Breaking 2

पोखरामा प्रचण्ड कप भलिबल हुने
नेसनल स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरामा ‘प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ हुने भएको छ । अखिल नेपाल खेलकुद महासङ्घको सहआयोजनामा हुने प्रतियोगिता जेठ २७ देखि ३१ सम्म पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा हुनेछ । बुधबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिइएको हो । प्रतियोगितामा राष्ट्रिय स्तरका छ प्रमुख महिला टिमको सहभागिता रहने अखिल नेपाल खेलकुद...
फेवाताल किनारमा गाडिए २७ पोल
पोखरा ।  मानवीय र प्राकृतिक  अतिक्रमणको चपेटामा परेको फेवाको मापदण्ड कायम गर्न ताल किनारको उच्च विन्दुमा पोल गाडिँदै छ । सर्वोच्च अदालतको आदेश अनुसार पोखरा महानगरपालिका, गण्डकी  प्रदेश सरकार र नेपाल सरकारको संयुक्त पहलमा तालको किनार (तालघर)मा सोमबारसम्म २७ पोल गाडिएका छन् । बर्खामा पानीको सतह उच्च हुँदा हुने तालको किनारा र क्षेत्रफल करिब डेड...
फेवातालको सिमाना (तालघर) मा शनिबारदेखि पिल्लरहरु गाडिने
पोखरा । फेवातालको सिमाना (तालघर) मा शनिवारदेखि पिल्लरहरु गाडिने भएका छन् । फेवाताल सम्बन्धमा सर्वोच्च अदालतको पछिल्लो फैसला कार्यान्वयनका लागि गठित फैसला कार्यान्वयन सहजीकरण समितिले तालघरमा पिल्लरहरु गाड्ने बताएको हो । पोखरामा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक समेत रहनुभएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शनिबारदेखि नै तीन तहका सरकारको उपस्थितिमा फेवातालको चारैतिर पिल्लरहरु गाड्ने बताउनुभयो । “पहिलो...
गणतन्त्रका सुन्दर पक्षमाथि प्रहार गर्न खोजियो : मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुशासन, विकास र समुन्नती आजको मुख्य एजेन्डा भएको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयले बिहीबार पोखरामा आयोजना गरेको कार्यक्रममा उहाँले गणतन्त्र स्थापनासँगै राजनीतिक लक्ष्य प्राप्त भएकाले अब सुशासन, विकास र समृद्धि आजको आवश्यकता भएको बताउनुभयो । सुशासन, विकास र समृद्धिलाई मार्गदर्शक सिद्धान्त...
पर्यटन बोर्ड गण्डकीको आयोजनामा पोखरामा डुंगा दौड हुँदै
पोखरा । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजनामा पोखराको फेवातालमा राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगिता हुने भएको छ । फेवा डुंगा व्यवसायी संगठनको व्यवस्थानमा आगामी जेष्ठ १८ गते उक्त प्रतियोगिता हुन लागेको पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महिला तथा पुरुषतर्फ खुल्ला रुपमा यो प्रतियोगिता सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । फेवातालका...
बुटवलमा दुई बच्चासहित आमाको हत्या
बुटवल । बुटवल उपमहानगरपालिका ११ होराइजन चोकस्थित मिलीजुली पथमा एक आमा सहित दुई बच्चाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार आज बिहान करिब ४ बजेतिर हत्याको घटना भएको हो । प्रहरीले सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी ती महिलालाई उनकै पूर्व श्रीमानले बुधवार बिहान ४ बजेतिर हत्या...
पिएम एनभिए भलिबलमा गण्डकी र हेल्प नेपाल अपराजित
पोखरा । प्रधानमन्त्री कप एनभिए भलिबलमा पुरुषतर्फ गण्डकी प्रंदेश र टिप टप हेल्प नेपालले आफ्नो अपराजित यात्रालाई कायम राखेका छन् । नेपाल भलिबलको संघको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यिय कभर्ड हलमा नेपाल भलिबलको संघको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा गण्डकीले सुदुरपश्चिमलाई र हेल्प नेपालले मणिमुकुन्द क्लबलाई हराउँदै जितलाई कायम राखेको हुन । गण्डकीले सुदूरपश्चिम...
पोखरा १७ मा आमाहरुले लिए मादल बजाउने तालिम
पोखरा । आमा समूहको आयआर्जनको मुख्य स्रोत टोल छिमेकमा खुशियालीमा प्रस्तुत गरिने सांस्कृतिक कार्यक्रम हो । जुन कार्यक्रमका लागि पहिलो वाद्ययवादको साधन भनेको मादल हो ।उक्त आवश्यकतालाई मध्येनजर गर्दै पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटनस्थित शुभकामना आमा समुहले आप्mना सदस्यका लागि पन्ध्रदिने मादल बजाउने तालिम सम्पन्न गरेको छ । रातोपैह्रास्थित समुहको बहुद्देश्यीय सभा हलमा सञ्चालित...
पिएम कप भलिबल
महिलातर्फ एपिएफ, पुलिस र डायमन्डको दोस्रो जित
पोखरा । पोखरामा जारी नवौँ प्रधानमन्त्री एनभिए कप भलिबलमा विभागीय टोली एपपिएफले महिलातर्फ दोस्रो जित निकालेको छ । पोखरा रङ्गशालाको कभर्ड हलमा शनिबार भएको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । एपीएफले २५–७, २५–२३ र २५–२० ले खेल आफ्नो पक्षमा पारेको हो । एपिएफले पहिलो खेलमा कर्णाली प्रदेशलाई गराएको थियो ।आर्मीको...
आज र भाेलि पोखरामा गाउँ पर्यटन मेला 
पोखरा । पोखरामा आज र भाेलि तेस्रो गाउँ पर्यटन मेला हुँदै छ । गाउँमा रहेका पर्यटन व्यवसायीलाई बजार सम्म जोड्ने प्रयत्न गर्दै गाउँ पर्यटन प्रर्वद्धन तथा बजारीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो । गाउँमा नै आयका अवसरहरु सिर्जना गरी युवा पलायन रोक्न पहल गर्ने र विदेशी पर्यटकहरुलाई समेत गाउँ गाउँमा रहेका पर्यटकीय...