मञ्जुश्री फाइनान्सद्वारा प्रभात आधारभूत विद्यालय पाखुरीकोटमा शैक्षिक सामग्री वितरण

मञ्जुश्री फाइनान्सद्वारा प्रभात आधारभूत विद्यालय पाखुरीकोटमा शैक्षिक सामग्री वितरण

266609bb-5296-4c0a-9016-2dd47138e6be

पाेखरा ।

कास्की जिल्लाको मादी गाउँपालिका – ८ स्थित प्रभात आधारभूत विद्यालय पाखुरीकोट नागीधारका ७४ जना विद्यार्थीलाई मञ्जुश्री फाइनान्स लिमिटेड, पोखरा शाखाले शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । असार ३१ गते विधालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मादी गाउँपालिका  ८ का वडा अध्यक्ष प्रेमबहादुर गुरुङ, जनप्रतिनिधि ओमप्रकाश गुरुङ, मञ्जुश्री फाइनान्स लिमिटेड पोखरा शाखाका शाखा प्रबन्धक प्रेम गिरी, अधिकृत रमेश अधिकारी, टेकमाया मगर, विद्यालयका शिक्षक, विधार्थी, अभिभावक तथा स्थानीयको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै शाखा प्रबन्धक प्रेम गिरीले विद्यालयजस्तो पवित्र शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरूलाई आफ्नो संस्थाबाट शैक्षिक सामग्री सहयोग गर्न पाउँदा आफूहरू खुसी भएको बताउँदै आगामी दिनमा पनि विद्यालयसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वडा अध्यक्ष प्रेमबहादुर गुरुङले गुणस्तरीय शिक्षाको आधार सक्षम र समर्पित शिक्षक भएको उल्लेख गर्दै विद्यालयको शैक्षिक स्तर अभिवृद्धिमा शिक्षकहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहने धारणा राख्नुभयो ।

त्यसैगरी जनप्रतिनिधि ओमप्रकाश गुरुङले वर्तमान विश्वव्यापीकरणको युगमा अंग्रेजी भाषा अत्यन्त आवश्यक बनेको उल्लेख गर्दै मादी गाउँपालिका ८ ले आर्थिक वर्ष २०८३/८४ को बजेटमा अंग्रेजी भाषा प्रवर्द्धनका लागि विशेष कार्यक्रम र बजेट व्यवस्था गरेको जानकारी दिनुभयो ।

उहाँले विद्यालयहरूमा अंग्रेजी शिक्षकको व्यवस्था गरी विद्यालय समयमा शिक्षक र विद्यार्थीबीच अंग्रेजी भाषामा बोल्ने, लेख्ने तथा प्रयोगात्मक अभ्यास गराइने र बिहान तथा बेलुकाको समयमा समुदायमा रहेका विद्यालय छोडेका युवा, अंग्रेजी सिक्न इच्छुक व्यक्ति तथा वैदेशिक रोजगारी वा अन्य पेशामा जान चाहने युवालाई लक्षित गरी छुट्टै अंग्रेजी भाषा कक्षा सञ्चालन गरिने बताउनुभयो । अंग्रेजी भाषा प्रवर्द्धनलाई वडाको महत्वपूर्ण अभियानका रूपमा योजनाबद्ध ढङ्गले अघि बढाइने पनि उहाँले स्पष्ट पार्नुभयो ।

विद्यालयका प्रधानाध्यापक चन्द्रकान्त अधिकारीले विद्यालयमा आएर विद्यार्थीहरूलाई शैक्षिक सामग्री उपलब्ध गराएकोमा मञ्जुश्री फाइनान्स लिमिटेडप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक गणेश पराजुलीले गर्नुभएको थियो ।

प्रतिक्रिया

भर्खरै