रुपा । कास्कीको रुपागाउँपालिस्थित मोहोरियामा २५६९ औं बुद्ध जयन्तीको अवसरमा तीन दिने मोहोरिया मेला हुने भएको छ । सिद्धार्थ स्मृति क्लबको आयोजनामा वैशाख २७ देखि २९ गतेसम्म मेला हुन लागेको हो । “खेलकुदद्वारा स्वास्थ्यमा सम्वद्र्धन, मेलाद्वारा पर्यटनको प्रवद्र्धन” भन्ने नाराका साथ आयोजित मेलाको मुख्य आकर्षक साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता रहेको क्लबका पूर्वअध्यक्ष जीतबहादुर...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको यात्रामा सहभागी हुन सबैलाई आह्वान गर्नुभएको छ । १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा श्रम संसार पोर्टलको शुभारम्भ कार्यक्रममा सरकारले आगामी दशकलाई आन्तरिक समृद्धि प्रवर्द्धनको दशक बनाउने भएकाले सबैको सहयोग र समन्वय गर्नुपर्ने बताउनुभयो । सरकारले आगामी दशकलाई आन्तरिक समृद्धि प्रवर्द्धनको दशक बनाउन...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २८ कालिकास्थित दुरारमडाँडामा अर्ध नारीश्वर दिव्य धाम निर्माण गरिने भएको छ । अर्धनारीश्वर दिव्य धाम धार्मिक सांस्कृतिक तथा पर्यटन प्रवद्धन संस्था गठन गरी धाम निर्माण थालनी गरिएको हो । धामको कार्यालय भवनको बुधबार शिलान्यास गरिएको छ । वडा नम्बर २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिमछानेले उक्त धामको भवनको शिलान्यस...
श्रम तथा रोजगार कार्यालय, पोखराले होटल, रेस्टुरेन्ट, स्थानीय तह, प्रादेशिक निकाय तथा निजी क्षेत्रलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन अनुरोध गरेको छ । श्रमिकहरूको सामाजिक–आर्थिक सुरक्षाका लागि जागरण अभियान सञ्चालन गर्ने पनि कार्यालयले जानकारी दिएको छ । १३६ ओैं अन्तराष्ट्रिय श्रम दिवसको अवसरमा श्रम कानुन र श्रम सम्वन्धी पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा कार्यालयका वरिष्ठ श्रम अधिकृत...
पोखरा । पोखरा महानगरपालिका वडानम्बर २८ र कृषि संजालको आयोजनामा कृषि गीत प्रतियोगिता, बाली उपचार शिबिर तथा रैथानी बाली प्रदर्शनी सम्पन्न भएको छ । कार्यक्रमा अन्तरगत भएको कृषि गीत प्रतियोगितामा मातृशिशु कृषि समूह प्रथम भएको छ । यस्तै काफलघारी पिपलडाली कृषक समूह द्धृतिय, विमीरापानी कृषक समूह तृतिय र स्याङ्खुदी कृषक समूह शान्त्वना भए । प्रथम,...
काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का नेता रघुजी पन्त नियुक्त हुनुभएको छ । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नुभएको हो । यसअघिका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्वास्थ्यको कारण देखाउँदै यही वैशाख ८ गते राजीनामा दिनुभएपछि पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको हो । नवनियुक्त शिक्षामन्त्री पन्त नेकपा...
पोखरा । पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा अनियमितता भए छानबिन गर्नुपर्ने तर त्यही बहानामा अन्तर्राष्ट्रिय उडान रोक्ने प्रपञ्च नहोस् भन्ने माग गरेको छ । संघका महासचिव शोभा गौतमबाट मंगलबार जारी विज्ञप्तिमा भनिएको छ,‘ निर्माणको क्रममा अनियमितता भएको छ भने त्यसको छानबिन र दोषीमाथि हदैसम्मको कारवाही होस् । अन्याय, बेथिति, दुरुपयोग घोटालाका...
पोखरा। पोखराको सृजनाचोकस्थित ढावा रेष्टुरेन्ट एन्ड बार’मा प्रहरीको डीएसपी भन्दै अभद्र व्यवहार गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका वडा नं. ४ कुडुलेफेदी घर भएका ३२ वर्षीय चन्द्रकान्त पौडेल रहेकाे प्रहरीले जानकारी दिएकाे छ । गत वैशाख ७ गते राति करिब १० बजे रेष्टुरेन्टमा अर्डर गरी खानेकुरा खाएपछि आफू प्रहरी नायब उपरीक्षक...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २८ ठूलाकोटमा जन्मनुभएकी सुकमाया कामीले ६३ वर्षको उमेर नागरिकता पाउनुभएको छ ।नागरिकता पाउँदा उहाँ निकै खुसी देखिनु हुन्छ । पोखरा महानगरपालिका वडा नम्बर ५ को कार्यालयले नागरिकता दिन जिल्ला प्रशासनमा सिफारिस गरेपछि उहाँले नागरिकता पाउनुभएको हो । उहाँको श्रीमानको निधन भइसकेको, विवाह दर्ता र जन्म दर्ता पनि नहुँदा नागरिकता...
काठमाडौँ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित सात नेतालाई प्रहरीले रिहा गरेको छ । सिंहदरबार र बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानबहादुर शाही, युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललगायतलाई नियन्त्रणमा लिइ अहिले छाडिएको...