पोखरा

जुत्ता ब्यबसायी संघ कास्कीको नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान सहित क्यालेन्डर विमोचन
पोखरा । जुत्ता ब्यबसायी संघ कास्कीले २०८२ को टेबुल क्यालेन्डर विमोचन सहित नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान गरेको छ । क्यालेन्डर विमोचन एवं शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा उधोग वाणिज्य संघका अध्यक्ष गोकर्ण काकेिले ब्यबसायीहरुको समस्या जस्तोसुकै परिस्थितिमा पनि आफु सहयोग गर्न तयार रहेको बताउदै संस्थाले आफ्नो सदस्यहरुको हक र...
पोखरामा आर्थिक विकासबारे अन्तर्राष्ट्रिय सम्मेलन
पोखरा । उच्च शिक्षा, दीगो पर्यटन, नवप्रवर्तन र आर्थिक विकासका विषयमा केन्द्रित रही यही चैत १५ र १६ गते पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत कालिका मल्टिपल क्याम्पस, काजीपोखरी, पोखराको आयोजनामा तथा ओटीएस एकेडेमी, युकेको सह–आयोजनामा सम्पन्न उक्त सम्मेलन विश्वविद्यालय अनुदान आयोग नेपाल तथा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालय, पोखरा...
लामिछानेको निधनमा काँग्रेसको शोक सभा
पोखरा । नेपाली काँग्रेस पोखरा २८ का नेता एंव तत्कालीन माझठानाका गा वि स का पुर्व उपाध्यक्ष टिकाराम लामिछानेको सम्झनामा शोकसभा गरिएको छ । नेपाली काँग्रेस पोखरा २८ समितिको आयोजनामा लामिछानेको निवास माझठाना लामिछाने गाँउमा आयोजना गरिएको शोकसभा कार्यक्रममा पुर्व मन्त्री तथा पार्टीका पुर्व जिल्ला सभापति यज्ञ बहादुर थापाले स्वर्गिय लामिछानेले पार्टी प्रति योगदान दिई...
पोखरा २८ लाई लक्षित गरि कोक्यापको परामर्श कार्यक्रम
पोखरा । पोखरा महानगरपालिका २८ को सामाजिक सुरक्षा र जीविकोपार्जन कार्यक्रमको अवस्था एव दिगो सामाजिक आर्थिक विकासका लागी रणनितीहरु विषयमा शान्तिका लागि साझा अभियान (कोक्याप) गण्डकी प्रदेशले छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै गैसस महासंघका निर्वतमान अध्यक्ष तथा गोनेसाका अध्यक्ष राम प्रसाद सुवेदीले यस्ता महत्वपूर्ण छलफलले साचि नै विकास निर्माण तथा आर्थिक गतिविधिमा...
गण्डकीका मन्त्री थापाको सेवा, सुविधाको रकम समाजसेवामा
पोखरा ।गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले राज्यबाट प्राप्त सम्पूर्ण सेवा–सुविधा समाजसेवामा खर्च गर्दै आएका छन् । मंगलबार नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले आफ्नो पहिलो कार्यकालदेखि नै सेवा–सुविधाको रकम स्थानीय जनताका आवश्यकताअनुसार रचनात्मक कार्यमा लगाउँदै आएको उल्लेख गरे । “जनताको प्रतिनिधि भएपछि तिनको आवश्यकतालाई...
कास्की आदर्श समाज बहराइनद्वारा बिद्यार्थीहरूलाई पोशाक बितरण
बहराइन । कास्की आदर्श समाज बहराइनले आफ्नो स्थापनाकाल देखिनै गर्दै आइरहेको सामाजिक कार्यहरूलाई निरन्तरता दिदै  कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिका -वडा नं ४ लाहाचोकको भिरकटेरामा रहेको देउराली आधारभूत बिद्यालयमा अध्ययनरत कक्षा १ देखी कक्षा ७ सम्मका ५५ जना छात्र छात्राहरूलाई बिद्यालय पोशाक ( ट्रायाकसुट र टिसर्ट) बितरण गरेको छ। बिद्यालयको वार्षिक नतिजा प्रकाशनको अबसर पारेर आयोजना...
हिम्साका विरुद्ध पोखरामा नागरिकको धर्ना
पोखरा । अराजकता र हिम्साका विरुद्ध पोखरामा नागरिक अगुवाले धर्ना दिएका छन् । गत चैत १५ गते राजावादीको नाममा काठाडौमा गरिएको आन्दोलदनमा सञ्चारकर्मीसहित २ जनाको ज्यान जाने गरी भएको हिम्सा विरुद्ध उनीहरुले धर्ना दिएका हुन् । “लोकतन्त्र, मानव अधिकार र शान्तिका पक्षमा अभिमत प्रकट गराँै, अराजकता र हिम्सालाई निरुत्साहित गरौँ” भन्ने नाराका साथ पोखराको मुस्ताङचोकमा...
नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेजको अन्तरक्रिया कार्यक्रम
पाेखरा । नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाई समितिको आयेजनामा “ बर्तमान समय मा श्रमिकका चुनौति”विषयक “ अन्तरकिया कार्यक्रम २०८१/१२/१६ गते माछापुच्छे गाउपालिका ६ अस्ताम मा सम्पन्न गरियो । नेपाल स्वास्थकर्मी संघ गण्डकी मेडीकल कलेज इकाई समीतिका अध्यक्ष दिपक कार्कीको अध्यक्षतामा भएको,कार्यक्रममा बरिष्ठ हाडजोर्नी विशेषज्ञय प्राध्यापक डा.ईश्वर शर्मा कडेल,बरिष्ठ बाल रोग विशेषज्ञय सह-प्राध्यापक डा...
माझठानाका पूर्व उपप्रधानपञ्च टीकाराम लामिछानेको निधन
पोखरा । नेपाली कांग्रेस कास्कीका पुराना कार्याकर्ता तथा तत्कालिन माझठाना गाविसका समाजसेवी टिकाराम लामिछानेको ७८ बर्षको उमेरमा निधन भएको छ । पोखराको मणिपाल शिक्षण हस्पिटलमा उपचार गराइरहनुभएका लामिछानेको उपचारकै क्रममा चैत १६ गते बेलुकी साढे पाँच बजे निधन भएको हो । २००३ साल भदौ ५ गते साबिक माझठाना गा बि स ९ हाल पोखरा महानगरपालिका...
गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीसँग आज प्रश्नोत्तर
पोखरा । गण्डकी प्रदेश सभामा आज मुख्यमन्त्रीसँग सांसदको प्रश्नोत्तर  हुँदैछ । गत शुक्रबारलाई तय गरिएको प्रश्नोत्तर आइतबारलाई सारिएको हो । शुक्रबार माओवादीका सांसदहरु अनुपस्थित हुने भएपछि कार्यतालिका हेरफेर गरिएको प्रदेश सभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिनुभयो । मुख्यमन्त्रीसँग प्रश्न सोध्न ३ दिनअगाडि नै सचिवालयमा प्रश्न दर्ता गराउनुपर्ने हुन्छ । प्रदेश सभा नियमावली २०८० ले...