माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

पोखरामा जेनजी आन्दोलन हिंसात्मक, सरकारी र निजी सम्पत्तिमा आगजनी
पोखरा । जेनजी आन्दोलनले मंगलबार पोखरामा हिंसात्मक रुप लिँदै सरकारीदेखि निजी सम्पत्तिसम्म ध्वस्त बनाएको छ । बिहान ९ बजेदेखि सुरु भएको प्रदर्शन दिनभर उग्र बनेपछि संसद् भवन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश प्रमुखको निवाससहित अधिकांश सरकारी निकायमा तोडफोड तथा आगजनी भयो ।आगलागी गरिएका कार्यालयहरु जलेर ध्वस्त भएका छन् भने महत्वपूर्ण कागजात नष्ट भएका छन् ।...
सर्वोच्च अदालतमा आगजनी
सर्वोच्च अदालतमा पनि आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबारपछि सर्वोच्च अदालत पनि आगजनी गरेका हुन् । उनीहरू बिहानैदेखि विभिन्न शीर्ष नेताका घर, कार्यालय, प्रहरी कार्यालय, संसद् भवन लगायतमा तोडफोड र आगजनी गरिरहेका छन् ।
एमाले कास्की पार्टी कार्यालयमा आगजनी
पोखरा ।  नेकपा एमाले कास्कीको कार्यालयमा आगजनी भएको छ । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरुले  शान्तिवनमा रहेको कार्यालयमा आगजनी गरेका हुन् । प्रदर्शनमा उत्रिएका जेनजी समूहले पोखरा महानगरपालिकाको कार्यालय, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको घर, पोखराका मेयर धनराज आचार्यको घर, पोखरा इभेन्ट सेन्टर लगायत संरचनामा आगजनी र तोडफोड गरेका छन् ।...
प्रधानमन्त्री केपी शर्मा ओलीले दिए पदबाट राजीनामा
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री ओलीको सचिवालयमा कार्यरत प्रकाश सिलवालले प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको जानकारी दिएका हुन्। प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन्। जेनजीको आन्दोलन चर्कंदै गएको छ। प्रदर्शनकारीहरू सिंहदरबार, संघीय संसद परिसरलगायत क्षेत्रमा पुगेका छन् भने नेताहरूको घर पनि आगजनी गरेका छन्।
गण्डकीका मन्त्री विन्दुको निवासमा तोडफोड र आगजनी
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा युवा मन्त्री विन्दु थापाको निजी निवासमा तोडफोड र आगजनी र तोडफोड गरिएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरुले थापा निवासमा पनि आगजनी र तोडफोड गरेका हुन् ।
पोखराको बुलौदीमा रहेको इभेन्ट सेन्टरमा आगजनी
पोखरा । पोखरा बुलौंदीस्थित पोखरा इभेन्ट सेन्टरमा आगजनी भएको छ । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरुले इभेन्ट सेन्टरमा आगजनी गरेका हुन् । अहिले काठमाडौं, पोखरा लगायत देशका विभिन्न ठूला शहरहरुमा प्रदर्शन भइरहेको छ । शीर्ष नेतका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा प्रदर्शनकारीहरूले लगातार ढुंगामुढा गरिरहेका छन् ।
आन्दोलनकारीद्वारा पोखरा महानगर तोडफोड र आगजनी
पोखरा । आन्दोलनकारीले पोखरा महानगरपालिकाको कार्यालयमा भीषण आगजनी र तोडफोड गरेका छन् । महानगर कार्यालय अघि खटिएका सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडपका क्रममा सुरक्षाकर्मीलाई हटाएर आन्दोलनकारीले कार्यालय कब्जा गरेका छन् । उनीहरूले महागरभित्रै पसेर तोडफोड र आगजनी गरका छन् । महानगरभित्र रहेका सवारी साधनलाई बाहिर ल्याएर आगजनी गरिएको छ । भित्रै रहेका सवारीसाधन तोडफोड र आगजनी गरिएको...
जेन जीको आन्दोलनलाई मध्य नजर गरेर पोखरामा कर्फ्यु जारी
पोखरा । जेन जीको आन्दोलनलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले मंगलबर जारी गरेको कर्फ्यु आदेशमा भदौ २४ गते राति १० बजेसम्म तोकिएको क्षेत्रमा भेला, जुलुस, प्रदर्शन तथा धर्ना गर्न नपाउने उल्लेख गरिएको छ । जेन जी प्रदर्शनकारीले हिजो सोमबार...
पोखरामा प्रहरीसहति ४ जना घाइते
पोखरा । सामाजिक सञ्जाल बन्दका साथै भ्रष्टाचार र अनियमितताको विरोधमा उत्रेका जेन जी प्रदर्शनकारीले सुरक्षा घेरामा रहेको मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन् । प्रमुख जिल्ला अधिकारीको कार्यालय अगाडि प्रदर्शन गरेको टोली प्रहरीकै अगाडिबाट प्रदेश प्रहरी कार्यालयको ढोकैमा पुगेका थिए । ठूलो संख्यामा रहेका प्रदर्शनकारीलाई प्रहरीले नरोक्नु र प्रशासनले पनि कुनै सजकता नअपनाउँदा मुख्यमन्त्री कार्यालयमा तोडफोड...
पोखरामा आज निजी विद्यालय बन्द रहने
पोखरा  ।  जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानमा विद्यार्थी र युवाको मृत्यु भएपछि कास्कीका निजी विद्यालयहरूले मंगलबार एक दिन  बिदा दिने निर्णय गरेका छन् । प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले सोमबार प्रदर्शनका कारण विद्यार्थी र अभिभावक दुबै प्रभावित भएकाले मंगलबार कक्षा १ देखि १२ र मन्टेसरीसम्मका सबै निजी विद्यालय बन्द रहने जानकारी दिए । गौतमका अनुसार...