माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

‘दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८३’ आयोजना हुने
पोखरा । नेपालीहरुको महान पर्व दशैंको अवसरमा पोखरामा ‘दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८३’ हुने भएको छ । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले ‘टीका, जमरा र चङ्गा चेट, पोखरामा पर्यटकसँग दशैं भेट’ भन्ने मूल नाराका साथ महोत्वस आयोजना गरेको हो । महोत्सव आगामी कात्तिक ८ गते कोजाग्रत पूर्णिमाका दिन पोखराको लेकसाइडस्थित बाराहीघाट मैदानमा आयोजना गरिन...
अतिभारी वर्षााको सम्भावना
कास्कीमा रात्रिकालीन बस र ग्रामीण रुटका सवारीमा रोक
पोखरा । प्राकृतिक विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण र पूर्वतयारीका लागि जिल्ला विपद् व्यवस्थापन समिति कास्कीले कडा सुरक्षात्मक निर्णयहरू गरेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण कास्की जिल्लासहित देशका विभिन्न भागमा असोज ९ गतेदेखि ११ गतेसम्म भारी तथा अतिभारी वर्षाको सम्भावना रहेकोले जिल्ला प्रशासन कार्यालयले...
पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पाइलट सर्वजितले रचे इतिहास
पोखरा । नेपाली पाइलट सर्वजित यादवले नयाँ इतिहास रचेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा बुधबार साँझ ६:१९ बजे फ्लाई दुबईको बोइङ ७३७ म्याक्स अवतरण गराएसँगै उनी यो उपलब्धि हासिल गर्ने पहिलो पाइलट बनेका हुन्। उनले दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय १३ जना यात्रु बोकेर उडेको सो जहाजलाई पहिलो पटक पर्यटकीय नगरी पोखरामा सफलतापूर्वक अवतरण गराए।...
नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी
पोखरा । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत पोखरा महानगर समितिको सभापति पदमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन् । बुधबार सम्पन्न मतगणनाको परिणाम अनुसार सभापतिमा विजयी भएका बिजुक्छेले ६ सय ८७ मत प्राप्त गरे भने प्रतिस्पर्धी सन्तोष पौडेलले ३ सय १७ र अर्का प्रतिस्पर्धी गणेशबहादुर थापाले ३ सय १५ मत प्राप्त गरेका थिए । निर्वाचन...
पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
पोखरा । अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन कक्षमा बुधबार दिउँसोदेखि नै चहलपहल सुरू भएको थियो । फ्लाई दुबईले दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडान सुरू गरेपछि पहिलो उडानबाट पोखरा आउने यात्रुको स्वागतसँगै पोखराबाट दुबई जाने यात्रुको बिदाइका लागि आफन्तको भीड देखिन्थ्यो । कोही घर फर्कदाँको खुसी साटिरहेका थिए, कोही परिवार र आफन्तसँग छुट्टिएर जानुपर्दाको...
बाढी पहिरोको जाेखिमले कास्कीमा दुई दिन विद्यालय बन्द
पोखरा ।  कास्कीमा सञ्चालित सबै सामुदायिक तथा संस्थागत  असोज ८ र ९ गते दुई दिन स्थानीय बिदा दिने  निर्णय भएको छ ।   बाढी, पहिरो तथा अतिवृष्टिको सम्भावना रहेकाले  कास्कीका सबै विद्यालयहरूमा दुई दिन स्थानीय बिदा दिने निर्णय भएको शिक्षाा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लाेकनाथ आचार्यले जानकारी दिए । पाँच वटै स्थानीय तहसँग सल्लाह...
पोखरा कांग्रेस महानगर सभापतिका लागि त्रिपक्षीय प्रतिस्पर्धा, १ हजार ३४१ मत खस्यो
पोखरा ।   नेपाली कांग्रेस पोखरा महानगरपालिकाको सभापतिका लागि भएको निर्वाचनमा १ हजार ३४१ मत खसेको छ । महानगरका १ हजार ४४८ प्रतिनिधिमध्ये १ हजार ३४१ जना मतदानमा सहभागी भएका हुन् । सभापति पदका लागि वर्तमान सभापति सुरेन्द्रमान बिजुक्छे, वर्तमान सचिव गणेशबहादुर थापा र पोखरा–६ का निवर्तमान वडा सभापति सन्तोष पौडेल चुनावी मैदानमा छन् । सभापति...
पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास, अब केन्द्रीय कमिटीमा पेस हुने
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई औपचारिकता दिँदै केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय गरेको छ । सोमवार च्यासलस्थित पार्टी कार्यालयमा सम्पन्न सचिवालय बैठकले सो निर्णय गरेको बैठकपछि एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए । उनका अनुसार सचिवालय बैठकले केन्द्रीय समितिका लागि आवश्यक एजेण्डाहरूको सूची पनि तयार पारेको छ...
लोमन्थाङमा त्रास, एक सातामा ३० पटकभन्दा बढी परकम्प
मुस्ताङ ।  उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–३ फुवा गाउँका कार्साङ गुरुङ भूकम्पले भत्काएको आफ्नै घरभित्र छिर्न डराइरहनु भएको छ । भूकम्पले घर भत्किएपछि रातको समयमा आफन्तको घर र त्रिपालमा बिताउनुभएकी कार्साङ निरन्तरको परकम्पनबाट थप त्रसित हुनुहुन्छ । लोमन्थाङ गाउँपालिका–१ का खेतुक गुरुङको घर पनि भूकम्पले चर्किएको छ । छिमेकीसँगै बारीको पाटोमा त्रिपाल हालेर दिनरात बिताउँदै आउनुभएका...
पद्म नर्सिङ होम अनुमति प्रकरण
घुस प्रकरणमा मुछिएका गण्डकीका स्वास्थ्य सचिव बसाैला जिम्मेवारीबाट हटाइए
पोखरा । पाेखराको नदीपुरस्थित  पद्म नर्सिङ होमको स्तरवृद्धिको अनुमतिलाई लिएर घुस लेनदेनको आरोपमा मुछिएका गण्डकी प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. युवानिधि बसौलालाई जिम्मेवारीबाट हटाइएको छ । आइतबार बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उहाँलाई अर्को व्यवस्था नभएसम्म जिम्मेवारीबाट हटाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री...