समाचार

जेनजी प्रतिनिधिबीच भएको सम्झौता अनुमोदन
काठमाडौँ । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सरकार र जेनजी प्रतिनिधिबीच बुधबार भएको सम्झौता अनुमोदन गरी सम्बन्धित मन्त्रालयबाट उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको बैठकले उक्त सम्झौतालाई नेपाल राजपत्रमा अतिरिक्ताङ्कका रुपमा प्रकाशन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो...
प्रदीप अधिकारीसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माणका क्रममा व्यापक अनियमितता गरी नेपाल सरकारलाई हानी नोक्सानी पुर्‍याएको ठहर गर्दै आयोगले सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । आयोगले महानिर्देशक अधिकारीसहितका प्रतिवादीहरूमाथि १३ करोड...
हिउँदमा वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने
काठमाडौँ । यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस हिउँदमा सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तरी भूभाग र गण्डकी...
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को भाेलि पोखरामा एकता सन्देश सभा
पोखरा । माओवादी र एकीकृत समाजवादीसहित १५ राजनीतिक दल एकीकृत भएर बनेकाे नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पोखरामा एकता सभा गर्ने भएको छ ।  कार्तिक १९ गते काठमाडौंमा ‘एकता घोषणा सभा’ गरेपछि गण्डकी प्रदेशस्तरमा पनि भाेलि मंसिर १४ गते ‘एकता सन्देश सभा’ गर्ने भएको हो ।  तत्कालीन एकीकृत समाजवादीका गण्डकी प्रदेश अध्यक्ष कृष्णबहादुर नेपालीलेका अनुसार गण्डकी...
पोखरा १९ को चुरुङ्गामा आज दोस्रो संस्करणको दाँई महोत्सव हुँदै
पोखरा । पोखरा १९ को चुरुङ्गामा शनिबार दोस्रो संस्करणको दाँई महोत्सव २०८२ हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा हुने उक्त महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटक एवं दर्शक तथा ददेराहरु गरी करिब एक हजार जनाको महोत्सवमा सहभागि हुने बताइएको छ । “पोखरा सबै मौसमका लागि आकर्षक गन्तव्य” भन्ने मूल नारासहित महोत्सवमा विभिन्न नगद सहितको...
निर्माणाधीन भीमाद नगर अस्पतालको तेस्रोपटक म्याद थप
दमौली । तनहुँको भिमाद नगरपालिका–६ स्थित भिमाद नगर अस्पताल निर्माणका लागि तेस्रोपटक म्याद थप गरिएको छ । सङ्घ सरकारको प्रत्येक पालिकामा नगरस्तरीय अस्पताल बनाउने उद्देश्यबमोजिम २०७८ साल असार २५ गते अस्पताल भवन निर्माणका लागि सम्झौता भएको थियो । निर्धारित मितिमा काम हुन नसकेपछि तेस्रोपटकका लागि २०८३ साल जेठ ३० गतेसम्म म्याद थप गरिएको भिमाद नगरपालिकाका...
एनपिएल
  पोखरा र लुम्बिनी तथा सुदूरपश्चिम र जनकपुर भिड्दै
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा ११ः४५ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्दा अपराह्न ४ः०० बजे साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी चारमध्ये एक र कुशल भुर्तेलको...
बन्दीपुरका होटलमा पर्यटक भरिभराउ हुँदा व्यवसायी उत्साहित
तनहुँ । बन्दीपुरमा सात महिनामा २१ हजार बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । गत वर्षको वैशाखदेखि चालु आर्थिक वर्षको कात्तिकसम्ममा २१ हजार ७२५ जना विदेशी पर्यटकले भ्रमण गरेका हुन् । पछिल्लो समय ‘पहाडकी रानी’ले चिनिएको सो स्थानमा घुम्न आउने विदेशी पर्यटकको आकर्षण बढ्दै गएको अस्थायी पर्यटक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक गोविन्द रानाले...
आज सीता र रामको पूजा गरी मनाइँदै विवाह पञ्चमी
काठमाडौँ ।  त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभए अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई...
एमाले महाधिवेशन
ईश्वर पोखरेल प्यानल बनाएर ओलीसँग अध्यक्षमा प्रतिष्पर्धाको तयारीमा
काठमाडौँ  । एमालेको ११ औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने सार्वजनिक गरेका छन् । तेस्रो कार्यकालका लागि ओली उठ्ने तयारीमा रहेका बेला पोखरेलले अलग प्यानल बनाएर मैदानमा उत्रिने गृहकार्य अघि बढाएका हुन् । महाधिवेशन २७–२९ मंसिरमा काठमाडौंमा हुँदैछ । पोखरेलको पक्षमा उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी...