पोखरा

पत्रकार माधव बराल प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत
पोखराका पत्रकार माधव बराल प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्। प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी, कास्कीले पत्रबार बराललाई सो पुरस्कारबाट पुरस्कृत गरेको हो। प्रेस चौतारीका केन्द्रीय सदस्यसमेत रहेका बराललाई २२ हजार २ सय २२ रुपैयाँ नगद सहित पुरस्कृत गरेको हो। यस्तै, मीना गुरूङ र हुम गुरूङलाई प्रेस चौतारी पत्रकारिता...
पोखराका पत्रकारहरु पराजुली र जिसीलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार
पोखराका पत्रकारहरु रोहितराज पराजुली र रिखिराम जिसी खेलकुद प्रोत्साहन पत्रकारिता पुरस्कारद्धारा सम्मानित भएका छन्। युवा तथा खेलकुद मन्त्रालयले बुधबार उनीहरूलाई पुरस्कृत गरेको हो। युवा तथा खेलकुद मन्त्री श्री डिगबहादुर लिम्बुले उनीहरूलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरे। पराजुली र जिसीसँगै अन्य ९ जना पत्रकारहरु सो पुरस्कारद्धारा सम्मानित भएका हुन्। उनीहरूले जनही २५ हजार पुरस्कार प्राप्त गरे।...
कास्कीका ७ पत्रकारहरुलाई पत्रकारिता पुरस्कार प्रदान
नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा ७ पत्रकार सम्मानित भएका छन्। शुक्रबार महासंघको सभाहलमा भएको कार्यक्रममा पत्रकारहरु कुलचन्द्र न्यौपाने, ओम हमाल, टंकराज अधिकारी, दिनानाथ बराल, सन्देश श्रेष्ठ, प्रकाश ढकाल र कृपा भण्डारी विभिन्न पुरस्कारबाट सम्मानित भएका हुन्। गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९ बाट कुलचन्द्र न्यौपाने (कान्तिपूर), सोही पुरस्कार २०८०...
पत्रकार बराल जैविक विविधता संरक्षण पुरस्कारबाट पुरस्कृत
पत्रकार कृष्णमणि बराल जैविक विविधता संरक्षण पुरस्कारबाट पुरस्कृत भएका छन्। प्राणीशास्त्र समाज पोखरा नेपालको १६ औं बार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनमा अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत पत्रकार बराललाई स्व.चन्द्रमाया ढेवाजु जैविक विविधता संरक्षण पुरस्कृतद्धारा पुरस्कृत गरिएको हो । बराललाई प्राणिशास्त्र समाज पोखरा नेपालका पूर्व अध्यक्ष सह–प्राध्यापक रामगोपाल ढेवाजु, प्राणिशास्त्र समाज पोखरा नेपालका कार्यवाहक अध्यक्ष गणेश...
पत्रकारहरु आचार्य, शर्मा र बास्तोलालाई कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान
पत्रकारहरु आचार्य, शर्मा र बास्तोलालाई कीर्ति स्मृति पत्रकारिता वृत्तिबाट सम्मान गरिएको छ। पूर्वसांसद तथा उद्योगपति स्व. सूर्यबहादुर केसीका परिवारवाट स्थापित कीर्ति स्मृति पत्रकारिता वृत्तिबाट अग्रज पत्रकारहरु सम्मानित भएका हुन्। पोखरामा आज (बुधवार) आयोजित समारोहमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्य, पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा र आदर्श...
पोखरा–१२ को मुख्य चोक र सार्वजनिक स्थलमा डस्टबिन राखिदैँ
पोखरा महानगरपालिका १२ नम्बर वडा कार्यालयले सरसफाईमा चासो देखाएको छ। शहर सफा राख्न कार्यालयले सामुदायिक विद्यालय, नवीकरण भएका टोल बिकास संस्था र वडाका मुख्य सार्वजनिक स्थल एबं चोकहरुमा डस्टबिन,बोतलक्रेज राखेको छ। त्यस्तै, कुहिने र नकुहिने फोहोर राख्नको लागि छुट्टाछुट्टै डस्टबिनको व्यवस्था मिलाएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए। वडालाई सफा र स्वच्छ राख्न फोहोरको व्यवस्थापनमा जुटेको उनको...
आख्यानकार आरसीको ‘सती’ कथा संग्रहको विमोचन
कस्केली अधिकृत समाजका आजीवन सदस्य साहित्यकार रामचन्द्र आचार्य(आरसी) को कथासंग्रह ‘सती’ विमोचन गरिएको छ। कस्केली अधिकृत समाजद्वारा शनिबार आयोजित एक कार्यक्रमबीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको विमोचन गरेका हुन्। कार्यक्रममा पूर्व कुलपति सरुभक्तले कृतिका स्रष्टा आचार्यलाई आख्यानकारका रुपमा उदाएको चित्रण गरे। समाजका विविधता कथामा प्रस्तुत भएको उनको भनाई छ। कृतिको...
पत्रकार ’बिनु’ र ’तारा’ लाई मिना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कार प्रदान
पोखरामा रहेर लामो समयदेखि पत्रकारीता गर्दै आएका बिनाकुमारी थापा ‘बिनु’ र बालकुमारी पौडेल ‘तारा’ लाई मिना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ। गण्डकी प्रदेशका पूर्व सांसद, उद्यमी तथा समाजसेवी मिना गुरुङले स्थापना गरी नेपाल पत्रकार महासंघ कास्कीले संचालन गरेको पुरस्कारबाट उनीहरुलाई आज (शुक्रबार) एक कार्यक्रमबीच सम्मान गरिएको हो। गण्डकी प्रदेशकी उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री...
फिर्केखोलाको सिमाङ्कन प्रतिवेदन महानगरलाई बुझाइयो
पोखराको बजार क्षेत्र भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउन गरिएको सिमाङ्कनको प्रतिवेदन पोखरा महानगरलाई बुझाइएको छ। फिर्केखोलाको खोलाघर नापजाँच सम्बन्धी प्राविधिक प्रतिवेदन समितिको तर्फबाट महानगरपालिकालाई बुझाइएको हो। प्राविधिक समितिका संयोजक वासुदेव पौडेलले आज (शनिबार) महानगरप्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई बुझाएका हुन्। प्रतिकूल मौसम र भौगोलिक कठिनाइका...
सहारा क्लब पोखराको अध्यक्षमा केशवराज बराल
सहारा क्लब पोखराको अध्यक्षमा केशवराज बराल चयन भएका छन्। क्लबको शनिबार पोखरामा सम्पन्न १३ औं अधिवेसनले आगामी २ वर्षका लागि बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। क्लबको बरिष्ठ उपाध्यक्षमा पूर्णबहादुर गुरुङ, उपाध्यक्षमा चित्रबहादुर पुन, महासचिवमा रामजीप्रसाद अधिकारी सचिवमा टंकराज पौडेल कोषाध्यक्षमा बिनु रानामगर सह–कोषाध्यक्षमा अशोक लालचल छन्। त्यसैगरी, क्लबको सदस्यहरुमा ज्योति केसी, चन्द्रावती गुरुङ,...