Breaking 1

युवा संघ नेपालको महाधिवेशन उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउने
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार (आज) पोखरा आउनुहुने भएको छ । शुक्रबारदेखि पोखरामा सुरु हुने नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवशेनको उद्घाटन गर्न प्रधानमन्त्री पोखरा आउनहुने भएको हो । पोखराको अमरसिंहचौरमा प्रधानमन्त्री ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी)...
माछापुच्छ्रे गाउँपालिकामा लागु औषधसहित एक जना पक्राउ
पोखरा ।  कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ घट्टेखोलाबाट प्रहरीले एक व्यक्तिलाई लागू औषधसहित नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले ४१ वर्षीय युवराज गुरूङलाई पक्राउ गरेको हो। गुरूङ माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ धम्पुसका स्थायी बासिन्दा हुन्। उनको साथबाट बुप्रेनोर्फिन...
पोखरामा भूकम्पको धक्का महसुस
पोखरा । पाेखरामा भूकम्पकाे धक्का महसुस भएको छ । दिउँसाे ज१ बजे ५९ मिने६मा  धक्का महसुस गरिएको हाे । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अपराह्न १ बजेर ५९ मिनेट जाँदा कास्कीको सिनुवा क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प गएको हाे । ४.७ म्याग्निच्यूडको भूकम्पको गएको मापन केन्द्रले जनाएको छ ।
परिवर्तनका लागि बाल्यावस्थाबाटै सकारात्मक सोच जरूरीः प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकीका प्रदेश प्रमुुख डिल्लीराज भट्टले बाल्यावस्थाबाटै सेवा भावना विकसित गर्दै सकारात्मक सोच फैलाउन जरूरी रहेको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी, कास्कीको आयोजना तथा जुनियर रेक्रस सर्कल, छोरेपाटन माविको व्यवस्थापनमा भएको कास्की जिल्ला स्तरीय संरक्षक गोष्ठीमा बोल्दै प्रदेश प्रमुख भट्टले सामाजिक गतिविधिमा बालबालिकालाई संलग्न गराउँदा सकारात्मक परिवर्तन आउने बताउनुभयो । ‘कलिलो उमेरबाटै अरुको...
मानव वेचविखनमा संलग्न ३ जना पक्राउ,५ महिलाको उद्धार
पोखरा । पोखराको सृजनाचोकमा रहेको मनिका रेष्टुरेण्टमा  प्रहरीले छापा मार्दा ५ जना महिलालाई उद्धार गरेको छ। कास्की जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ती महिलाहरूलाई उद्धार गरी सुरक्षित आवास (सेफ हाउस) मा राखेको हो। अवैध यौन क्रियाकलाप भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको हो ।  रेष्टुरेण्ट सञ्चालकसहित ३ जनालाई मानव वेचविखन तथा ओसारपसारसम्बन्धी अभियोगमा...
आजको संसद् बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्नेछ । यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्नेछ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२-८३...
पोखरेल र बस्नेतलाई वरिष्ठ पत्रकार सम्मान, पोखराका दीपेन्द्र श्रेष्ठसहित ६ जनालाई पुरस्कार
काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विपुल पोखरेल र प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष गणेश बस्नेतले वरिष्ठ पत्रकार सम्मान पाएका छन् । राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ बाट पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठसहित विमल गौतम, लोग्शरी कुँवर, दीपेन्द्र बान्तवा, डिल्लीराम खतिवडा र सागर पण्डितलाई प्रदान गरिएको छ । राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधि...
गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार पाठक र अधिकारीलाई
पोखरा  । स्व.गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पोखरामा क्रियाशील पत्रकारद्वय  केशव पाठक र दुर्गा अधिकारीलाई प्रदान गरिने भएको छ । पत्रकार पाठकले २०८१ र अधिकारीले २०८२ को पुरस्कार प्राप्त गर्ने भएका हुन् । पुरस्कारको राशि नगद रु. २५ हजार एक रुपैयाँ रहेको छ । पत्रकार गजेन्द्र भण्डारीको सम्झनामा उनका परिवारद्वारा स्थापित, नेपाल पत्रकार महासंघ...
बालगृहमा कार्यरत मजदुरलाई सामाजिक सुरक्षा कोषमा अवद्ध गराउन कास्की जिससको अनुरोध
पोखरा । जिल्ला समन्वय समिति कास्कीले बालगृहमा कार्यरत मजदुरलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन अनुरोध गरेको छ । कास्की जिल्लामा सञ्चालित बालगृहका सञ्चालकहरूसँगको अन्तक्रियामा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले सम्पूर्ण बालगृहमा कार्यरत मजदुरहरूलाइ अनिवार्य नियुक्तिपत्रसहित सरकारले तोकेको न्युनतम पारिश्रमिक प्रदान गर्न आग्रह गर्नुभयो । पौडेलले बालश्रमरहित बालगृह बनाउन आग्रह गर्दै सुरक्षित र व्यवस्थित...
कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार परीक्षार्थी सहभागी
पोखरा । आजदेखि कक्षा १२ को परीक्षा सुरु हुँदैछ । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी हुँदैछन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिक १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी सहभागी हुन लागेका हुन् । यसैगरी, ५ हजार २ सय...