शनिबारदेखि चाडपर्व लक्षित सार्वजनिक यातायातको टिकट बुकिङ खुला

शनिबारदेखि चाडपर्व लक्षित सार्वजनिक यातायातको टिकट बुकिङ खुला

bus

काठमाडाै‌ ९ असोज । चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायतको अग्रिम टिकट बुकिङ आगामी शनिबारदेखि खुला गरिने भएको छ । यातायात व्यवस्था विभागको नेतृत्वमा बसेको बैठकले आगामी असोज १२ गते शनिबारदेखि टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

यस वर्षको दशैं तिहार र छठ पर्वमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने र काठमाडौं उपत्यका प्रवेश गर्दा यात्रा सहज र सुरक्षित बनाउने सम्बन्धमा आयोजित बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायीलगायत सरोकारवालाको उपस्थिति थियो ।

सडक विभाग अन्तर्गतका सबै सडक घटस्थापनाअघि नै मर्मतसम्भार गरी यातायात सञ्चालन गर्न सडक विभागलाई निर्देशन दिने निर्णय पनि भएको छ । छलफलमा यातायात व्यवसायीहरुले यात्रुको यात्रा सुरक्षित र सहज बनाउन यान्त्रिक परीक्षण गरी सम्बन्धित बसपार्कबाट गन्तव्यस्थलतर्फ जाने गरी व्यवस्थित गर्ने पनि निर्णय भएको छ । विभागलाई यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनको विषयमा तत्काल गर्न सकिने विषयहरुको सम्बोधन गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

यातायात व्यवस्थापनसँग सम्बद्ध अदालतबाट भएका आदेश र फैसला कार्यान्वयनका लागि एक महिनाभित्र कार्ययोजना तयार गरी पेश गर्न पनि विभागलाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया

भर्खरै