माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

जलवायु क्षतिपूर्तिका लागि नेपालले खोज्यो न्युजिल्यान्डको साथ
काठमाडौँ । जलवायु क्षतिपूर्तिका लागि नेपालले न्युजिल्यान्डलाई समेत रचनात्मक सहयोगका लागि अनुरोध गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाह र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज भएको टेलिफोन वार्तामा भोटेकोशी बाढी र जलवायु न्यायका विषयमा छलफल भएको हो । प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्य तीव्र पारिएको जानकारी गराउँदै बेपत्ता सबै...
लोमन्थाङ भूकम्प
लोमन्थाङका ३५ घरमा तत्काल बस्न नमिल्ने
मुस्ताङ । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–३, फुवाका पन्चोक गुरुङको घर भूकम्पले भत्किएको छ । मङ्गलबार राति लोमन्थाङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको ५.३ रेक्टर स्केलको भूकम्पले गुरुङको घरमा पूर्ण क्षति पुगेको हो । गुरुङजस्तै लोमन्थाङ–३, किमलिङका कुङ्गा गुरुङको घरमा पनि चिरा परेको छ । भूकम्पबाट फुवा गाउँका कुल १७ घरधुरीमध्ये पाँच घरधुरी बस्नै नहुने गरी चर्किएका छन्...
२५ औं आहारारा गोल्ड कपबाट ३ लाख २१ हजार बचत
पोखरा । पोखरामा गत फागुनमा भएको २५ औँ संस्करणको आहारारा गोल्ड कपबाट ३ लाख २१ हजार बचत भएको छ । आयोजक सहारा क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरेको हो । प्रतियोगिताका संयोजक तथा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङलेले दिएको जानकारी अनुसार प्रतियोगिताबाट १ करोड ३३ लाख २३ हजार ४ सय ८५ रुपियाँ आम्दानी...
पोखरामा ट्रकको ठक्करबाट २५ वर्षीय युवाको मृत्यु
पोखरा । पोखरा–१० बुद्धचोकस्थित पृथ्वी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार दिउँसो करिब १ बजे पृथ्वीचोकबाट अमरसिंहचोकतर्फ जाँदै गरेको ना. ५ ख ८२४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ग.७ प २८२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको हो । प्रहरीका अनुसार ट्रकको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक स्याङ्जाको अर्जुन चौपारी ५...
पाेखरा पूर्वमेयर मानबहादुर जिसीलाई पितृ शाेक
पोखरा । पोखरा महानगरपालिकाका पूर्वमेयर तथा नेकपा एमालेका नेता मानबहादुर जिसीका पिता एवं पूर्वस्थानीय जनप्रतिनिधि नरबहादुर जिसीको ९२ वर्षको उमेरमा निधन भएको छ । पोखरा २८ कालिकास्थित निवासमा मंगलबार जिसीको ९२ वर्षको उमेरमा म‌ंगलबार निधन भएको हो । १९९२ साल साउन ८ गते साविक कालिका गाउँ विकास समिति वडा नम्बर ५ देवमणि (देउमाडी) जन्मिएका जिसी...
प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ९८ करोड रुपैयाँ मौज्दात
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि परिचालित प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि सरकारले राहत तथा उद्धारका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो। सरकारको आह्वानपछि स्वदेश तथा विदेशबाट रकम संकलन भई...
मुस्ताङमा भूकम्पको धक्का, क्षतिको विवरण संकलनहुँदै
मुस्ताङ । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका केन्द्रबिन्दु भएर गएको ५.३ रेक्टर स्केलको भूकम्पबाट भएको छ । भूकम्पबाट भएको क्षतिको विवरण संकलन थालिएको छ। मङ्गलबार राति ९ः५३ बजे र बुधबार बिहान १ः०३ बजे भूकम्पको धक्का महसुस भएको थियो। लोमन्थाङ आसपासका क्षेत्रमा भएको क्षतिको विवरण संकलनका लागि गाउँपालिकाका जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्नपूर्ण संरक्षण...
पूर्वप्रहरी संगठन लेखनाथद्वारा बाढी पीडितलाई सहयोग प्रदान
पोखरा । भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनासकारी बाढीबाट प्रभावितहरुलाई पूर्वप्रहरी संगठन लेखनाथ इकाले आर्थिक सहयोग गरेको छ । विपद्को यस दुःखद घडीमा पीडितहरूको उद्धार र राहतमा सघाउ पुर्‍याउने उद्देश्यले संगठनका तर्फबाट  ५५ हजार ५ सय ५५ रुपैयाँ  संस्थाले सहयोग गरेको हो । संकलित सहयोग रकम ’प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा...
पोखरा ३० पावरहाउसको गुरुकुल विद्याश्रमद्वारा १ लाख २९ हजार सहयोग
पोखरा । भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहतका लागि पोखरा–३० स्थित गुरुकुल विद्याश्रम तथा गुरुकुल कलेज अफ होटेल म्यानेजमेन्ट, म्यानेजमेन्ट एन्ड टुरिजमले आर्थिक सहयोग गरेको छ । विद्यालय परिवार, शिक्षक तथा विद्यार्थीहरूको संयुक्त प्रयासबाट संकलित १ लाख २९ हजार २ सय ३० रुपैयाँ राहत कोषमा जम्मा गरिएको...
पाेउवा संघ चुनाव
इतिहास रचिन् शाेभा गाैतमले
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ७२ वर्ष लामो इतिहासमा पहिलोपटक  अध्यक्षमा चुनाव जितेर शाेभा गाैतमले इतिहास रचेकी छन् ।   संघको ३६ औं अधिवेशनबाट शोभा गौतम अध्यक्षमा निर्वाचित भएकी हुन् । उनले आफ्ना तीन पुरुष प्रतिस्पर्धीलाई पराजित गर्दै ऐतिहासिक जित निकालेकी हुन् । गौतमले निर्वाचनमा अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य र बलराम आचार्यलाई पछाडि पारिन् ।...