Breaking 2

पोखरा ३१ द्वारा किसानलाई लहरे बालीको बीउ वितरण
पोखरा ।पोखरा महानगरपालिका वडा नम्बर ३१ को कार्यलयले कृषकहरुलाई लहरे बालीको बीउ बितरण गरेको छ ।कार्यलयले सोमबार एक कार्यक्रमको आयोजना गरि पोखरा महानगरपालिका वडा नम्बर ३१ को कृषि संजाल मार्फत वडा भित्र रहेका किसानहरुलाई लहरे तरकारी बालीको बिउ हस्तान्तरण हो । कार्यक्रममा वडा नम्बर ३१ मा रहेका ४८ वटा आमा समुह, टोल बिकास संस्था र...
वातावरण संरक्षाणमा जागरुक गराउन पोखरामा फोहोर संकलन दौड
पोखरा । पोखरामा शनिबार फोहोर संकलन दौड प्रतियोगिता भएको छ । “स्वच्छ देश, हाम्रो परिवेश” भन्ने नाराका साथ फोहोर संकलन दौड गरिएको हो । मैनादेवी फाउन्डेसनको आयोजना तथा पोखरा महानगरपालिका, प्रतिभा मावि, टार्गेट एजुकेसनल कन्सल्टेन्सी लगायत विभिन्न संघ संस्थाको सहकार्यमा भएको दौडको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुभयो । उहाँले दौडको शुभारम्भ गर्दै यो दौडले...
नयाँ वर्षको स्वागतका लागि फेवा महोत्सवको तयारी
पोखरा। नयाँ बर्षको स्वागतका लागि २० औं पटक आयोजना गर्न लागिएको फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ । होटल संघ पोखरा नेपालले आगामी चैत ३० देखि वैशाख १ गते सम्म स्थानीय लेकसाइडमा यो महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवलाई व्यवस्थित र सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरी काम अगाडि बढाइएको महोत्सवका संयोजक...
मानव अधिकार उल्लङ्घनका घटनामा ५ सय ४ पीडित : इन्सेक
पोखरा । गण्डकी प्रदेशमा सन २०२४ मा मानव अधिकार उल्लङ्घनका घटनामा ५ सय ४ जना पीडित भएका छन् । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को सन्दर्भमा पोखरामा आयोजित पत्रकार सम्मेलनमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले दिएको जानकारी अनुसार मानव अधिकार उल्लङ्घनका घटनामा ४ सय २९ जना महिला पीडित भएका हुन् । इन्सेक गण्डकी...
न्युयोर्कलाई कर्मथलो बनाउदै आईरहेका प्रेम सेन्चुरीले ल्याए “माया सारिदेऊ” (भिडियो सहित)
न्युयोर्क । अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाउदै आईरहेका  गायक प्रेम सेन्चुरी र गायिका संजिता बरालको स्वरमा रहेको “माया सारिदेऊ”को बोलको गितकाे भिडियो सार्बजनिक भएको छ । बिगत साढे एक दशक देखि न्युयोर्कलाई कर्मथलो बनाउदै आईरहेका गायक प्रेम सेन्चुरीले प्रवासबाटै “माया सारिदेउ” बोलको भिडियो सार्बजनिक गरेका हुन् । राजु सिंहको संगित, डिपी खनालको शब्द र बिमल बुढाथोकीको...
बेलुन पड्किदा अर्थ मन्त्री विष्णु पौडेल र पोखरा नगरप्रमुख आचार्य घाइते
पोखरा ।  पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन उडाउने क्रममा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्य घाइते हुनुभएको छ । पोखरा भ्रमण वर्ष लेखिएको ब्यानरसहितको बेलुन उडाउने क्रममा शनिबार दिउँसो बेलुन पड्किएको हो । सवा १ बजेतिर बेलुन पड्किदा नगर प्रमुख आचार्यको गालामा चोट लागेको छ भने उपप्रधानमन्त्री पौडेलको टाउको र...
पाेखरा भ्रमण वर्ष २०२५ आज घोषणा गरिँदै
पोखरा । पोखरा पर्यटन भ्रमण वर्ष २०२५ आज घोषणा गरिँदै छ । पर्यटकीय राजधानी घोषणा भएको एक वर्ष पुग्न लाग्दा भ्रमण वर्ष मनाउने तयारी गरिएको हो । पोखराको प्रदर्शनी केन्द्रमा आयोजित विशेष समारोहमा भ्रमण वर्ष घोषणा गर्न लागिएको हो । पोखरामा २०  लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष मनाउने तयारी भएको हाे  । सरकारले...
गण्डकी  र काेशीमा माैसम आंशिक बदली हुने अनुमान
पोखरा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली...
ब्ल्याक बुल्सले आहा राराको फाइनलमा पुलिससँग भिड्ने
पोखरा । उज्बेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब आहा रारा पोखरा गोल्ड कपको फाइलनमा प्रवेश गरेको छ । २४ औँ संस्करणको आहा रारा गोल्ड कपको बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा थ्रीस्टार क्लबलाई ४—० को फराकिलो गोल अन्तरले पराजित गरी बुल्स फाइनल पुगेको हो । ब्ल्याक बुल्सलाई जित दिलाउन साट्टोरोभले २ गोल र ओरिफजोनोभ, डाभ्लाट्जोनभले एक÷एक गोलको...
आहारारा गोल्ड कपमा चर्च ब्वाइज सेमिफाइनलमा
पोखरा । साविक विजेता त्रिभुवन आर्मी क्लब आहारारा पोखरा गोल्ड कपको २४ औँ संस्करणबाट बाहिरिएको छ ।पोखरा रङ्गशालामा सोमबार भएको खेलमा निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै चर्च ब्बाइज क्लबले आर्मीलाई पाखा लगाएको हो । वैकल्पिक खेलाडीको रुपमा खेलको २५ औँ मिनेटमा मैदान प्रवेश गरेका राजले भुसालले ९० औँ मिनेटमा गोल गरेर टोलीलाई सेमिफाइनल पु¥याउनुभयो...