खेलकुद

१० औं पोखरा स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको सहयोग
पोखरा । १० औं पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रूप अफ पोखराले सघाउने भएको छ । रारा तयारी चाउचाउको टाइटल स्पोन्सर र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख १८ गते पोखरामा हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डका लागि विगतमा जस्तै सहयोगलाई निरन्तता दिने भएको हो । टाइगर गु्रप अफ पोखराका अध्यक्ष नारायण शर्मा...
पोखरा स्पोर्टस् अवार्डलाई सहारा क्लबको साथ
पोखरा । सहारा क्लब पोखराले पोखरा स्पोर्टसअवार्डलाई प्रदान गर्दै आएको सहयोगलाई १० औं संस्करणमा समेत निरन्तरता दिनेभएको छ । पोखरा स्पोर्टस अवार्डको उदीयमान खेलाडी विद्याको अवार्डको पुरस्कारराशीमा गर्दै आएको सहयोगलाई निरन्तरता दिने भएको हो । नेपाल खेलकुद पत्रकार मञ्चगण्डकीको आयोजना र रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा आगामी बैशाख १८ गतेपोखराको ईभेन्ट सेन्टरमा १० औं संस्करणको...
३५ प्लस भेट्रान्स फुटबलको उपाधिका लागि एनके र न्युरोड आज  भिड्ने
पोखरा । गण्डकी स्पोर्टस् क्लबको आयोजनामा मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड  फुटबल प्रतियोगिताको उपाधिका लागि न्यूरोड एफसी र एनके एफसी भिड्ने भएका छन् ।  उक्त खेल आइतबार दिउँसो १ बजे हुने खेल संयोजक र्यामोस गुरुङले जानकारी दिए । गुरुङका अनुसार आज (शनिबार) भएको पहिलो सेमिफाइनल खेलमा मेजर एफसीलाई पेनाल्टी सुटआउटमा...
पोखरामा पहिलो पटक महिला गोल्डकप आयोजना हुने
पोखरा । पोखरामा पहिलो पटक महिला गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। महिला फुटबल प्रतियोगिताको अभाव खेप्दै आएको पोखरामा अब भने यस्तो प्रतियोगिता सञ्चालन हुने निश्चित भएको हो। महिला फुटबलको व्यावसायिक विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आरएस पोखरा फुटबल क्लबको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो। प्रतियोगिताको तयारी तीव्र पारिएको छ भने आगामी वैशाख...
पोखरा स्पोर्टस् अवार्ड
 पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक
पोखरा । दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार एक कार्यक्रमको आयोजना गरेर यो विधामा मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको हो । यसरी मनोनयनमा पर्नेमा फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी, क्रिकेटका विपिन...
राखेपलाई फिफाको सातदिने अल्टिमेटम
काठमाडाैं ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाले राखेपलाई सात दिनभित्र निलम्बन फुकुवा नगरे अखिल नेपाल फुटबल संघ (एन्फा)लाई तत्काल निलम्बनका लागि फिफा काउन्सिलमा पेस गर्ने चेतावनी दिएको छ। फिफाले  ‘राखेपको कार्यकारी समितिको निर्णयअनुसार एन्फालाई तीन महिनाका लागि निलम्बन गरिएको’ उल्लेख गरेको छ। उसले भनेकाे छ, ‘हामीलाई यो पनि जानकारी भएको छ कि राखेपले एन्फालाई जारी चुनावी प्रक्रिया...
रात्रिकालीन दौडमा वडाध्यक्षहरूद्वारा सहयोग र समन्वयको प्रतिबद्धता
‎पोखरा ।  नेपाली नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुने रात्रिकालीन दौड प्रतियोगितालाई सफल पार्न पोखराका वडाध्यक्षले आवश्यक सहयोग गर्ने बताएका छन् । मंगलबार पोखरा रंगशालामा आयोजित सरोकारवालाको छलफल कार्यक्रममा दौडको रुट पर्ने वडाध्यक्षहरूले प्रतियोगितालाई सफल पार्न उत्साहका साथ लाग्ने धारणा व्यक्त गरे । पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पोखरामा केही व्यवसायी...
अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियाेगिता
पुरुषतर्फ भारतका अक्षय र महिलामा चिनकी काेङ प्रथम
पोखरा । २१औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप वर्षाका कारण प्रभावित बनेको छ। छ वर्षपछि आयोजना गरिएको प्रतियोगितामा शुक्रबार साँझदेखि परेको अविरल वर्षाले शनिबारका प्रतिस्पर्धा रद्द भएपछि आयोजकले अघिल्ला दिनका नतिजाका आधारमा विजेता घोषणा गरेको हो। पुरुषतर्फ भारतका अक्षय कुमार पहिलो, चीनका झोउ चेन दोस्रो र भारतकै इमान रुम्टेल तेस्रो भए। उनीहरूले क्रमशः १ लाख ५०...
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल चैत ११ देखि
पोखरा । माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ्रे–४, लाहाचोकमा चौथो  माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ हुने भएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नं–४,लाहाकोको  व्यवस्थापन र माछापुच्छ्रे गाउँपालिका भलिबल सङ्घको समन्वयमा चैत्र ११ देखि १४ गते सम्म उक्त प्रतियोगिता लाहाचोक –४,को महेन्द्र मा.बिको खेलमैदान सञ्चालन हुने...
पोखरामा खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप चैत ५ देखि
पोखरा ।  खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको २१ औं संस्करण चैत ५ गतेदेखि पोखरामा  हुने भएको छ। नवौं राष्ट्रिय खेलकुदका क्रममा पाइलट निसिम थापाको दुर्घटनापछि स्थगित भएको सोलो प्याराग्लाइडिङप्रभावितको चार वर्षपछि प्रतियाेगिता हुन लागेकाे हाे । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको करिब ९० प्रतिशत तयारी पूरा भएको सोमबार...