पोखरा स्पोर्ट्स अवार्डलाई केसी ग्रुपको साथ

पोखरा स्पोर्ट्स अवार्डलाई केसी ग्रुपको साथ

पोखरा स्पोर्ट्स अवार्ड, केसी ग्रुप

आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई केसी ग्रुपले सघाउँदैछ।

सहयोग सम्बन्धमा मञ्चका अध्यक्ष दीननाथ बराल र ग्रुपका निर्देशक किरण केसीबीच सम्झौता–पत्रमा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार अवार्ड कार्यक्रममा केसी ग्रुपले ५० हजार रुपैयाँ सहयोग गर्ने मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिएका छन्।

निर्देशक केसीसँग मञ्चका अध्यक्ष बराल, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, मञ्चका महासचिव राजाराम पौडेल, सचिव शशीकुमार पौडेल र सदस्य रोहितराज पराजुलीले भेट गरेका थिए।

अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका महासचिव तथा प्रचार–प्रसार उपसमितिका संयोजक राजाराम पौडेलले जनाए।

अवार्ड कार्यक्रम बैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुँदैछ।

अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले समेत अवार्ड कार्यक्रममा सघाउनेछ।

गण्डकी प्रदेश सरकारको विशेष सहयोग तथा पोखरा महानगरपालिकासँगको सहकार्यमा अवार्ड कार्यक्रम हुँदैछ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रादेशिक कार्यालयले अवार्ड कार्यक्रमको प्रबद्र्धन गर्दैछ।

पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा अफिसियल रिसोर्टको रुपमा रहेको छ।

यसका अलावा राष्ट्रिय खेलकुद परिषद्, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, मादी गाउँपालिका, रुपा गाउँपालिका, मुस्ताङ गल्फ कोर्ष, गुरुङ हर्वल व्युटी पार्लरलगायतले सघाउने भएका छन्।

थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ।

टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमा माई मोटर्स प्रालिले अवार्ड कार्यक्रमलाई सहयोग गर्दैछ।

अवार्ड कार्यक्रम भव्य बनाउन मुल आयोजक समिति र मातहत १३ विभिन्न उपसमिति गठन गरेर तयारीमा तिव्रता दिइएको छ।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds