Main News 2

सिन्धुलीबाट बेपत्ता हायू परिवार पोखरामा फेला
पोखरा। सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट चार दिनदेखि सम्पर्कविहीन भएको एकै परिवारका सोह्र जना सदस्य पोखरामा सकुशल फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरूलाई पोखरा महानगरपालिका–३० स्थित गगनगौंडा भन्ने ठाउँबाट फेला पारेको हो । गत शुक्रबारदेखि सम्पर्कविहीन भएको बाउन्न वर्षीया उर्मिला हायूको परिवारलाई खोज्ने क्रममा प्रहरीले उनीहरूको मोबाइलको अन्तिम लोकेसन रामेछापको सिमन्दीछापमा पत्ता लगाएको थियो...
स्वास्थ्य मन्त्रालयले सातै प्रदेशमा पठायो रेबिजबिरुद्धको ५१ हजार भायल खोप
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधी आपूर्ति गरेको छ । विभाग अन्र्तगतको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले यस अघि नै खरिद भएर आर्पूतिका क्रममा रहेको औषधी प्रदेश सरकारहरुका स्वास्थ्य संस्थामा वितरण गर्ने गरी आपूर्ति केन्द्रहरुमा पुगिसकेको बताए । रेबिज तथा...
सिन्धुलीको गोलन्जोर गाउँका एकै परिवारका १६ जना हराए
सिन्धुली ।  सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै हराएपछि प्रहरीले खोजतलास सुरु गरेको छ । गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि हराएको भन्ने सूचना स्थानीयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा गरेका थिए । सोही सूचनाको आधारमा प्रहरी टोली हायुको घरमा...
अपराध
श्रीमतीको हत्या गर्ने जंगे सार्की पक्राउ
पोखरा । पोखरामा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २७ रिठ्ठपानी बस्ने ५३ वर्षीया छुनु भनिने जमुना नेपालीको हत्या गर्ने उनकै श्रीमान ५८ वर्षीय जंगे सार्की पक्राउ परेका हुन् । जिल्ल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले दिएको जानकारी अनुसार जग्गा बच्ने विषयमा विवाद हुँदा सार्कीले श्रीमतीलाई मुक्का...
पोखराको फूलबारी क्लबको अध्यक्षमा बास्तोला सर्वसम्मत
पोखरा । फूलबारी क्लबको ३४औँ वार्षिक साधारणसभा तथा १७ औँ अधिवेशनले जनार्दन बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा युवराज बास्तोला, सचिवमा सबीना बास्तोला आचार्य, सह–सचिवमा अनन्त राज आचार्य, र कोषाध्यक्षमा रामशरण भट्टराई चयन भएका छन्। सदस्यहरूमा सन्तोष भण्डारी, शिवराज पौडेल, अञ्जु ताम्राकार पौडेल, सुभास बास्तोला, रमेश बास्तोला र सङ्गीता...
आन्तरिक राजस्व कार्यालय परिसरमा करदाता सहायता कक्ष सञ्चालन
पाेखरा । आन्तरिक राजस्व कार्यालयमा करदाता सहायता कक्ष संचालनमा आएको छ । बिहिवार पोखरा उद्योग बाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघले संयुक्त रुपमा करदाता सहायता कक्षको समुद्धघाटन गरिएको हो । करदातालाई सहजीकरण गर्ने उद्देश्यले नयाँ आर्थिक वर्ष २०८१/८२ को पहिलो दिनदेखि कार्यालय परिसरमा ‘करदाता सहायता कक्ष’ सञ्चालनमा ल्याइएको हो । बिहीबार आयोजित एक कार्यक्रममा...
भानुजयन्ती अवसरमा आदर्श समाज सामाजिक संस्था पाेखरा १२ को वृक्षरोपण कार्यक्रम
पोखरा । २१२ औं भानुजयन्ती अवसरमा आदर्श समाज सामाजिक संस्थाको आयोजनामा आइतबार पाेखरा १२ मा वृक्षरोपण कार्यक्रम गरिएको छ । प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सन्तोष बास्तोलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रम संस्थाका अध्यक्ष इन्दिरा भण्डारी कोइरालाको अध्यक्षतामा भएको हो । कार्यक्रमको उद्घाटन वडाध्यक्ष बास्तोलाले गरे । सो अवसरमा वडा १२ का...
पोखरा–१२ को सार्वजनिक सुनुवाइः विकासमा प्रशंसा, सेवा प्रवाहमा गुनासा
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १२ ले चालू आर्थिक वर्ष २०८१।०८२ को सार्वजनिक सुनुवाइ गरेको छ । वडा कार्यालयले प्रदान गर्ने सेवा प्रवाह र विकास निर्माणका विषयमा जानकारी दिने र सेवाग्राहीबाट सुझाव लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा वडाभित्र भएका विकास निर्माणका कामको सबैले प्रशंसा गरेका छन् । तर सेवा प्रवाहका विषयमा...
महिला टी २० क्रिकेटको उपाधि स्याङजालाई
पोखरा । स्याङजा जिल्लाले गण्डकी प्रदेश टी २० महिला क्रिकेट प्रतियोगिताको उपाधि दोस्रो पटक जितेको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको फाइनलमा शनिबार कास्की जिल्लालाई ७ विकेटले हराउँदै लगातार दोस्रो उपाधि चुमेको हो । उपाधिसँगै स्याङजाले नगद १ लाख रुपैयाँ हात पारेको छ भने उपविजेता कास्कीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ...
जनप्रकाशमा ५२ युनिट रगत संकलन
पोखरा । जनप्रकाश बहुमुुखी क्याम्पस अल्मुनाइ एशोसिएसनद्वारा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आया्ेजना गरेको जनप्रकाश क्याम्पस अल्मुनाइ एशोसिएसनका अध्यक्ष पदम थापाले जानकारी दिनुुभयो । कार्यक्रमका प्रमुख अतिथि जनप्रकाश बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विजयराज भण्डारीले पहिलो रक्तदाता हरिश्चन्द्र पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन...