समाचार

शिक्षामन्त्री पुनलाई मन्त्रालयमै खानेबस्ने व्यवस्था
काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई मंगलबारदेखि मन्त्रालयमै खाने, बस्ने व्यवस्था गरिएको छ । प्रवक्ता शिवकुमार सापकोटाले मन्त्रीको कार्यकक्षसँगैको कोठामा खाने, बस्ने प्रबन्ध गरिएको बताए । ‘आजदेखि यहीं बस्ने कुराकानी भएको छ । कार्यकक्ष सँगै कोठा खाली गरेर सुत्ने, बस्ने र भान्सा बनाइएको छ,’ उनले भने । भाद्र २४ गतेको प्रदर्शनमा सिंहदरबारभित्रको...
गण्डकी सरकारको निर्णय–गोष्ठी, भ्रमण, तालिम स्थगित
पाैखरा । गण्डकी प्रदेश सरकारकाे बिहीबार बसेको  मन्त्रिपरिषद् बैठकले पाँच वटा महत्वपूर्ण निर्णय गरेको छ । चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये तालुक कार्यक्रम, सेमिनार, भ्रमण र तालिमलाई स्थगित गर्ने निर्णय भएको छ । यस्तो निर्णयले ठूलो मात्रामा रकम बचत हुने र त्यो रकम पुनर्निर्माण तथा मर्मतमा लगाइने सरकारका आर्थिक मामिला तथा सरकारका प्रवक्ता टकराज...
मुस्ताङ भन्सारमा तीन दिनमा नौ करोड ७० लाख राजस्व संकलन
मुस्ताङ ।  मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा तीन दिनको अवधिमा रु. नौ करोड ७० लाख ६४ हजार राजस्व संकलन भएको छ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट आयात गरिएका मालवस्तुबाट भन्सारले उक्त राजस्व सङ्कलन गरेको हो । कोरला नाका  ११ दिन अघि पूर्णरुपमा सञ्चालनमा आएको थियो । तर, कार्यालयको आन्तरिक तयारी तथा व्यवस्थापन गर्नुपर्ने भएकाले कार्यसम्पादन सोमबारदेखि...
देउवा दम्पतीको स्वास्थ्य सुधाराेन्मुख
काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको स्वास्थ्य सुधाराेन्मुख रहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका सूचना अधिकृत सहायक रथी राजाराम बस्नेतले सभापति देउवा र निवर्तमान परराष्ट्रमन्त्री राणाको स्वास्थ्य सुधाराेन्मुख रहेको जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “उहाँहरू हामीसँग सुरक्षित हुनुहुन्छ र दुवै जनाको स्वास्थ्य सुधाराेन्मुख...
एमाले अध्यक्ष केपी ‌ओली सेनाको सुरक्षाबाट बाहिरिनुभयो
नेकपा (एमाले) अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सेनाको सुरक्षाबाट बाहिरनुभएको छ।  एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उहाँ आज सेनाको सुरक्षाबाट बाहिरनुभएको जानकारी दिनुभयो। उहाँका अनुसार अध्यक्ष ओली भक्तपुरस्थित पार्टी कार्यकर्ताको घरमा पुग्नुभएको छ।  भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालयसहित देशका प्रमुख संरचना जलाएका थिए। निवर्तमान प्रधानमन्त्री ओलीले भदौ २४...
सर्वोच्च अदालतको इजलास पालमुनिबाटै सञ्चालन
काठमाडौं।  सर्वोच्च अदालतको प्रवेशद्वारदेखि सबैले जलेको भवन प्रष्ट देख्न सक्छन् । अगाडि पूरै जलेका सवारी साधनको थुप्रो छ । आधा जलेका र भाँचिएका टेबल कुर्सी असरल्ल छन् । कर्मचारी बस्ने ठाउँ छैन । धेरै कर्मचारीको मुहार अझै खुल्न सकेको छैन । असरल्ल जलेको गाडीकै अगाडि एक छेउमा पाल टाँगिएको छ । पालमुनि काठका टेबल कुर्सी...
वडा अध्यक्ष नरेन्द्र थापाले परिवारलाई बुझाए अलपत्र परेका अमृतलाई
पोखरा । पाँच महिनादेखि युनाईटेड अरब इमिरेट्स (यूएई) मा अलपत्र परेका पोखरा महानगरपालिका वडा नंं २६ का अमृत रानाभाटलाई उद्धार गरेर परिवारलाई बुझाइएको छ । वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापाले युएई देखि रानाभाटलाई उद्धार गरेर ल्याई मंगलबार परिवारलाई बुझाएका हुन । रानाभाट सन् २०२३ मा रोजगारीको शिलशिलामा जिप्सन वोर्ड हेल्परको कामका लागि युएई...
संविधान दिवस भव्य रुपमा मनाउन एमालेको आह्वान
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले यस वर्षको संविधान दिवसलाई भव्य र विशेष ढङ्गले मनाउन आफ्ना सबै तहका कमिटीलाई निर्देशन दिएको छ। पार्टी महासचिव शंकर पोखरेलले  मंगलबार जारी गरेको विज्ञप्तिमा  वर्तमान संविधान नेपाली जनताको ऐतिहासिक बलिदान र सङ्घर्षको उपलब्धि भएको उल्लेख गर्दै यसलाई लोकतान्त्रिक गणतन्त्र  र राष्ट्रिय सार्वभौमिकताको आधारशिला बताइएको छ। एमालेले हालै २३...
राष्ट्रिय शोकमा आज राष्ट्रिय झन्डा आधा झुकाइने
काठमाडौं । जेनजीबाट भएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानमा बुधबार (आज) सरकारले शोक मनाउँदै छ । मृतकको सम्मानस्वरूप बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने सरकारले यसअघि नै निर्णय गरिसकेको छ । भ्रष्टाचार नियन्त्रण, सुशासन तथा पारदर्शिताको माग गर्दै जेनजीले भदौ २३ गते राजधानीमा प्रदर्शन गरेका थिए ।...
इजरायलविरुद्ध ५० मुस्लिम देशको भेला कतारमा
पचास मुस्लिम देशका नेताहरू इजरायल विरुद्धको विशेष बैठकका लागि कतारको राजधानी दोहामा आज भेला भएका छन्। यो बैठक अरब लिग र इस्लामिक सहयोग संगठन (ओआईसी) ले आह्वान गरेको हो। यसको उद्देश्य सेप्टेम्बर ९ मा कतारमा इजरायली आक्रमणको जवाफ दिनु हो। यस आक्रमणमा ५ हमास सदस्य र एक कतारी सुरक्षा अधिकारी मारिएका थिए। गाजामा दुई वर्षदेखि...