Breaking 2

समाजिक सञ्जाललाई व्यवस्थित गर्ने कानुन बन्दैछ : सञ्चार मन्त्री गुरुङ
पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नका लागि नियमन गर्ने कानुन निर्माणको काम भइरहेको बताएका छन् । सार्वजनिक सेवा प्रसारण, रेडियो नेपालले बुधबार पोखरामा आयोजना गरेको ‘राष्ट्र भाषाको समाचार तथा कार्यक्रम प्रसारणको सवाल र प्रदेश सरकारको भूमिका’ विषयक अन्तक्र्रियामा मन्त्री गुरुङले सामाजिक सञ्जालमा धेरै नै अराजकता रहेकाले त्यसलाई...
संरक्षित बन्यजन्तु घोरलको सिङसहित एक विदेशी नागरिक पक्राउ
पोखरा । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट संरक्षित बन्यजन्तु घोरलको सिङसहित एक विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक प्रस्थान गेटमा रहेको एक्सरे मेसिनमा युक्रेनका नागरिक २१ वर्षिय पीलीप जील्को भीस्कीको निलो झोला चेकजाँच गर्ने क्रममा संरक्षित बन्यजन्तु घोरलको सिङ फेला पारेको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । घोरलको सिङसहित...
प्रेम–शान्ति आख्यान सम्मान तथा पुरस्कारबाट साहित्यकार समीपलाई सम्मान गरिने
पोखरा । साहित्यकार दीपक समीपलाई ‘प्रेम–शान्ति आख्यान पुरस्कार २०८१’ प्रदान गरिने भएको छ । नेपाली साहित्यको उन्नयनमा विशेष योगदानपुर्‍याएको भन्दै लमजुङ–पोखरा सम्पर्क समितिले लमजुङे स्रष्टा समीपलाई सो पुरस्कार अर्पण गर्न लागेको हो । लमजुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाउँदै आएका साहित्यकार दीपक समीप चालिसको दशकको अन्त्यदेखि नेपाली साहित्यमा लागिपरेका हुन् । हालसम्म उनको भूगोलभित्र नकोरिएको देश...
रवि लामिछानेलाई १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलामिछानेलाई १५ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । न्यायाधीश भीमलाल बेलबासेको इजलासले रविलाई १५ दिन हिरासतमा राख्द्यन अनुमति दिएको हो । लामिछानेलाई कात्तिक २५ गते १३ दिन म्याद थप भएको थियो । लामिछाने माथि सहकारी ठगीसँगै संगठित अपराध...
पोखरा ढुङगेसाँघुमा हुने कोटीहोमको तयारी अन्तिम चरणमा
पोखरा । पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा हुने गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाममा यही मंसिर १७ देखी २७ गतेसम्म  कोटिहोम गर्न लागिएको हो  । पट्नेरी शुक्लागण्डकी (सेती नदी) को तटमा आयोजना गरिएको कोटिहोम स्थलमा आवश्यक भौतिक संरचना निर्माण गरी तयारी अवस्थामा राखिएको...
पृथ्वी राजमार्गको मुग्लिन– पोखरा सडकको पूर्वी खण्डमा ६८ प्रतिशत काम पूरा
तनहुँ ।  पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत पूर्वी खण्डमा कालोपत्र भइरहेको छ । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्रसय खण्डमा कालोपत्र जारी रहेको हो । मुग्लिन– पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यसअघि एक तहको कालोपत्र भइसकेको स्थानमा अन्तिम चरणको कालोपत्र थालिएको हो । हालसम्म दुई दशमलव चार किलोमिटर कालोपत्र सकिएको छ...
लोक संगीतका शिखर व्यक्तित्व झलकमानको आज स्मृति दिवस
पोखरा । नेपाली लोक संगीतका शिखर व्यक्तित्व झलकमान गन्धर्वको आज स्मृति दिवस । उनको ६८ वर्षको उमेरमा २०६० मंसिर ६ गते काठमाडौमा निधन भएको थियो । पर्यटनको राजधानी सहर पोखरास्थित बाटुलेचौरको एउटा विपन्न गरिब गन्धर्व परिवारमा विसं. १९९२ साल वैशाख १२ गते उनको जन्म भएको हो । ९ वर्षको बाल्यकालदेखि नै सारंगी बजाउन जानिसकेका झलकमान...
कर सचेतना कार्यक्रम
‘नेपालको कर प्रणाली स्वंय घोषणामा आधारित’
पोखरा । आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले नेपालको कर प्रणालीले स्वयं घोषणमा आधारित रहेकोले छलपकट गर्नेलाई बढी दण्डको भागीदार बनाइएको बताएका छन् । ‘हाम्रो कर प्रणालीमा राजश्व कार्यालयले कर निर्धारण गर्दैन, करदाता स्वयंले आफ्नो कर घोषणा गर्ने हो, त्यस्तोमा व्यक्ति इमान्दार हुनुपर्छ,‘उनले भने,‘व्यक्तिले गलत नगरोस् भन्ने हेतुले नै हाम्रो कर प्रणालीले...
पोखराको स्टेप बाइ स्टेप माविमा खेलकुद प्रतियोगिता सुरु 
पोखरा । पोखराको मासबारमा रहेको स्टेप बाइ स्टेप माविमा शैक्षिक सत्र २०८१ को वार्षिक खेलकुद प्रतियोगिता आजदेखि सुरु भएको छ । विद्यालयका संस्थापक निर्देशक रमाकान्त बराल, सहप्रचार्य दीपक गिरी र विद्यालयका कोअर्डिनेटर सूर्यप्रसाद लम्सालले ब्यानरमा हस्ताक्षर गरी बेलुन उडाएर ३ दिने खेलकुद प्रतियोगिताको उद्घाटन गरेका थिए । बुधबार  सिनियर छात्र फुटबलमा मार्कोनी हाउस प्रथम भएको...
प्रदेश लोक सेवाको स्थायी नियुक्ति खारेज गर्ने निर्णय यथास्थितिमा राख्न अदालतको अन्तरिम आदेश
पोखरा । पोखरा महानगरपालिकाले स्थायी गरेका करारका १ सय २९ जना कर्मचारीको नियुक्ति बदर गर्ने गण्डकी प्रदेश लोक सेवा आयोगको निर्णयमा उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पोखरामा परेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशहरु सुदर्शनराज पाण्डे र मेरिना श्रेष्ठको इजलासले मुद्दा किनारा नलाग्दासम्मका लागि लोकसेवाको उक्त निर्णय र पत्र कार्यान्वयन नगरी...