राजनीति

एमाले पर्वतमा गोविन्द पहाडीको प्यानल बिजयी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वतको अध्यक्ष गोविन्द पहाडी निर्वाचित भएका छन्। पहाडीले प्रतिद्धन्द्धी पदमपाणी शर्मालाई १ सय २१ मतको अन्तरले पराजित गरेका हुन्। पहाडीको पक्षमा २ सय ४८ मत आउँदा शर्मालाई १ सय २७ मत प्राप्त भएको छ। अध्यक्षसहित ५ सदस्यीय पदाधिकारीमा पहाडी पक्षका उम्मेदवारहरुले जितेका छन्। उपाध्यक्षमा विमल लामिछानेले प्रतिस्पर्धी मिनप्रसाद श्रेष्ठलाई ६९ मतले...
एमाले बागलुङमा सर्वसम्मत नेतृत्व चयन
नेकपा एमाले बागलुङको अध्यक्षमा हिराबहादुर केसी सर्वसम्मत चयन भएका छन्। बागलुङ बजारमा जारी दशौं अधिबेशनबाट केसी दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्। अध्यक्षमा उमेद्वारी दर्ता गरेका नेकपा एमाले गण्डकी प्रदेश कमिटिका पूर्व सदस्य हरिनारायण गौतमले उमेद्वारी फिर्ता लिएपछि केसी सर्वसम्मत अध्यक्ष भएका हुन्। केसी बिद्यार्थी राजनीति हुँदै युवा संघमा लामो समय राजनीति गरेर...
एमाले नवलपुर पूर्वको अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित
नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवलपुर पूर्वको अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित भएका छन्। एमाले नवलपुरको नवौँ जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १ सय ३ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो। सोमबारदेखि सुरु भएको नवौँ जिल्ला अधिवेशन बिहीबार राति सर्वसम्मत रूपमा जिल्ला कमिटी चयन गर्दै टुंगिएको हो। नवनिर्वाचित कमिटीको उपाध्यक्षमा यमुनाथ आचार्य, सचिवमा भीमलाल कँडेल, उपसचिवमा षडानन्द...
एमाले स्याङ्जाको अध्यक्षमा पारस गैरे निर्विरोध निर्वाचित
नेकपा (एमाले) स्याङ्जाको नवौँ जिल्ला अधिवेशनमा पारस गैरे निर्विरोध अध्यक्ष निर्वाचित भएका छन्। चैत २३ गते भएको निर्वाचनमा गैरेको मात्र एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। । माओवादी केन्द्रका नेता रामबहादुर थापासँगै एमालेमा प्रवेश गरेका गैरे यस पटक नेकपा एमाले स्याङ्जाका अध्यक्ष बनेका हुन्। केन्द्रीय उपमहासचिव पृथ्बीसुब्बा गुरुङको साथ पाएपछि उनी निर्विरोध निर्वाचित...
लमजुङ एमाले अध्यक्षमा राजकुमार विष्ट निर्वाचित
नेकपा एमाले लमजुङको नवौं जिल्ला अधिवेशनबाट राजकुमार विष्ट अध्यक्षमा निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी कृष्णप्रसाद अधिकारीलाई ८९ मतले हराउँदै विष्ट अध्यक्षमा निर्वाचित भएका हुन्। कूल ५ सय ६ मत खसेकोमा विष्टले २ सय ८८ मत ल्याए। अधिकारीले १ सय ९९ मत प्राप्त गरे। उपाध्यक्षमा शुभाष पौडेललाई ५ मतले हराउँदै जितबहादुर गुरुङ निर्वाचित भएका छन्। गुरुङले २...
एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी निर्वाचित
नेकपा (एमाले) कास्कीको ११ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित भएका छन्। अधिकारी ५ सय ५१ मतसहित विजयी बनेका हुन्। बुधबार साँझ सार्वजनिक परिणामअनुसार अधिकारीका प्रतिस्पर्धी माधव बास्तोलाले ३ सय ४७ र अध्यक्षका अर्का उम्मेदवार विवेक त्रिपाठीले १७ मत ल्याए। पदाधिकारीमा पनि अधिकारी प्यानलकै उम्मेदवार विजयी भएका छन्। उपाध्यक्षमा भेषराज बराल ५ सय...
एमाले गोरखाको अध्यक्षमा सुरेन्द्र थापा निर्वाचित
नेकपा एमाले जिल्ला कमिटी गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा निर्वाचित भएका छन्। एमाले गोरखाको आठौं अधिवेशनबाट कृष्णबहादुर नेपालीलाई ७५ मतले पराजित गर्दै थापा अध्यक्ष निर्वाचित भएका हुन्। थापाको मत २ सय ८० आउँदा नेपालीको मत २ सय ०५ मत आयो। मेनबहादुर अधिकारी उपाध्यक्षमा र काजीराम रोका सचिवमा निर्वाचित भए। उपाध्यक्षका अन्य प्रत्यासीहरु विजयी अधिकारीले २ सय...
प्रेस युनियनले काँग्रेस महासमिति बैठक बहिष्कार गर्‍यो
नेपाली काँग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनले महासमिति बैठक बहिष्कार गरेको छ। काँग्रेसको महासमिति बैठकप्रति आपत्ति जनाउँदै युनियनका तर्फबाट हुने प्रतिनिधित्वबारे गंभीर ध्यानाकर्षणसमेत गराएको छ। युनियनका अध्यक्ष शिव लम्सालले विज्ञप्तिमार्फत् युनियनका तर्फबाट अप्रासंगिक र अनाधिकृत निर्णय गरेर महासमिति प्रतिनिधि बनाएको भन्दै बहिष्कार गर्ने जनाएका छन्। ‘काँग्रेसको महासमिति बैठकको सन्दर्भमा नेपाल प्रेस युनियनको प्रतिनिधित्वसँग जोडिएर सार्वजनिक भएका...
गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी
गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उमेदवारहरु विजयी बनेका छन्। महिलातर्फ माओवादीकी मनरुपा शर्मा विजयी भएकी छन्। अपांगता/अल्पसंख्यकतर्फ काँग्रेसका पदम परियार र खुलातर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका हुन्। शर्माले ३ हजार ६६० मत पाइन् भने परियारले ३ हजार ७७९ मतभार ल्याए। श्रेष्ठले ३ हजार ८०८ मतभार प्राप्त गरे।
गठबन्धन राष्ट्रिय सभा सदस्यका उमेद्वारहरु गोरखामा
गठबन्धनबाट गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्य पदका लागि उमेद्वारहरु मतदाताहरुसँग भोट माग्न गोरखा सदरमुकाम गोरखा बजार पुगेका छन्। यही माघ ११ गते हुने राष्ट्रिय सभाका सदस्य पदको निर्वाचनका लागि सत्ता गठबन्धनका उमेद्वारहरु आफ्ना मतदातालाई भेटेर भोट माग्न गोरखा सदरमुकाम पुगेका हुन्। गण्डकी प्रदेशबाट गठबन्धनका तर्फबाट उमेदवार बनेका नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार र नेपाल...