खेलकुद

पोखरा स्पोर्ट्स अवार्डमा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्य
आठौँ संस्करणको ‘पोखरा स्पोर्ट्स’ अवार्ड २०८०’ मा प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्ने भएको छ। मंगलबार मञ्चको टोलीसँगको भेटमा परिषदका सदस्य सचिव श्रीधर शर्माले सहकार्य गर्ने प्रतिवद्धता जनाएका हुन्। भेटघाट कार्यक्रममा मञ्चका अध्यक्ष दीननाथ बराल, पूर्व अध्यक्ष केशव पाठक, उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेल सहभागी थिए। यसअघि, आइतबार मञ्चको टोलीले सदस्य सचिव शर्मासँग...
‘पोखरा स्पोर्ट्स अवार्ड’ लाई भव्य बनाउन ११ उपसमिति निर्माण
आठौँ संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को तयारीमा तीव्रता दिइएको छ। आगामी बैशाख २१ गते हुने अवार्ड कार्यक्रमको तयारी स्वरुप आइतबार आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीमा आवद्ध सदस्यहरुको भेला आयोजना गरियो। मञ्चको कार्यालय पोखरा रंगशालाको मिडिया सेन्टरमा आयोजित भेलाका सहभागीले अवार्ड कार्यक्रमलाई व्यवस्थित बनाउँदै विगतका वर्षहरुको भन्दा थप अवार्ड कार्यक्रमलाई आकर्षक बनाउनुपर्ने सुझाब दिए। उनीहरुले...
नेपाल वाफ महिला च्याम्पियनसीप फुटबलको उपविजेता
नेपाल वेस्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसीप फुटबलको उपविजेत ाबनेको छ। फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएपछि नेपालले उपविजेतामा चित्त बुझाएको छ। गएराति साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५–३ गोलले पराजित भएको हो। जोर्डन छैटौँ पटक उपाधि जित्न सफल भएको छ। नेपाल पहिलो...
नेपाल वाफ च्याम्पियनसीप फुटबलको फाइनलमा
नेपाल पश्चिम एसियाली फुटबल फेडेरेशन (वाफ) च्याम्पियनसीप महिला फुटबलको फाइनलमा पुगेको छ। जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा मंगलबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा लेबनानलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो। नेपालका लागि प्रिती राईले खेलको ९५ औँ मिनेटमा निर्णायक गोल गर्दै नेपाललाई फाइनलमा पुर्‍याएकी हुन्। यसअघि, नेपालका लागि...
वाफ वुमन्स च्याम्पियनसीप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
नेपालले वाफ वुमन्स च्याम्पियनसीप अन्तर्गत समूहको अन्तिम खेलमा प्यालेस्टाइनलाई पराजित गर्दै समूह विजेता बनेको छ। शनिबार राति साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा भएको खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० ले हराउँदै समूह विजेता बनेको हो। खेलमा सावित्रा भण्डारीले २ तथा रेखा पौडेल र गीता रानाले १/१ गोल गरे। खेलको ४२ औँ मिनेटमा सावित्राले रेखा...
लामागाउँ गुम्बा एफसी बिटी कप च्याम्पियन
लामागाउँ गुम्बा एफसी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबलको च्याम्पियन बनेको छ। बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा सम्पन्न पोखरा महानगरपालिका–१ पुरानो टुंडिखेलमा बिहीबार भएको फाइनल खेलमा एट टु नाइन एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै लामागाउँ च्याम्पियन बनेको हो। उपाधिसँगै लामागाउँ गुम्बाले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड...
वाफ वुमन्स च्याम्पियनसीप : नेपालले इराकमाथि गोल वर्षा गरायो
नेपालले वाफ वुमेन्स च्याम्पियनसीप २०२३ मा इराकलाई ५–० ले पराजित गरेको छ। सावित्रा भण्डारी ‘साम्बा’को ह्याट्रिकसहित ५ गोलको मद्दतले नेपालले इराकमाथि सहज जित निकाल्यो। प्रतियोगिताको समूह ‘बी’ को आफ्नो दोस्रो खेलमा नेपालले साउदी अरेबियाको जेद्दामा भएको खेलमा यो सजिलो जित निकालेको हो। नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सावित्राले गरेको गोल संख्या कीर्तिमान ५० पुगेको छ। नेपालका...
गण्डकी प्रदेशको टोलीले जित्यो राईनो गोल्डकपको उपाधि
गण्डकी प्रदेशको टोलीले छैटौं संस्करणको राईनो संरक्षण गोल्डकप फुटबलको उपाधि जितेको छ। बुधबार नवलपुरमा भएको फाइनल खेलमा २८ विगाहालाई हराउँदै गण्डकी प्रदेशले उपाधि उचालेको हो। फाइनल खेलमा गण्डकीले २८ विगाहामाथि २–१ को रोमाञ्चक जित दर्ता गर्‍यो। खेलमा अग्रता गण्डकीले ४८ औं मिनेटमा मुकुन्द न्युरेको गोलमार्फत लिएको थियो। उनले ५६ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै...
वाफ वुमन्स च्याम्पियनसीप फुटबल : सिरियामाथि नेपालको शानदार जीत
२०२४ को वेस्ट एसियन फुटबल फेडरेसन च्याम्पियनसीपमा नेपाली महिला फुटबल टोलीले सिरियामाथि शानदार जीत हासिल गरेको छ। मंगलबार साउदी अरबमा भएको खेलमा ४–१ गोलअन्तरले नेपाल विजयी बनेको हो । नेपालको जीतमा अमिशा कार्की, अनिता बस्नेत, साबित्रा भण्डारी र रेखा पौडेलले १/१ गोल गरे। अमिशाले खेलको १० औँ मिनेटमा नेपाललाई अग्रता दिलाइन्। १३ औँ मिनेटमा अनिताले...
३ केन्याली धावकले जिते सफल पोखरा म्याराथन
तीन केन्याली धावकले १८ औं संस्करणको सफल पोखरा म्याराथन जितेका छन्। केन्याली धावक जुलियस मुरिला वाहोमले जितेका छन्। वाहोमलले निर्धारित ४२.१९५ किलोमिटरको दूरी २ घण्टा १९ मिनेट ३६ सेकेन्डमा पूरा गर्दै उपाधि जिते। उनले उपाधिसँगै नगद ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे। अघिल्लो वर्ष उनी उपविजेता भएका थिए। दोस्रो र तेस्रो उपाधि पनि केन्याकै इसाक...