एमालेले राष्ट्रिय सभामा गण्डकीबाट सम्झना देवकोटालाई उम्मेदवार बनाउने

एमालेले राष्ट्रिय सभामा गण्डकीबाट सम्झना देवकोटालाई उम्मेदवार बनाउने

samjhana devkota

पोखरा । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनावको लागि गण्डकीबाट नेकपा एमालेले गोर्खाकी सम्झाना देवकोटालाई उम्मेदवार बनाउने भएको छ। महिला कलष्टरमा उनलाई उम्मेदबार बनाउने टुंगो लगाएको एमालेका एक नेताले बताए ।

एमालेले देवकोटासहित देशभरबाट ६ जनाको नाम टुंगो लगाएको छ । गोरखा नगरपालिका वडा नम्बर ३ की देवकोटालाई यसअघि पनि एमालेले राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएको थियो । नेकपा एमालेको पूर्वकेन्द्रीय सदस्य देवकोटाले लामो सयम महिला संघमा रहेर काम गरेकी थिइन् ।सम्झना देवकोटा महिला अधिकार, सामाजिक न्याय, समावेशिता र विकासमुखी राजनीतिमा स्पष्ट धारणा राख्ने नेतृका रूपमा परिचित छन्। उनी स्थानीय तह निर्वाचनमा गाेरखा नगरपालिकामा २०७४ मा उपमेयर र २०७९ मा मेयरकाे उम्मेदवार थिइन् ।

एमालेकी भगवती न्यौपाने र तत्कालीन माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ्को ६ वर्ष कार्यकाल फागनु २० सकिने भएकाले गण्डकीमा दुई पदमा चुनाव हुन लागेको हो ।

एमालेले अन्य पाँच जनाको नाम पनि टुंग्याएको छ । एमालेले नेतृ रामकुमार झाँक्री लुम्बिनीबाट उम्मेदवार बन्ने छिन् । यस्तै, कोशीमा रोशनी मेचे, बागमतीमा डा. प्रेमकुमार दङ्गाल, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । आगामी फागुन ११ गने हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । आजै मनोनयन दर्ता हुने भए पनि दलहरुबीच भागबन्डाको सहमति भइसकेको छैन ।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds