पोखरा

२०१२ को ऐन देखाएर प्रहरी समायोजनमा अड्चन : मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारको काम समेत प्रभावित बनेको बताएका छन् । ‘संवैधानिक व्यवस्था अनुसार प्रदेश स्तरमा प्रहरी समायोजन भइसक्नुपथ्र्यो’ गण्डकी प्रदेश प्रहरी कार्यालयले बुधबार आयोजना गरेको ६९ औँ प्रहरी दिवसको कार्यक्रममा उनले भने, ‘अहिले पनि २०१२ सालको ऐन देखाएर समायोजना गरिएको छैन ।’ मुख्यमन्त्री पाण्डेले संविधानको व्यवस्था...
पोखराका पूर्वमन्त्री खड्कालाई नागरिक अभिनन्दन
पोखरा । पोखरा १६ का स्थायी बासिन्दा पूर्वमन्त्री कुमार खड्कालाई पोखरामा नागरिक अभिनन्दन गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ र त्यस आसपासको क्षेत्रको विकासमा महत्वपूर्ण योगादन पुर्‍याएको भन्दै उनलाई पोखरा १६ तुम्केमा रहेको नमुना क्लबले नागरिक अभिनन्दन गरेको हो । पोखरा १६ को प्रवेशद्वार केआइसिंह पुलदेखि महेन्द्र गुफासम्म बाजागाजा गरी खड्कालाई विशेष प्रकारले...
पोखरा महानगर भित्रका सडक अब ब्रुमरले सफा गरिने
पोखरा । पोखरा महानगर भित्रका सडकलाई अब मेसिन प्रयेग गरी सफा गरिने भएको छ । पोखरा महानगरपालिकाले नगर क्षेत्रको सडक सफा गर्न स्वीपर मेसिन (ब्रुमर) ल्याएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले एक साथ शुभारम्भ गरेको ब्रुमरको सहायताले महानगर क्षेत्रको सडक सरसफाइको काम गरिनेछ । महानगरका मुख्य सडकहरूमा सवारीको चाप...
असहाय बालबालिकाले लगाए वृद्धाश्रममा टीका
पोखरा । पोखरा महानगरपालिका–१७ स्थित वृद्धाश्रममा हिमाली बाल कल्याण संरक्षण मञ्चमा आश्रित बालबालिकाले पनि हिजो टीका लगाएका छन् । मञ्चमा आश्रित २५ जना बालबालिकालाई सामूहिक रूपमा टीका लागएर स्वादिष्ट भोजन गराइएको वृद्धाश्रमका अध्यक्ष कुसुम केशव पराजुलीले जानकारी दिए । वृद्धाश्रमका ४७ जना जेष्ठ नागरिकलाई पनि भोजन गराइएको थियो । दुवै संस्थामा आश्रित जेष्ठ नागरिक र...
मेलबर्नमा रहेका पोखरेलीहरुको छुट्टै संस्था बनाउने पहल
पाेखरा । नेपालको पोखरा क्षेत्रबाट अष्ट्रेलियाको भिक्टोरिया राज्य अन्तर्गत मेलबर्न लगायत विभिन्न स्थानमा पुगेर बसोबास गर्नेहरु संगठित हुने प्रयासमा रहेका छन। विभिन्न मुलुकमा पुगेका नेपालीहरुले आफ्नो राजनीतिक बिचारको आधारमा मात्र नभएर जातीय र भौगोलिक आधारमा समेत विभिन्न संघ संस्था र समाज स्थापना गर्ने क्रम चलिरहेको छ जसका कारण विदेशमा रहेका नेपालीहरु दर्जनौं संस्थाहरुमा समेत संलग्न...
पोखरामा राँगोको आक्रमणबाट युवाको मृत्यु
पोखरा । पोखरामा राँगोको आक्रमणबाट एक युवाको ज्यान गएको छ । राँगोले हान्दा पोखराका ३३ का ३७ वर्षीय धनञ्जय आचार्यको मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार आफ्नै माइला दाजुको सुरौदीस्थित भैंसी फारममा पालो दिन गएका बेला राँगोको आक्रमणमा परी उनको मृत्यु भएको हो । धनञ्जयका जेठा दाजु शिव आचार्य पोखरा ३३ का पूर्व...
पोखरा ५ को रक्तदानमा ४२ युनिट रगत संकलन
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ ले आज आयोजना गरेको रक्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन भएको छ । वडा कार्यालय अगाडि भएको रक्तदान कार्यक्रममा पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गरुङले रगतको विकल्प रगत नै भएकाले रक्तदान महादान भएको बताइन् । ‘पुल, निर्माण गर्ने र पूर्वाधार बनाउने मात्र वडाको काम हो भन्ने गरिन्छ तर, यस्ता...
पोखरा लेकसाइडको द वल्ड लान हुआ रेस्टुरेन्टलाई २ लाख जरिवाना
पोखरा । पोखराको लेकसाइडस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एन्ड बारलाई जिल्ला प्रशासन कार्यालय कास्कीले २ लाख रुपैयाँ जरिवाना गरेको छ । पानीको अधिकतम खुद्रा मूल्य भन्दा बढी रकम लिएर ग्राहकमाथि ठगी गरेको उजुरीपछि जिल्ला प्रशासन कार्यालय कास्कीले हिजो कारबाही गरेको हो । कम्पनीले तोकेको अधिकतम मूल्य भन्दा बढी मूल्य लिई बिक्री गरी उपभोक्ता संरक्षण...
पोखराको लेकसाइडका होटलमा तिहारसम्म ३० प्रतिशत छुट
पोखरा । पोखराको पर्यटकीय केन्द्र लेकसाइडका होटलमा चाडपर्वका अवसरमा छुट दिइने भएको छ । पर्यटनको राजधानी पोखरामा होटल संघ नेपाल पोखरामा आवद्ध होटलहरुमा विजयादशमी, दिपावली, छठलगायत चाडपर्वका अवसरमा ३० प्रतिशत छुट दिइने भएको हो । संघका अध्यक्ष लक्ष्मण सुुवेदीले चाडपर्वलाई लक्षितगरी संघ सदस्यअन्तर्गतका होटल प्रतिष्ठानमा दसैंदेखि तिहारसम्म प्रकाशित दररेट (आवासमा) मा पाहुनालाई ३० प्रतिशतसम्म छुटको...
पोखरा ५ को जिरोदेखि पर्स्याङसम्मका खाद्यान्न र मासु पसलमा अनुगमन
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ को जिरोकिमीदेखि पर्स्याङसम्म राजमार्ग क्षेत्रका खाद्यान्न र मासु पसलमा अनुगमन गरिएको छ । वडा नम्बर ५ का अध्यक्ष विष्णुप्रसाद बरालको नेतृत्वमा १२ जनाको टोलीले अनुगमन गरेको हो । २८ वटा पसलमा अनुगमन गरिएको र विशेष गरी खाद्यान्न पसलहरुमा बेकरी आइटम, जुस, ससेज लगायतका सामग्री म्याद गुज्रेको पाइएकाले तत्कालै...