Breaking 2

देशभर मनसुन सक्रिय, पाेखरामा बिहानदेखि भारी वर्षा
पोखरा । मनसुन सक्रिय बनेपिछ देशका अअिका‌श भागमा आज बिहानै देखि वर्षा भएको छ ।   मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान वरपर छ भने पश्चिममा सरदरभन्दा केही उत्तरतिर अर्थात् नेपालतिर रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । बिहानदेखि पाेखरासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार केही...
पोखरामा पनि सेनाको गस्ती सुरु, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह
पोखरा । पोखराका सडकहरुमा नेपाली सेनाले गस्ती सुरु गरेको छ । मंगलबार भएको जेन–जी आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन् । सेनाले सर्वसाधरणलाई विना काम बाहिर ननिस्कन आग्रह गरेको छ । अत्यावश्यक काम बाहेक घरबाहिर नजान सेनाले आग्रंह गरेको हो । जेनजीको आन्दोलनका क्रममा मंगलबार पोखरामा...
राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न पाँचजना पक्राउ, सेना खटियाे सडकमा
काठमाडौं । नेपाली सेनाले राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट गर्ने पाँचजनालाई पक्राउ गरेको छ । हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौंको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ । उनीहरू मंगलबार (भदौ २४) बैंक लुटपाटमा संलग्न भएका थिए । म‌ंगलबार राति १० बजेदेखि नेपाली सेना खटिएको छ ।
पोखराको बुलौदीमा रहेको इभेन्ट सेन्टरमा आगजनी
पोखरा । पोखरा बुलौंदीस्थित पोखरा इभेन्ट सेन्टरमा आगजनी भएको छ । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरुले इभेन्ट सेन्टरमा आगजनी गरेका हुन् । अहिले काठमाडौं, पोखरा लगायत देशका विभिन्न ठूला शहरहरुमा प्रदर्शन भइरहेको छ । शीर्ष नेतका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा प्रदर्शनकारीहरूले लगातार ढुंगामुढा गरिरहेका छन् ।
आन्दोलनको दबाबपछि सामाजिक सञ्जालमा लगाएकाे प्रतिबन्ध सरकारले हटायो 
काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले अब सामाजिक सञ्जालहरू पुनः सञ्चालनमा आइसकेको जानकारी दिएका छन् । उनका अनुसार सरकारलाई सामाजिक सञ्जाल बन्द गरेकोमा कुनै पश्चाताप छैन । तर यही विषयलाई आधार बनाएर आन्दोलन चर्किएपछि निर्णय फिर्ता...
जेन जी प्रदर्शनकारीले गरे गण्डकीको मुख्यमन्त्री कार्यालयमा तोडफोडको प्रयास
पोखरा । ‘जेन जी’ प्रदर्शनकारीले पोखरा-७ मा रहेको गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा तोडफोडसहित आगजनीको प्रयास गरेका छन् । सोमबार सभागृह चोकमा भएको प्रदर्शनपछि गएका प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयमा ढुङ्गामुढा गरेका हुन् । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीका फोहोरा प्रहार गरेको थियो । प्रदर्शनकारीले सरकारद्वारा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयदेखि भ्रस्टाचारसम्मका विषयमा आवाज उठाएका छन् ।...
पर्वतीय दौडलाई सफल पार्न पर्यटन व्यवसायीले सहयोग गर्ने
पोखरा । विश्व पर्यटन दिवसको अवसरमा आयोजना हुने दोस्रो पुम्दीभुम्दी पर्वतीय दौड प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न पर्यटन व्यवसायीहरूले प्रभावकारी ढंगले सहयोग गर्ने बताउनु भएको छ । पोखरा प्रबद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा यही असोज ४ गते पोखरामा आयोजना हुन लागेको प्रतियोगिताबारे शनिवार पोखरामा आयोजित छलफल कार्यक्रममा पर्यटन व्यवसायीहरूले प्रभावकारी ढंगबाट सहयोग गर्ने वचन...
अपांगता भएकालाई सक्षम बनाउन जरूरीः प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अपांगता भएका व्यक्तिहरुलाई सक्षम बनाउन जरुरी रहेको बताउनुभएको छ । उनीहरुलाई रोजगारी प्रदान गरी सहज जीवनयापनका लागि सक्षम बनाउनु आजको मुख्य दायित्व रहेको उहाँको भनाई छ । नेपाल दृष्टिविहीन कल्याण संघको पोखरामा शनिबार भएको ३८ औं केन्द्रीय वार्षिक साधारणसभाको उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका...
गण्डकी प्रदेश दीर्घकालीन पुनर्स्थापना केन्द्र सञ्चालनका लागि सम्झौता
पोखरा । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र कोपिला नेपाल, पोखरा–६ बीच गण्डकी प्रदेश दीर्घकालीन पुनस्र्थापना केन्द्र सञ्चालनका लागि सम्झौता भएको छ। सम्झौतामा मन्त्रालयका महाशाखा प्रमुख प्रकाशचन्द्र ढुङ्गाना र कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवालले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार कोपिला नेपालले “गण्डकी प्रदेश दीर्घकालीन पुनस्र्थापना केन्द्र सञ्चालन (प्रथम संशोधन), कार्यविधि २०८२” बमोजिम घरेलु...
कस्ताे छ आजको माैसम
पोखरा । अहिले मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा...