खेलकुद

पोखरा म्याराथन: लमजुङका बस्नेत गण्डकी प्रदेश च्याम्पियन
लमजुङका रामजी बस्नेतले १७ औं संस्करणको पोखरा अन्तराष्ट्रिय म्याराथनको उपाधि जितेका छन्। रामजीले आज (शनिबार) विहान पोखरामा भएको म्याराथनमा गण्डकी प्रदेशस्तरीय प्रतिस्पर्धाको उपाधि जितेका हुन्। उनले २ घण्टा ४१ मिनेट ३२ सेकेण्डको समयमा पूरा गरे। उपाधिसँगै बस्नेतले नगद ५० हजार राशी हात पारे। गोखराका निरज भट्ट क्षत्री दोस्रो बन्दै नगद ३० हजार पुरस्कार पाए। उनले...
आशाले जितिन् १० किलोमिटर महिलातर्फको पोखरा म्याराथन
विभागीय सशस्त्र प्रहरी बल (एपीएफ) की आशा रावतले १० किलोमिटर महिला तर्फको पोखरा म्याराथन जितेकी छिन्। पोखरा म्याराथन अन्तर्गत १० किलोमिटर महिलातर्फको इभेण्टको उपाधि सशस्त्र प्रहरी बलकी आशाले जित्दै नगद ३० हजार रुपैयाँ नगद पुरस्कारसमेत हात पारिन्। आशाले निर्धारित दूरी ५० मिनेट १२.३ सेकेण्डमा पूरा गर्दै उपाधि आफनो नाममा लेखाइन्। नेपाल पुलिसकी धाविका बृष्मा कुमालले...
सञ्जयले जिते १० किलोमिटर पुरुषको पोखरा म्याराथन
नेपाली सेनाका सञ्जय श्रेष्ठले पोखरा म्याराथनको १० मिलोमिटर पुरुषतर्फको दौड जितेका छन्। कास्कीमा सुरु भएको १७ औं अन्तर्राष्ट्रिय पोखरा म्याराथनको १० मिलोमिटर पुरुषतर्फ सञ्जय श्रेष्ठ विजयी भएकी हुन् । श्रेष्ठले ३६ मिनेट २९.९ सेकेण्डको समय लगाउँदै उपाधि आफनो नाममा बनाए। उनले ३० हजार नगद पुरस्कार जिते। त्यस्तै, नेपाली सेनाकै धावक सुवास कार्की दोस्रो बन्दै नगद...
नारायणीले सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको ५ किमिको छात्रा दौड जितिन्
छोरेपाटन माविकी नारायणी भण्डारीले सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको ५ किमिको छात्रा दौड जितेकी छिन्। ५ किलोमिटर छात्रातर्फको दौडमा नारायणी प्रथम भएकी हुन्। त्यसैगरी, इन्द्र राज्यलक्ष्मी माविकी आइतीमाया घले दोश्रो बनिन्। इन्द्र राज्यलक्ष्मी माविकै मेनुका अधिकारी तेश्रो भइन्। बागलुङको श्री रेसा नुनथला माविका बादल कार्कीले छात्रतर्फको ५ किलोमिटर दौड जिते। छोरेपाटन माविका तेन्जोन रोका दोश्रो भए।...
१७ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको झलक (फोटोफिचर)
१७ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथन सुरु भएको छ। नेपाली अग्रज खेलाडीहरुको संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा आज (शनिबार) विहान ६ बजे १७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सुरु भएको हो। म्याराथनको विभिन्न ८ विधामा ८ हजार बढिको सहभागिता छ। यस वर्षको खुल्ला म्यारथनमा १५० जना धावकहरु छन्। महिलातर्फको हाफ म्याराथनमा ३५ जना बढिको सहभागिता...
पोखरा म्याराथनलाई पर्यटन व्यवसायीको साथ
फागुन ६ गते आयोजना हुने १७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सघाउने पोखराका पर्यटन व्यवसायीहरूले प्रतिबद्धता जनाएका छन्। आयोजक नेपाल भूतपूर्व (भूपू) खेलाडी मञ्चले आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले विगतका बर्षहरूमा जस्तै यस बर्षपनि सघाउने बताएका हुन्। नेपाल पर्यटन बोर्डका पूर्व सदस्य बासु त्रिपाठीले म्याराथन पोखराको ब्राण्ड भएको र खेल पर्यटनसँग जोडिएको बताए।...
मोन्टी देशाई राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त
भारतीय प्रशिक्षक मोन्टी देशाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) को मुख्य प्रशिक्षक छनोट समितिले देशाईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो। क्यानले सोमबार एक कार्यक्रमको आयोजना गर्दै औपचारिक रुपमा देशाईलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) र खेलकुद मन्त्रालयले स्वीकृति दिएपछि क्यानले देशाईलाई सार्वजनिक...
पाँचौँ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता सुरु
धनुषाको नकटाझिजमा पाँचौँ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता आज (सोमबार)बाट सुरु भएको छ। जिल्लाको मिथिला नगरपालिका र नेपाल हक्की संघले प्रतियोगिताको संयुक्त आयोजना गरेको हो। हिमालय युवा क्लबको खेल मैदानमा भएको प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई २–० गोलले हरायो। अर्को खेलमा नेपाल आर्मीले सुदूरपश्चिम प्रदेशलाई ६–० गोलले हरायो। तेस्रो खेलमा...
फागुन १ देखि मुख्यमन्त्री कप भलिबल प्रतियोगिता
पोखरामा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश खेलकुद परिषदको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको प्राविधिक सहयोगमा फागुन १ देखि ३ गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता संचालन हुने भएको हो। प्रदेश खेलकुद परिषदको शुक्रबार भएको कार्यकारी समितिको बैठकले उक्त प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको...
पोखरा–२३ लाई अन्तर वडा भलिबलको दोहरो उपाधि
पोखराको वडा नं २३ ले अन्तर वडा महिला तथा पुरुष भलिबल प्रतियोगिताको दोहरो उपाधि जितेको छ। पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिला तथा पुरुष दुबैतर्फ पहिलो हुँदै दोहरो उपाधि जितेको हो। पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको फाइनलमा वडा नम्बर २३ को महिला र पुरुष दुवै...