पोखरा । मानवीय र प्राकृतिक अतिक्रमणको चपेटामा परेको फेवाको मापदण्ड कायम गर्न ताल किनारको उच्च विन्दुमा पोल गाडिँदै छ । सर्वोच्च अदालतको आदेश अनुसार पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र नेपाल सरकारको संयुक्त पहलमा तालको किनार (तालघर)मा सोमबारसम्म २७ पोल गाडिएका छन् । बर्खामा पानीको सतह उच्च हुँदा हुने तालको किनारा र क्षेत्रफल करिब डेड...