दमौली । तनहुँमा चक्कु प्रहार गरी एक जनाको हत्या भएको छ । व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङमा हिजो साँझ चक्कु प्रहारबाट नुवाकोटका ४७ वर्षीय दिलीप तामाङको हत्या भएकाे प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार चक्कु प्रहारमा सङ्लग्न भक्तपुरका विशाल थापा पक्राउ परेका छन् । व्यास नगरपालिका–१० देखि ७ जोड्ने पराशर मार्गमा काम गर्ने दुई मजदुरबीच सामान्य विवाद हुँदा थापाले चक्कु प्रहार गरेका थिए । तनहुँ विश्व बैङ्कको सहयोगमा व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नति काम भइरहेको थियो ।