एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको लगातार तेस्रो जित

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको लगातार तेस्रो जित

एसीसी प्रिमियर कप क्रिकेट, नेपाल–हङकङ

नेपाल ओमानमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेटमा हङकङलाई हराउँदै नेपालले लगातार तेस्रो जित निकालेको छ।

जितसँगै समूह ‘ए’ मा रहेको नेपाल अन्तिम खेल साउदी अरेयिबासँग खेल्नुअघि नेपालले सेमिफाइनलमा स्थान बनाएको छ।

आज (सोमबार) भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले हरायो।

हङकङले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १२ ओभर २ बलमा २ विकेट गुमाएर भेटायो।

नेपालका आसिफ शेखले ४०, कुशल भुर्तेलले ३२ रन बनाए।

यस्तै, कप्तान रोहित पौडेलले नट आउट २५ रन बनाए।

त्यस्तै, सन्दीप जोराले पनि नट आउट १९ रन बनाए।

हङकङका एहसान खान र यासिम मुर्तजाले समान १/१ विकेट लिए।

यसअघि, अल अमिरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा टस हारेर ब्याटिङ गरेको हङकङ १७ ओभर ५ बलमा १ सय १४ रनमा अल आउट भयो।

हङकङका यान्शे रथले सर्बाधिक ३४ रन बनाए।

नेपालका अबिनाश बोहराले ३, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिए।

त्यस्तै, करण केसीले १ विकेट लिए।

वर्षाका कारण खेल प्रभावित भएपछि १८ ओभरमा झारिएको थियो।

यो जितसँगै नेपाल ३ खेलमा ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।

हङकङ ३ खेलमा १ जितसहित २ अंक जोड्दै चौथो स्थानमा छ।

अब, नेपालले समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग बुधवार खेल्नेछ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो।

एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ।

यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन्।

त्यस्तै, समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन्।

समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन्।

फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds