पोखरा

पोखराको लामाचौरमा यस वर्षपनि तीज महोत्सवको तयारी
पोखराको लामाचौरमा यस वर्ष पनि तीज महोत्सवले निरन्तरता पाउने भएको छ। नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स), लामाचौरको आयोजनामा २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ हुने भएको हो। संस्थाको २८ औं वार्षिक समारोह एवं तीज अवसरमा यही भदौ १९ देखि २१ सम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा हुन गइरहेको सो महोत्सवका लागि नाकोड्स तयारीमा जुटेको छ। तीज...
पोखरामा नेवारी संस्कृतिको ताया मचा प्रतियोगिता
पोखरामा नेवारी संस्कृतिको महिला तथा पुरुष ताया मचा प्रतियोगिता सकिएको छ। गाईजात्राको अवसर पारी नेवाः खलः कास्कीको आह्वानमा भएको ताया मचा नृत्य प्रतियोगितामा पुरुषतर्फ बागबजार बगर ताया मचा समिति र महिलातर्फ लामाचौर नेवाः खल प्रथम भएका छन् । नयाँबजार सांस्कृतिक समितिको आयोजनामा शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ १९ र महिलातर्फ ९ गरी २८ समूहको प्रतिस्पर्धा थियो।...
पोखरामा ७८ औं भारतीय स्वतन्त्रता दिवस मनाइयो
पोखरामा ७८ औं भारतीय स्वतन्त्रता दिवस मनाइएको छ। ७८ वर्षअघि अंग्रेज साम्राज्यबाट अलग भएको भारत अहिले एउटा बलियो गणतन्त्रात्मक विश्वशक्तिको रूपमा स्थापित भइसकेको छ। विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका रूपमा उदाएको भारतलाई सफलतासाथ संसदीय राजनीतिक पद्धतिको स्थायित्वको उदाहरण मानिन्छ। सो अवसरमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुु कुमार थापाले कार्यक्रमको उद्घाटन गरे। कार्यक्रममा...
पोखरामा पाल्पाको लाखे नाच देखाइदैं
पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा पनि देखाइने भएको छ। सिटिजन फर्निचर आयोजनामा आगामी भदौ १ गते उक्त नाच देखाइने तयारी छ। न्यूरोडस्थित सिटिजन फर्निचरको आँगनमा राति ८ देखि १० बजेसम्म उक्त नाच देखाउने तयारी भएको कम्पनी संचालक दीपक कार्कीले बताएका छन्। त्यसका लागि पाल्पा रिब्दीकोटस्थित श्री भीमसेन गुठी भैरवस्थान, हटियाको लाखे नाच–२०८१ टोली कलाकार, बाजागाजासहित...
पोखरामा अब्बल ६ युवालाई सम्मान
पोखरामा अब्बल ६ युवाहरु सम्मानित भएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमबार नेकपा एमाले कास्कीले उनीहरुलाई सम्मान गरेको हो। एमाले कास्की सचिव दर्शन लामाको संयोजकत्वमा आयोजित कार्यक्रममा विभिन्न विधाका ६ युवाहरु सम्मानित भएका हुन्। नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाही, संक्रामक तथा सरुवा रोग अस्पताल गण्डकीका कार्यकारी निर्देशक डा विकास गौचन, नेपाल आइडल करण...
पोखरामा क्रियाशील लेखनाथ पत्रकार मञ्चलाई सहयोग
पोखरामा क्रियाशील लेखनाथ पत्रकार मञ्चलाई व्यवसायिकहरुबाट सहयोग मिलेको छ। पोखरा महानगरपालिका–२९ को भण्डारढीकस्थित आदर्श हार्डवेयरले आफ्नो स्थापनाको १३ औँ वार्षिकोत्सवमा मञ्चलाई सहयोग गरेको हो। मञ्चले स्थापना गरेको लेखनाथ पत्रकारिता पुरस्कारको कोष वृद्धिमा सहयोग पुग्नेगरी सो हाडवयर्सका संचालक विजय गुरुङ र लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले मञ्चका अध्यक्ष कविराज खनाललाई २५ हजार १३ रुपैयाँको...
पोखरा महानगरपालिकाकोे बजेट तथा कार्यक्रम पारित
पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ। १५ औँ नगरसभाले महानगरपालिकाको बजेट तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो। उपप्रमुख मन्जुदेवी गुरुङले १० असारको नगरसभामा ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँ बराबरको बजेट पेस गरेकी थिइन्। बजेटको स्रोतमा संघीय सरकारबाट अनुदान स्वरूप ४ अर्ब २० करोड...
पोखराका २८० सुन्तला कृषकलाई २५ लाख रुपैयाँ बराबरको अनुदान
पोखरा महानगरपालिकाले सुन्तला कृषकहरूलाई अनुदान प्रदान गरेको छ। नगर प्रमुख धनराज आचार्यले किसानहरूलाई सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन कार्यक्रम अन्तर्गत नगद २५ लाख रुपैयाँ बराबरको अनुदान प्रदान गरेका हुन्। पोखरा महानगरपालिकाको कृस्ती, निर्मलपोखरी, खाल्टे, मासपाटन, फेदीपाटनलगायत स्थानका २ सय ८० किसानलाई अनुदान प्रदान गरिएको हो। महानगरपालिकाले सुन्तला बगैँचा व्यवस्थापनका लागि विभिन्न मापदण्ड बनाइ प्रतिबोट अधिकतम १...
पोखरा महानगरपालिकाद्धारा कृषकहरूलाई प्रोत्साहन रकम प्रदान
पोखरा महानगरपालिकाले चैते धान लगाउने कृषकहरूलाई प्रोत्साहनस्वरुप रकम प्रदान गरेको छ। महानगरको वडा नं.२६ र २७ का २२६ जना कृषकहरूलाई नगद ६ लाख ८१ हजार ३ सय रुपैयाँ बराबरको प्रोत्साहन रकम प्रदान गरेको हो। उनीहरूलाई सोमबार आयोजित एक कार्यक्रमबीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य उक्त प्रोत्साहन प्रदान गरेका हुन्। प्रोत्साहन रकम प्रदान गर्दै नगर प्रमुख...
पोखरामा लायन्स रिटर्नी कोरियाको वृक्षरोपण
लायन्स क्लब अफ कोरिया रिटर्नीले पोखरामा वृक्षरोपण गरेको छ। लायन्स क्लब अफ अन्तराष्ट्रिय ३२५ आई क्लष्टर–२, रिजन–४, जोन–७ अन्तर्गतको क्लबले पोखरा वडा नं १७ स्थित शंकरधाममा तेजपत्ता, चाँप, कल्की र बेगमवली प्रजातिका २५० विरुवाहरु वृक्षारोपण गरेको हो। प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १७ की वडाध्यक्ष राधिका शाही योगी, वडा सदस्य विक्रम गुरुङ, लायन्स सचिवालय...