Main News 1

पोखरा महानगरको स्थापना दिवस भव्यताका साथ मनाइयो
पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवस भव्यताका साथ सम्पन्न भएको छ। महानगरपालिकाले नगर पञ्चायत स्थापनाको ६३ औँ र महानगरपालिका स्थापनाको सातौँ वार्षिक उत्सवका अवसरमा २६ जना कर्मचारीहरूलाई दीर्घ सेवा पदक समेत प्रदान गरेको छ। समारोहमा विभिन्न सम्मानहरू समेत प्रदान गरिएको छ। पोखरा महानगरपालिकाको नीति निर्माण तथा प्राविधिक विषयहरूमा सहयोग गर्ने नेपाल सहरी उत्थान परियोजना (सुदृढ), जग्गा...
रामचन्द्र पौडेल गणतन्त्र नेपालको चौथो राष्ट्रपति
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गणतन्त्र नेपालको चौथो राष्ट्रपति निर्वाचित भएका छन्। राष्ट्रपतिमा चौथो कार्यकालका लागि आज (बिहीबार) निर्वाचन भएको हो। राष्ट्रपतिको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गर्दै नेपालको नयाँ राष्ट्रपति निर्वाचित भएका हुन्। निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई १८ हजार २८४ मतभारले पराजित गर्दै वरिष्ठ नेता पौडेल...
आज फागु पूर्णिमा (होली) मनाइँदै
आज, फागुन शुक्ल पूर्णिमाको दिन, अर्थात विशेष महत्वको रंगीन पर्व फागु पूर्णिमा (होली)। आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेलेर फागु पर्व मनाइँदैछ। फागु पर्वका उपलक्ष्यमा परंपरादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ। नेपाल सरकारले आज (सोमबार) हिमाली तथा पहाडी जिल्लाहरुमा फागु पूर्णिमाको विदा दिएको छ। तराई क्षेत्रमा भने यो...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सफल
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सफल भएको छ। विमानस्थलमा बुधबार राति सौर्य एयरलाइन्सको जहाज काठमाडौँदेखि पोखरा अवतरण गरेको हो। उक्त जहाज राति ८ बजेर ४५ मिनेट पोखरा विमानस्थलमा अवतरण भएको हो। काठमाडौंदेखि ३३ जना यात्रु लिएर आएको जहाज पोखराबाट ४६ यात्रु लिएर फर्केको हो। फागुन ११ गतेदेखि पोखरा विमानस्थलमा आइएफआर प्रणाली लागू भएको छ। नेपाल...
दर्शकको मन जिते खेलाडी सधैँ बाँचि रहन्छ – मुख्यमन्त्री
पोखरा रंगशालामा मंगलबारदेखि पाँचौं सृजना कप सुरु भएको छ। प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रतियोगिता सफलताको शुभेक्षा व्यक्त गरे। छोटो मन्तव्यमा उनले खेलका नियम पालना गर्दै अनुशासित ढंगले प्रतियोगितामा भाग लिन आग्रह गरे।  उनले सम्पूर्ण दर्शकको मन जित्न सक्यो भने खेलाडी सदासदा बाँचिरहने बताए। ‘तपाईंहरु सबैले जित्नुहोस्,’ उनले भने, ‘पुरस्कार जित्ने एक...
जोमसोममा भएको तारा एअरको जहाज दुर्घटना सम्बन्धमा जाँच आयोग प्रतिवेदनले चालक दलको त्रुटि देखायो (रिपोर्ट सहित)
मुस्ताङको जोमसोममा दुर्घटनामा परेको तारा एअरको ट्वीनअटर जहाजमा चालक दलको त्रुटि भेटिएको दुर्घटना जाँच आयोगले जनाएको छ। आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसमक्ष पेस गरेको अन्तिम प्रतिवेदनमा यस्तो त्रुटि देखिएको हो। २०७९ साल जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ट्वीनअटर (एन–एइटीरडीएचसी ६–३०) जहाज दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित २२ जनाको...
आजदेखि लमजुङ, पर्वत र बागलुङलगायत १५ जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै
सरकारले आज (विहीबार) देखि लमजुङ, बागलुङ र पर्वतलगायतका १५ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधी खुवाउने अभियान सुरु गर्दैछ। २५ गतेसम्म १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु गरेको हो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार लमजुङ, पर्वत, बाग्लुङलगायत झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा यो अभियान सुरु हुनेछ।...
राष्ट्रिय सहमतिको राष्ट्रपति हुनुपर्छ: महासचिव गुरुङ
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रिय सहमति जुट्न सक्ने खालको व्यक्ति हुनुपर्नेमा जोड दिएका छन्। महासचिव गुरुङले राष्ट्रिय सहमति जुट्न सक्ने खालको व्यक्तिलाई नयाँ राष्ट्रपतिमा आफ्नो पार्टीले सहयोग गर्ने समेत स्पष्ट पारे। उनले नयाँ राष्ट्रपतिका लागि सबैले समर्थन गर्ने पात्रको खोजी भइरहेको खुलासा गरे। प्रेस सेन्टर कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले काँग्रेस...
केन्याका स्टेफन दोस्रो पटक पोखरा म्याराथन च्याम्पियन
केन्याका धावक स्टेफन कोसगेईले सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा दोस्रो पटक च्याम्पियन बनेका छन्। उनले आज (शनिबार) विहान पोखरामा भएको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको १७ औं सँस्करणको च्याम्पियन बनेसँगै दोस्रो पटक उपाधि हात पारेका हुन्। उनले १६ औं संस्करणमा पनि पहिलो सहभागिता जनाउँदै पहिलो पटक उपाधि उचालेका थिए। सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको १७ औं सँस्करणको उपाधि...
पोखरा महिला हाफ म्याराथनको उपाधिमा राजपुराको ह्याट्रिक
विभागीय नेपाल पुलिसकी राजपुरा पछाईले पोखरामा भएको १७ औं संस्करणको महिला हाफ म्याराथनको उपाधि जितेकी छिन्। महिलातर्फको हाफ म्याराथनको उपाधि उचाल्दै राजपुराले योसँगै पोखरामा ह्याट्रिकसमेत गरिन्। महिला हाफ म्याराथनमा ह्याट्रिक गर्ने राजपुरा पहिलो धाविका समेत बनिन्। राजपुराले २१ किमीको निर्धारित दूरी १ घण्टा २१ मिनेट ११ सेकेण्डमा पूरा गरिन्। गत वर्षको उनको समय १ घण्टा...