पोखरा

पोखराको कालिकास्थान–पुँडिटार–लामेआहाल सडकको शिलान्यास
पोखराको कालिकास्थान–पुँडिटार–लामेआहाल सडकको शिलान्यास गरिएको छ। विश्व बैंकको आर्थिक सहयोगमा निर्माण हुने तेस्रो परियोजना दोविल्ला–बाधमारा–तिक्लाङ्–बडहरकोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो–पुँडीटार–झिगटे(जनजागृती मावि) तगारेगौडा–तल्लो गगनगौडाँ सडक अन्तरगत कालिकास्थान–पुँडीटार–लामेआहाल सडकको शिलान्यास गरिएको हो। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल र विकास साझेदार विश्व बैंकका एनइयुजीआइपी परियोजना हेर्ने टास्क टिम लिडर आवेवाओले संयुक्त रूपमा सडकको शिलान्यास गरेका हुन्।...
पोखरा महानगरको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित
पोखरा महानगरपालिको १५ औँ नगर सभाले आ.व २०८१/०८२ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ। नगर सभाको सोमबार बसेको बैठकले छलफलपछि नगर प्रमुख धनराज आचार्यद्वारा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो। यसअघि, नीति तथा कार्यक्रममाथिको छलफलमा नगर सभा सदस्यहरूले सक्रियतापूर्वक सहभागिता जनाए। उनीहरूले नगर प्रमुखद्वारा प्रस्तुत नीति तथा कार्यक्रम समुन्नत पर्यटकीय पोखराको...
पोखरा महानगरपालिकाको बजेट ७ अर्ब ५१ करोड
पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट ल्याएको छ। चालु आर्थिक वर्षको भन्दा यस वर्षको बजेट ४३ करोड रुपैयाँ बढि हो। चालु आर्थिक वर्षको बजेट ७ अर्ब ८ करोड ३४ लाख २४ हजार रुपैयाँको बजेट थियो। बजेट वक्तव्यको क्रममा महानगरले चालु आर्थिक वर्षको लागि ७...
पोखरा महानगरको नीति तथा कार्यक्रम २०८१/८२ आयो
पोखरा महानगरपालिकाले ‘पर्यटन राजधानी पोखरा एकीकृत रणनीतिक कार्ययोजना’ तयार गर्ने भएको छ। महानगरप्रमुख आचार्यले आज (आइतबार) आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पर्यटन राजधानी पोखराको योजनाबद्ध विकासका लागि कार्ययोजना तयार गरी संघ, प्रदेश र अन्य सरोकारवालाहरूसँगको समन्वय तथा साझेदारीमा कार्यान्वयन गरिने बताए। महानगरका ३३ वडाको मौलिकता तथा विशिष्टताको पहिचान, वडाको संभावना...
पोखरामा आयोजित दोस्रो वृत्ति परामर्श तथा रोजगार मेला सकियो
पोखरामा आयोजित दोस्रो वृत्ति परामर्श तथा रोजगार मेला सकिएको छ। श्रम र सीप भएका तर बेरोजगार युवा तथा रोजगारदाता उद्यमीलाई एकै ठाउँमा जोड्ने उद्देश्यले गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र पोखरा महानगरपालिकाद्वारा संयुक्त रुपमा आयोजित तीन दिने मेला बुधबार सकिएको हो। गण्डकी प्रदेका मुख्यमन्त्री खगराज अधिकारीले बुधबार एक समारोहबीच समापन गरेका हुन्।...
पोखरा–२५ मा ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सुरू
पोखरा महानगरपालिका–२५ ले ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सुरू गरेको छ। ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सो कार्यक्रम संचालन गरिएको हो। हेम्जा स्वास्थ्य चौकीका प्रमुख कुश्मराज सुवेदीका अनुसार ज्येष्ठ नागरिकसँगै अन्य दीर्घ रोगी, अशक्त र विपन्न परिवारका सदस्यलाई लक्षित गरेर कार्यक्रम संचालन गरिएको हो। ‘विशेष गरी नसर्ने रोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई घरमै पुगेर...
पोखरामा दोस्रो संस्करणको ‘वृत्ति परामर्श तथा रोजगार मेला’ सुरु
पोखरामा दोस्रो संस्करणको ‘वृत्ति परामर्श तथा रोजगार मेला’ सुरु भएको छ। आज (सोमबार) बाट सुरु ‘दोस्रो वृत्ति परामर्श तथा रोजगार मेला–२०८१’ सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश र पोखरा महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको हो। मेलाले सीप भएर पनि बेरोजगार भएका युवा र दक्ष जनशक्तिको खोजीमा रहेका रोजगारदाताबीच समन्वय गर्न सुरु गरेको छ। गण्डकी...
पोखरा महानगरले सडक छेउ र खुल्ला ठाउँमा २ लाख भन्दा बढी विरुवा रोप्दै
पोखरा महानगरपालिकाले पोखराका सडक छेउ र खुल्ला ठाउँमा २ लाख बढि विरुवा रोप्ने भएको छ । पोखरालाई हरित सहरको रुपमा विकास गर्न सडक छेउ लगायत खुला ठाउँमा २ लाख १८ हजार बोटविरुवा रोप्ने गरी तयारी थालिएको महानगरपालिकाले जनाएको छ। संभावित वृक्षरोपण क्षेत्र पहिचान तथा रणनीति तय गर्न वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उपप्राध्यापक डा...
पोखरामा बैशाख १० गतेदेखि दोस्रो पटक वृत्ति परामर्श तथा रोजगार मेला हुँदै
पोखरामा दोस्रो वृत्ति परामर्श तथा रोजगार मेला–२०८१ हुने भएको छ। गण्डकी प्रदेश सरकारको सामाजिक मन्त्रालयको आयोजनामा यही बैशाख १० गतेबाट पोखराको सभागृहमा मेला हुन लागेको हो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका विद्यार्थी र सरोकारवालालाई जानकारी दिन, बेरोजगारहरुका लाग रोजगारी प्रदान गर्न र रोजगारदाता संघसंस्थाहरुका लागि दक्ष जनशक्ति प्रदान गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको पोखरामा...
पोखरा महानगरपालिकाले स्थानीय तह कार्य सम्पादन मूल्यांकनमा उत्कृष्ट अंक ल्यायो
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आ.व. २०७९÷०८० मा स्थानीय तह कार्य सम्पादन मूयांकनमा पोखरा महानगरपालिकाले उत्कृष्ट अंक प्राप्त गरेको छ। आयोगले मंगलवार सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार पोखरा महानगरपालिकाले ६२.७४ अंक प्राप्त गरेको हो। यसअघि, आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा विवरणहरू अद्यावधिकको समस्याका कारण अवस्था कमजोर देखिन पुगेको थियो। आयोगले दिएको समय सीमाभित्र महानगरपालिकाले...