चर्च ब्वाइज यूनाइटेड क्लबले आहा ! रारा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालामा मंगलबार भएको खेलमा चर्च ब्वाईज यूनाईटेडले विभागीय नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गरेको हो। चर्च ब्वाईजका लागि समिर तामाङले गरेको एकमात्र गोल निर्णायक बन्यो। ७२ औं मिनेटमा समिरले गोल गर्दै चर्च ब्वाईजलाई अग्रता दिलाए। त्यसपछि, दुबै टोलीबाट कुनै गोल...