समाचार

आज पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने, तराईमा हुस्सु लाग्ने,
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भने तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ । देशका पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराई भू–भागका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना छ । कोशी प्रदेशका पहाडी र हिमाली भाग तथा गण्डकी प्रदेशका...
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, आठको मृत्यु, ४५ घाइते
बैतडी ।  बैतडीको पुर्चौंडी नगरपालिकामा जन्ती बोकेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् । दुर्घटनामा  ६ जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो। मृतकहरुको नामावलीः- १) जिल्ला बझाङ बित्थडचिर गा.पा...
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन खर्चलाई पारदर्शी र मितव्ययी बनाउन ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार–प्रसार बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ स्वीकृत गरेको छ । आयोगले यही मङ्गलबार स्वीकृत गरेको यो कार्यविधि प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट हुने प्रचारप्रसार खर्चलाई नियन्त्रण, निगरानी र अनुशासित बनाउने उद्देश्यले ल्याइएको जनाइएको छ । कार्यविधिअनुसार अब  निर्वाचनको...
देशमा पश्चिमी वायुको आंशिक प्रभाव
काठमाडौँ ।  हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । तराईका केही स्थानमा तुवाँलो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा कुहिरो लाग्ने छ । तराईका धेरै स्थानमा हुस्सु लाग्ने छ भने पहाडी तथा हिमाली...
सामाजिक सुरुक्षा कोषमा आवद्ध नगराउने कम्पनीले तिर्‍याे श्रमिक परिवारलाई २० लाख
काठमाडाैं । सामाजिक सुरक्षा कोषमा आबद्ध नभएका एक श्रमिकको आश्रित परिवारले रोजगारदाताबाट २० लाख रुपैयाँभन्दा बढी आर्थिक सहायता पाएका छन् । वीरगन्जको एक टेक्सटाइल कम्पनीमा कार्यरत श्रमिक रामानन्द साह कानुको निधनपछि उनको परिवारले यो रकम प्राप्त गरेको हो । कोषको पहल र अदालती आदेशपछि रोजगारदाता कम्पनीले आश्रित परिवारलाई २० लाख ४३ हजार ६ सय ४५...
चुनाव नेपालमा, कमाइ फेसबुकमा
काठमाडौँ ।  आउँदो फागुन २१ का लागि निर्धारित प्रतिनिधि सभाको निर्वाचनमा मत बटुल्न यतिबेला उम्मेदवारहरू आआफ्ना क्षेत्रमा सक्रिय छन् । मतदाता रिझाउन विभिन्न तर्क, कारण र उपायसहित घरदैलो अभियानमा उम्मेदवारहरू व्यस्त देखिन्छन् । निर्वाचनको यो माहोलले गाउँसहर तात्दै छ । त्यसरी नै निर्वाचनसँग सम्बन्धित टीकाटिप्पणी (कन्टेन्ट) ले भरिभराउ छन्, सामाजिक सञ्जाल । सूचना र ज्ञानका...
जापानको भ्रमण सकेर राष्ट्रपति पौडेल स्वदेश फिर्ता
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा गरेर बुधबार काठमाडौँ फर्किनुभएको छ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षित्कोत्सवका अवसरमा जापान सरकारको निमन्त्रणामा टोकियोमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडलसहित उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई...
युनाइटेड क्लबले दियो पोखराको अमरसिंह माविमा डिजिटल स्मार्टबोड
पोखरा । पोखराको अमरसिंह माविमा अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहयोग गर्ने उद्देश्यले युनाइटेड क्लबले डिजिटल स्मार्टबोर्ड प्रदान गरेको छ । पोखराको अमरसिंह खेल मैदानमा पोखरा महोत्सव आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्वनसँगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाइटेड क्लब पोखराले अमरसिंह माविमा विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको लागि २ थान डिजिटल...
निर्वाचन २९ दिन बाँकी
समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी
काठमाडौँ । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले पेस गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको पाइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम बन्दसूचीको नामावली अनुसार एक हजार सात सय ७२ जना महिला छन् । यस्तै, पुरुष एक हजार तीन सय ६३ जना छन् । समानुपातिकतर्फ...
बुद्ध विशाल बजारका व्यवसायीलाई भ्याट र करसम्बन्धी तालिम
पोखरा । पोखरा उद्योग वाणिज्य संघले बुद्ध विशाल बजारका व्यवसायीहरूलाई लक्षित गर्दै भ्याट तथा करसम्बन्धी दुईदिने तालिम आयोजना गरेको छ। जर्मन सहयोग संस्था जीआइजेड-आरएसआरएसडीको आर्थिक सहयोग तथा बुद्ध विशाल बजार व्यापारिक एसोसियसनसँगको सहकार्यमा तालिम सम्पन्न भएको हो। तालिममा बुद्ध विशाल बजारसहित पोखराका विभिन्न क्षेत्रका करिब ६० जना व्यवसायीहरूको सहभागिता रहेको थियो। कर प्रणाली, भ्याट व्यवस्थापन,...