माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

नख्खु जेलबाट भागेर साथीको हत्या गर्ने आकाश रोल्पामा पक्राउ
दाङ । जेन-जी आन्दोलनको मौका छोपेर नख्खु जेलबाट भागी ठमेलमा युवकको हत्या गरेका आकाश मगर रोल्पामा पक्राउ परेका छन् । रोल्पा प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर सुनिल थापा नेपालीका अनुसार उनी गत असोज १३ गते मकवानपुरका २५ वर्षीय सुरज तामाङलाई ठमेलमा खुकुरी हानेर फरार भएका थिए । आकाश र सुरज चिनजानकै साथी भएको प्रहरीको भनाइ छ...
निर्वाचनलाई कम्तीमा २७ अर्ब बजेट, आयोगलाई ७ अर्ब, सुरक्षामा २० अर्ब माग
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि करिब २७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निर्वाचन आयोग, रक्षा मन्त्रालय, गृह मन्त्रालय तथा अन्तर्गतका सुरक्षा निकायका लागि चालु र पुँजीगत खर्चअन्तर्गत उक्त बजेट व्यवस्थापन गर्न लागिएको हो । यसमध्ये आयोगका लागि अर्थ मन्त्रालयले ६ अर्ब ७३...
पोउवा संघले दियो ४४० जना विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
पोखरा। पोखरा उद्योग वाणिज्य संघअन्तर्गत रहेको सामाजिक विकास केन्द्रले  मंगलबार पोखराका सामुदायिक विद्यालयमा अध्ययनरत ४ सय ४० जना विद्यार्थीलाई न्यानो कपडा तथा लेखपढका सामग्री प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीसहित संघका अध्यक्ष गोकर्ण कार्की,पूर्वअध्यक्ष तथा सामाजिक विकास केन्द्रका अध्यक्ष राजेन्द्रकुमार लालचनसहित संघका पदाधिकारी, कार्यसमितिका सदस्य...
२२ औं माछापुच्छ्रे  पोखरा ओपन तथा भेट्रान्स  अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता हुने
पोखरा । पुष ११ देखि पोखरामा २२ औं माछापुच्छ्रे  पोखरा ओपन तथा भेट्रान्स  अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस स‌ंघको आयोजनामा हुने  प्रतियोगितामा नेपाल, भारत, भुटान, हङकङ लगायतका देशबाट सय बढी खेलाडीहरुले सहभागिता जनाउने संघद्वारा बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा मेन्स तथा उमेन्स सिंगल्स, डबल्स तथा ३५+,४५+,५५+,६५...
विदेशबाट मतदान र नो भोटका लागि कानुन संशोधन गर्न खोज्दै सरकार, आशंकामा दलहरू
काठमाडौँ । सरकारले विदेशबाट मतदान, अन्तरनिर्वाचन क्षेत्र मताधिकार र नो भोटबारे सोमबार राजनीतिक दलका दोस्रो तहका नेता, निर्वाचन आयोग, सुरक्षा निकायका प्रमुख, नागरिक समाजका अगुवा र जेन–जी आन्दोलनका प्रतिनिधिसँग छलफल गरेको छ । छलफलमा यी विषय तत्काल कार्यान्वयन गर्न प्राविधिक कठिनाइ रहेको निष्कर्ष निकालिएको छ । सरकार र जेन–जीबीच २४ मंसिरमा भएको सम्झौताका क्रममा यी विषय अगाडि...
पाँच महिनामा थपियो सवा खर्ब सार्वजनिक ऋण
काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्वजनिक गरेको तथ्यांकले गएको पाँच महिनामा १ खर्ब १४ अर्ब ४८ करोड रुपैयाँ थपिएको देखाएको छ । यससँगै मंसिरसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब ८८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । यो...
सोह्रौँ राष्ट्रपति रनिङ सिल्ड तथा पाँचौ मेयर कप भाेलिदेखि पाेखरामा, ४ सय ४ पदमा प्रतिष्पर्धा 
पोखरा  ।  पोखरामा भाेलि देखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पोखरा महानगर खेलकुद विकास समितिले  दिएको जानकारी अनुसार प्रतियोगितामा कुल ४ सय ४ पदकका लागि ३ हजार ३ सय १२ विद्यार्थीले प्रतिष्पर्धा गर्नेछन् । पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीप...
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टाइगर कप पुरुष तथा महिला भलिबल माघ ९ देखि पोखरामा
पोखरा । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको टाइगर कप पुरुष तथा महिला भलिबलको छैटौँ संस्करण माघ ९ देखि पोखरामा हुने भएको छ । टाइगर गु्रप अफ पोखरा नेपालको आयोजनामा हुने प्रतियोगिता माघ १७ गते सम्म चल्ने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माका अनुसार प्रतियोगितामा ४ विदेशीसहित...
लेखनाथ महोत्सवमा कृषिसम्बन्धी बहस 
पोखरा । एक्काइसौं संस्करणको लेखनाथ महोत्सवको पाचौं दिन सोमबार स्टेज कार्यक्रम अन्तर्गत कृषि बहस कार्यक्रम सम्पन्न भएको छ ।स्थानीय उत्पादन र कृषिलाई विशेष महत्व दिइएको यो महोत्सवमा कृषि क्षेत्रका जैविक उत्पादन, प्राकृतिक जडीबुटी, स्थानीय खाद्यान्न, दूग्धजन्य पदार्थ, माछा तथा फलफूलका े व्यापारमा पनि उल्लेखनीय वृद्धि भएको पाइन्छ । सोमवार आयोजित कृषि बहस कार्यक्रममा माछापालक कृषक...
सुशासन माग्दै प्रदर्शनमा उत्रिएका प्रहरी नियन्त्रणमा
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा रविकिरण हमाल, निकोलस भुसाल लगायत छन् । प्रदर्शनमा सहभागीहरुले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका छन् । उनीहरुले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो,’ लेखिएका प्लेकार्ड बोकेका छन् । प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।