संख्या ४० पुगेको पुष्टि गरेको छ ।...
गण्डकीमा प्रतिनिधि सभा निर्वाचनको तयारी अन्तिम चरणमा
पोखरा । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको प्रदेश निर्वाचन कार्यालय गण्डकीले जानकारी दिएको छ । कार्यालयले गण्डकी प्रदेशका ११ जिल्लामा समन्वय तथा सहजीकरण गर्दै निर्वाचन सम्पन्न गर्ने तयारी गरेको हो। गण्डकी प्रदेशमा १८ लाख ७० हजार ६५ मतदाता रहेका छन्। प्रदेशमा पुरुष ९ लाख...
निर्वाचन आउन ६ दिन बाँकी,
आजदेखि निवार्चन मत परिणाम घाेषणा नहुँदासम्म मदिराजन्य पदार्थ बेच्न र सेवनमा प्रतिबन्ध
काठमाडौँ ।  निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने भएको छ । आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट पारित निर्वाचन सुरक्षा योजनाअनुसार सो प्रस्ताव गरिएको हो । सुरक्षाको समग्र अवस्थाको समीक्षा एवं वस्तुस्थितिको आकलन तथा सुरक्षा व्यवस्थासम्बन्धी...
निर्वाचनको समयमा निषेध गरिएका कार्य गरेमा कारबाही गर्न आयोगको अनुरोध
काठमाडौँ ।  निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन गृह मन्त्रालायलाई अनुरोध गरेको छ । आयोगले विज्ञप्ति जारी गरी यही फागुन १८ गते राति १२ः०० बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न...
गण्डकीमा चुनावकाे  तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा
पोखरा ।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान हुन अब ८ दिन मात्र बाँकी रहँदा गण्डकी प्रदेशमा चुनावी सरगर्मी तीव्र बनेको छ । सुरक्षा प्रबन्धदेखि अन्य व्यवस्थापकीय कार्यलाई अन्तिम रूप दिन निर्वाचन कार्यालय र सम्बन्धित निकाय अहोरात्र खटिएका छन् । प्रदेश निर्वाचन कार्यालय, पोखराका  सूचना अधिकारी रुद्र न्याैपानेका अनुसार  गण्डकीका ११ वटै जिल्लामा...
कास्कीका पत्रकारको लागि आयाेजित साइबर सुरक्षा तालिम सकियाे
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको तिन दिने साइबर सुरक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ । प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा क्यान महासंघ कस्कीको प्राविधिक सहयोगमा फागुन १० गते देखि सुरु भएको उक्त तालिम सम्पन्न भएको हो । तालिमको समापन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष निर्मला शर्माले पत्रकारहरुलाई लक्षित गरि...
भायानेटले दियो फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई लाइफ ज्याकेट
पोखरा ।इन्टरनेट तथा टिभीसेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन प्रालिले फेवा डुंगा व्यवसायी संगठन र वडा प्रहरी कार्यालय बैदामलाई लाइफ ज्याकेट प्रदान गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै दुई संस्थालाई गरी २ सय वटा लाइफ ज्याकेट वितरण गरेको हो । मंगलबार पोखराको पर्यटकीय केन्द्र फेवाताल किनार बाराहीघाटमा आयोजित कार्यक्रममा ज्याकेट प्रदान गरिएको हो ।...
धादिङ बस दुर्घटनाका मृतक सबैको पहिचान
पोखरा । धादिङ स्थित पृथ्वी राजमार्गमा खण्डमा साेमबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएका सबै १९ जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मृतकहरूको सनाखत आफन्तको सम्पर्क र आवश्यक कागजातका आधारमा पूरा गरिएको हो।पोखराबाट काठमाडौंतर्फ जादै गरेको ग २ ख १४२१ नम्बरको बस करिब २०० मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटनामा ...
कप्तान साम्बाको आर्थिक सहयोगका लागि अपील, उपचारमा ८० हजार अमेरिकी डलर आवश्यक
काठमाडाैं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले घुँडाको जटिल शल्यक्रियाका लागि आर्थिक सहयोगको अपिल गरेकी छन्। पछिल्लो सात हप्तादेखि चोटका कारण मैदानबाहिर रहेकी उनले उपचारमा करिब ८० हजार अमेरिकी डलर (झन्डै १ करोड ६ लाख रुपैयाँ) खर्च लाग्ने प्रारम्भिक आँकलन रहेको जानकारी दिइन्। उनका अनुसार घुँडाको ‘एसीएल’ मा राखिएको ग्राफ्ट र...
धादिङमा बस दुर्घटना हुँदा दुई विदेशीसहित १८ जनाको मृत्यु
धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै  बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँ जादै गरेको ग२ ख १४२१ नं को बस राति करिब साढे १ बजे पृथ्वी राजमार्गबाट त्रिशुली नदी किनारमा खसेको थियो । मृतक मध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन् । बसमा ४६ जना...

Copy - Advertisement


 

This will close in 10 seconds