Breaking 2

कान्छा न्यायाधीश राईको इजलासमा रवि लामिछानेको मुद्दा
पोखरा । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ मुद्दा लागेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश नीतिज राईको इजलासमा परेको छ । कुन मुद्दा कुन इजलासमा पर्ने भन्ने अदालतमा गोलाप्रथाद्वारा निर्धारण गरिन्छ । सोमबार गोलाप्रथा गर्दा लामिछानेको मुद्दा राईको इजलासमा परेको थियो । रविविरुद्धको मुद्दामा अदालतमा बयान सुरु भएको छ...
सिताराम केसी स्मृति पार्क निर्माणका लागि केसी परिवारद्वारा साढे २ रोपनी जग्गा सहयोग
७ पुष,पोखरा पोखरा–१५ मितेरी टोलमा समाजसेवी स्व.सिताराम केसीको स्मृतीमा पार्क बन्ने भएको छ । उक्त पार्क मितेरी टोल विकास संस्थाको स्वामित्वमा रहने जनाइएको छ । संस्थालाई पार्क निर्माण तथा सोही स्थानमा निर्मित बहुउद्येश्यीय सामुदायीक भवनका लागि लागि स्व.केसीको परिवारले साढे २ रोपनी जग्गा उपलब्ध गराएको हो । स्व.केसीका धर्मपत्नी प्रेमकुमारी केसीले एक समारोहका विच उक्त...
गण्डकीमा सफा, काेशीमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं ।  कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । सो प्रदेशमा राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा फाटफुटदेखि हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले...
यस्तो छ आज लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
काठमाडौ‌ ।  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलर, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनारको मूल्य बढेको छ । यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन, स्वीडिस क्रोनरको मूल्य...
हरिचोक–याम्दी सडक स्तरोन्नतिको काम तीव्र गतिमा
पोखरा ।  राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ । हाल कालोपत्रका लागि पूर्वाधार तयारीको काम पूरा भएको छ । करिब दुई हजार दुई सय मिटर दूरीको उक्त सडक समयमा कालोपत्र नहुँदा जनगुनासो बढेको थियो । पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयका इन्जिनियर किरण सुवेदीले जनगुनासो सम्बोधनका लागि स्तरोन्नतिका काम...
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पोखरामा
पोखरा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज दिउँसो पोखरा आएकी छन् । उनी त्रिभुवन विश्वविद्यालय र चिनको सिचुवान विश्वविद्यालयको संयुक्त कार्यक्रममा सहभागी हुन पोखरा आएकी हुन् । उनले आज पोखरा २२ स्थित पुम्दीभुम्दीमा रहेको शिव मूर्तिको अवलोकन गरेकी छन् ।भण्डारी त्यहाँ पुग्दा स्थानीयले भजन चुट्कासहित स्वागत गरेका थिए । उनले शिव मन्दिर वरिपरि अवलोकन गरेकी थिइन्...
एनपिएल विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने
काठमाडौं ।  पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको उपाधि विजेता टोलीले रू एक करोड १० लाख पुरस्कार प्राप्त गर्ने भएको छ । यही पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले रू ५१ लाख प्राप्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो । उहाँका अनुसार...
पोखरा महानगरपालिकामा १ हजार १ सय ९१ दरबन्दी कायम
पा्ेखरा । पोखरा महानगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधिले ६ वटा एजेन्डा राखि माग गरेको पोखरा महानगरपालिकाको विशेष नगरसभाले महानगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) प्रतिवेदन २०८१ सर्वसम्मतिले पारित गरेको छ । नेकपा एमाले र नेपाली कांग्रेसका जनप्रतिनिधिबीच भएको सहमति अनुसार नै नगर सभाले उक्त प्रतिवेदनलाई पारित गरेको वडा नम्बर ५ का अध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए...
लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै
काठमाडौं ।  प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रुपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात  गरेका थिए । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहनुभएका तत्कालीन प्रधानमन्त्री...
एनपिएलमा पोखरालाई पाँच रनले हराउँदै सुदूरपश्चिम प्लेअफमा
काठमाडौ‌ ।  प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई पाँच रनले हराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सुदूरपश्चिमले दिएकोे एक सय ५४ रन लक्ष्य पछ्याएको पोखराले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४८ रनमा समेटियो । पोखराका लागि एन्ड्रिज गौसले सर्वाधिक ३६ रन बनाए । उनले...