Breaking 2

शान्ति निकेतनले १५ करोड लागतमा सुविधासम्पन्न भवन बनाउँदै
पोखरा । पोखरा वडा नं. ५, पर्स्याङस्थित शान्ति निकेतन स्कूलले सुविधासम्पन्न भवन निर्माण गर्ने भएको छ । आफ्नै जग्गामा १५ करोड लागतमा अत्याधुनिक प्रविधिमैत्री भवन निर्माण गर्न लागेको विद्यालयले जानकारी दिएको छ । ६० करोड बजार मूल्यको जग्गामा बन्ने ५ तले भवनमा ४० कोठा रहनेछ । उक्त भवनको विद्यालयका संस्थापक प्राचार्य डा.महेश्वर पराजुली, वडाध्यक्ष विष्णुप्रसाद...
समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री
काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तव्य प्राप्त गर्न सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक भएको बताउनुुभएको छ । नयाँ वर्ष २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि, प्रगति, सफलता र नयाँ उत्साह पैदा गरोस् भन्ने कामना गर्दै अनेकौं कठिनाइका बाबजुद...
केपी ओली कप क्रिकेटमा हिमाल फ्रेन्ड्स सेमिफाइनलमा
पोखरा । केपी ओली कप टी २० खुल्ला राष्ट्रिय क्लब स्तरीय क्रिकेट प्रतियोगितामा हिमाल फ्रेन्डस सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘सी’ को अन्तिम खेल वर्षाका कारण रोकिएपछि हिमाल फ्रेन्ड्सले डकवर्थ लुइस स्टर्न मेथड (डिएलएस) को आधारमा ३ रनले मधेश प्रदेशलाई हराउँदै समूह विजेता बन्न सफल भएको हो । चार टिम रहेको समूह ‘सी’ को...
कास्की रेडक्रसले पायो पहिलो पटक महिला सभापति
पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्कीको सभापतिमा उर्मिला खड्का भण्डारी निर्वाचित हुनुभएको छ । १७ औँ जिल्ला अधिवेशनबाट सभापति निर्वाचित भएर उहाँले पहिलो महिला सभापतिको इतिहास बनाउन सफलहुनुभएको छ । उहाँले प्रतिष्पर्धी कृष्ण तिमिल्सेनालाई १ मतले पराजित गरी विजयी हुनुभएको हो । उर्मिलाले १ सय २७ मत ल्याउँदा तिमिल्सेनाले १ सय २६ मत पाउनुभएको निर्वाचन...
 जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँतने भ्रम पाल्नु हुँदैन : प्रधानमन्त्री ओली
झापा  । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ठुला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको बताउनुभएको छ । नेकपा (एमाले) को झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका नाममा तमासा (स्टन्ट) गर्नेहरुले ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउँन खोजे...
पोखरामा सवा अर्ब लगानीमा टेम्पल बेल बुटिक होटल
पोखरा ।  पर्यटन राजधानी पोखराको लेकसाइडमा रु एक अर्ब २५ करोड लगानीमा ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रालि’ सञ्चालनमा आएको छ । पर्यटन व्यवसायी विश्वराज पौडेल र भीष्मराज पौडेल नेतृत्वको चिल्ली ग्रुपले होटल सञ्चालनमा ल्याएको हो । नेपाली मौलिकता र अन्तरराष्ट्रिय स्तरको सुविधासहितको होटल ‘बुटिक’ अवधारणामा निर्माण गरिएको होटलका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिनुभयो...
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १२ लाख २९ हजार बचत
पोखरा । पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट १२ लाख २९ हजार ५ सय ११ रुपियाँ बचत भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरेको हो । गत फागनु ३ गते भएको १९ औँ संस्करणको पोखरा म्याराथनमा .९३ लाख ७० हजार ६ सय ८९ रुपियाँ आम्दानी र ८१ लाख ४१ हजार १...
माछापुच्छ्रेको ल्वाङ गाउँमा ३१ औं चैते दशैं मेला
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ८ स्थित पर्यटकीय ल्वाङ गाउँमा ऐतिहासिक ३१ औं चैते दशैं मेला आजदेखि सुरु भएको छ । चैत्र दशैं मेलाको निकाश, पर्यटन संस्कृति र ग्रामिण पर्यटनको विकास’ भन्ने नाराका साथ स्थानीय ग्रिन हिल क्लबको आयोजनामा सुरु मेलाको एक कार्यक्रमका बीच गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री...
पोखराको हेम्जामा आजदेखि आलु महोत्सव
पोखरा । १३ औं संस्करणको राष्ट्रिय हेम्जा आलु महोत्सव आजदेखि सुरु हुँदैछ । आलु महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक विष्णुपादुका क्लबका अध्यक्षसमेत रहनुभएका मूल आयोजक समितिका संयोजक वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो। ‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ संचालन हुन...
केपी ओली क्रिकेट कपमा स्याङ्जा र काठमाडौको विजयी सुरुवात
पोखरा । पोखरामा शनिबारदेखि सुरु भएको केपी ओली कप टि–२० राष्ट्रिय खुल्ला पुरुष क्रिकेटमा स्याङ्जा र काठमाडौं विजयी भएका छन् । पहिलो खेलमा स्याङ्जा क्रिकेट क्लबले पोखरा महानगर क्रिकेट क्लबलाई २३ रनले हराएको हो । १ सय ६२ रनको लक्ष्य पाएको स्याङ्जाले १ सय ३८ रनमा पोखरालाई रोकेर विजयी सुरुवात गरेहो हो । पोखराले २०...