पोखरामा लागु औषधसहित ५ जना पक्राउ

पोखरामा लागु औषधसहित ५ जना पक्राउ

२२ copy (1)

पोखरा । पोखरामा लागु औषध कारोबारमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्काला प्रहरी कार्यालय कास्कीको संयुक्त अपरेशनमा उनीहरू पक्राउ परेका हुन्।

प्रहरीका अनुसार, साउन ११ गते साँझ ५:३० बजे पोखरा महानगरपालिका–२७ शिशुवा स्थित पृथ्वी राजमार्गमा सवारी साधन चेकजाँचका क्रममा पोखरातर्फ आउँदै गरेको एक यात्रुबसबाट तीन जना व्यक्तिलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा तनहुँ म्याग्दे गाउँपालिका–१ गुणादीका ३८ वर्षीय कमल थापा, धादिङ स्थायी घर भई हाल पोखरा–१४ चाउथे बस्ने ३१ वर्षीय राजन क्षेत्री, र मोरङ सुन्दरहरैचा नगरपालिका–६ का ४२ वर्षीय सत्य नारायण चौधरी रहेका छन्। उनीहरूको शरीर खानतलासी गर्दा लुकाई राखिएको लागू औषध ब्राउन सुगर जस्तो देखिने ४ ग्राम ३०० मिलिग्राम पदार्थ र ३ थान मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको छ।

यसैगरी सोही दिन दिउँसो ३ बजे पोखरा महानगरपालिका–७ धारापानीमा लागू औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ब्यूरो र बैदाम प्रहरीको संयुक्त टोली खटिएको थियो। उक्त स्थानबाट नुवाकोट बिदुर नगरपालिका–९ स्थायी घर भई हाल पोखरा–७ घारिपाटन बस्ने ३१ वर्षीय रबि मिजार र सोही स्थानका २० वर्षीय भुपेन्द्र बिक पक्राउ परेका छन्।

उनीहरूको कोठाबाट लागू औषध ब्रुफिनर्फिन ४६ एम्पुल, डाइजापाम ४६ एम्पुल, फेनेरागन ४७ एम्पुल गरी जम्मा १३९ एम्पुल लागू औषध र १ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबै विरुद्ध लागू औषध सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds