Main News 2

विश्व कप फुटबल २०२६
मेक्सिकोको विजयी सुरुआत
घरेलु समर्थकमाझ उत्कृष्ट प्रदर्शन गर्दै मेक्सिकोले फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २-० ले पराजित गरेको छ। मेक्सिको सिटी रंगशालामा बिहीबार राति भएको समूह ‘ए’ को खेलमा जुलियन क्विन्योनेस र राउल हिमेनेजले समान १ गोल गर्दै आयोजक टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए। उत्साहपूर्ण वातावरणबीच खेलको सुरुआतदेखि नै मेक्सिको हावी देखियो। खेलको पाँचौं मिनेटअघि...
पूर्वबैंकर थापाको सवारी दुर्घटनमा निधन
पोखरा । पूर्वबैंकर रेशमबहादुर थापाको सवारी दुर्घटनामा परी निधन भएको छ । पोखरा महानगरपालिका ३१ स्थित बेगनास भोर्लेटार सडक खण्डको पचभैयामा उनले चलाएको कार अनियन्त्रित भई  बिहीबार साँझ दुर्घटना हुँदा थापाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । थापाले चलाएको बा १३ च ४२०९ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ५० मिटर...
राजदरबार हत्याकाण्डको छानबिन प्रक्रिया अघि बढाउने गृहमन्त्री गुरुङको घोषणा
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राजदरबार हत्याकाण्ड छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्। उनले यसअघि भएका अनुसन्धान प्रतिवेदनहरूको अध्ययन गरी थप छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेका हुन् । मंगलबार (आज) पद बहालीपछि आयोजित कार्यक्रममा उनले २०५८ साल जेठ १९ गते भएको राजदरबार हत्याकाण्ड’ का विगतमा तयार गरिएका अध्ययन तथा अनुसन्धान प्रतिवेदनहरूको पुनरावलोकन गर्दै...
पत्रकारलाई अनुसन्धानमूलक लेख लेखन तालिम
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा आइतबारदेखि अनुसन्धानमूलक लेख लेखन तालिम सुरु भएको छ । जेठ २७ गतेसम्म सञ्चालन हुने तालिमको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका हुन् । उद्घाटनपछि मेयर आचार्यले पत्रकारिता क्षेत्रलाई अझ बढी जिम्मेवार र अद्यावधिक बनाउनु पर्ने बताए । उनले नेपालमा डिग्री हासिल गरेपछि वा परीक्षा सकिएपछि सिक्ने प्रक्रिया...
यदु अधिकारी रास्वपा कास्की सभापतिमा निर्वाचित
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको सभापतिमा यदुनाथ अधिकारी निर्वाचित भएका छन् । पार्टीको शनिबार भएको अधिवेशनमा प्रतिस्पर्धी एकराज न्यौपानेलाई १ मतले पछाडि पार्दै अधिकारी निर्वाचित भएका हुन् । अधिकारीले ११५ मत पाउँदा न्यौपानेले ११४ ल्याए। खसेको २३३ मत मध्ये ४ जनाले भने कसैलाई पनि मत दिएका थिएनन् । २९० मतदाता रहेकोमा सबै मत...
बिदा लिएर नफर्केका प्राध्यापकबाट साढे दस करोड फिर्ता
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा अध्ययन बिदा लिएर सेवामा नफर्केका प्राध्यापकबाट १० करोड ४६ लाख रुपियाँ फिर्ता भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बिहीबार यसबारे जानकारी दिनुभएको हो । मन्त्रालयको पहल र त्रिभुवन विश्वविद्यालयको सक्रियतामा प्राध्यापकहरूबाट १० करोड ४६ लाख रुपियाँभन्दा बढी रकम फिर्ता भएको मन्त्री पोखरेलले जानकारी दिनुभएको हो । सेवामा नफर्केका थप प्राध्यापकहरू...
गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी
पोखरा । गण्डकी प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रममाथि प्रदेशसभामा छलफल जारी छ । आजको बैठकमा ११ जना प्रदेशसभा सदस्यहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनुभयो । प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापाले नीति, कार्यक्रम र बजेटले नागरिकको जीवनस्तरमा गुणात्मक सुधा ल्याउनुपर्ने बताउनुभयो । सङ्घ र स्थानीय तहसँगको समन्वयमा प्रदेशलाई आत्मनिर्भर र समुन्नत बनाउनुपर्ने...
पोखरामा रगतको चरम अभाव
पोखरा । पोखरामा रगतको चरम अभाव देखिएपछि नेपाल रेडक्रस सोसाइटी कास्कीले आकस्मिक रक्तदानका लागि आह्वान गरेको छ । विशेषगरी ‘एबी पोजेटिभ’ समूहको रगत मौज्दात कम हुँदै गएकाले बिरामीको माग धान्न कठिन हुने देखिएपछि प्रादेशिक रक्तसञ्चार सेवाले यस्तो अपिल गरेको हो । रक्तसञ्चार सेवाका अनुसार जेठ १९ देखि २३ गतेसम्म कुनै पनि नियमित रक्तदान कार्यक्रम तय...
गण्डकीकाे नीति तथा कार्यक्रममा जनताको अपेक्षा समेटिएन : प्रतिपक्ष
पोखरा । गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमले जनअपेक्षा पूरा गर्न नसक्ने र यसले कुनै ठोस दिशा दिन नसक्ने टिप्पणी प्रतिपक्षी दलले गरेको छ । प्रदेश सभामा प्रस्तुत कार्यक्रममाथि प्रतिक्रिया दिँदै नेकपाकी प्रमुख सचेतक कुसुम बुढा पुनले यसलाई ‘हात्ती आयो, हात्ती आयो फुस्स’ को संज्ञा दिइन् । उनले...
रास्वपा केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी मनोनीत
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा भुवन केसी मनोनीत भएका छन् । पार्टी सचिवालयको सोमबार बसेको बैठकले काठमाडौं निवासी केसीलाई सो जिम्मेवारी दिने निर्णय गरेको हो । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले मनोनयन पत्र हस्तान्तरण गर्दै केसीलाई नयाँ जिम्मेवारीको ’boutमा औपचारिक जानकारी दिएका छन् । काठमाडौं क्षेत्र नं. ५ (ख) का...