शनिबार, १५ भदौ २०८१
सुमन सुवेदी, अनेरास्ववियु (क्रान्तिकारी) कास्कीको अध्यक्ष बनेका छन्।
जिल्लाको २३ औं सम्मेलनबाट सुबेदी अध्यक्षमा चुनिएका हुन्।
जिल्ला सम्मेलनबाट सुवेदीको नेतृत्वमा ४१ सदस्यीय समिति गठन गरिएको छ।
जसको उपाध्यक्षमा प्रताप शाह र विक्कल थापा क्षेत्री चयन भएका छन्।
सचिवमा मनिष तामाङ, सह–सचिवमा दिनेश गुरुङ, महेश घर्तिमगर, विदुर तिमल्सिना र कोषाध्यक्षमा दिपशिखा गिरीलाई चयन गरिएको छ।