Breaking 2

पोखरामा गाउँ पर्यटन मार्ट हुने 
पोखरा । पोखरामा आगामी जेठ ९ र १० गते  तेस्रो गाउँ पर्यटन मेला हुने भएको छ । गाउँमा रहेका पर्यटन व्यवसायीलाई बजार सम्म जोड्ने प्रयत्न गर्दै गाउँ पर्यटन प्रर्वद्धन तथा बजारीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । गाउँमा नै आयका अवसरहरु सिर्जना गरी युवा पलायन रोक्न...
एमाले कास्कीले गर्‍याे ३५० ज्येष्ठ कम्युनिस्टलाई सम्मान
नेपालको कम्युनिस्ट आन्दोलनमा योगदान पुर्‍याएका ३ सय ५० ज्येष्ठ कम्युनिस्टलाई नेकपा (एमाले) जिल्ला कमिटी कास्कीले शनिबार एक साथ सम्मान गरेको छ । ३२ औं मदन आश्रित स्मृति दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा ज्येष्ठ कम्युनिस्ट मञ्चमा मनोनित सदस्यलाई खादा लगाएर सम्मानपत्र प्रदान गरेको अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले जानकारी दिए । वर्तमान परिस्थितिमा जनताको बहुदलीय जनवाद विषयक...
पोखराको लामेआहाल दुर्घटनामा तीन जनाको मृत्यु
पोखरा । पोखरा महानगरपालिका – ३२ लामेआहालमा बुधबार दिउँसो भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । काठमाडौँबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० नम्बरको माइक्रोबस दिउँसो साढे ३ बजेतिर दुर्घटना हुँदा घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कस्कीकी प्रमुख शोभा पाण्डेले उपचारका लागि पश्चिम क्षेत्रीय अस्पतालमा ल्याइएका चार जनामध्ये...
स्रोतको दबाबपछि खर्च कटौतीको तयारीमा अर्थ मन्त्रालय
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटमार्फत सरकारले व्यापक खर्च कटौतीको तयारी गरेको छ । राजस्व बढ्न नसक्दा स्रोतको दबाबमा रहेको सरकारले मितव्ययी भएर बजेट विनियोजन गर्ने रणनीति लिएको हो । स्रोत सुनिश्चितको हिसाबले सुविधाजनक अवस्था नरहेकाले बजेट निर्माण गर्दा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मितव्यितता र खर्च कटौतीलाई ध्यान दिने बताउनुभएको छ ।...
एमाले कास्कीको कमिटीले पायो पूर्णता
पोखरा । नेकपा (एमाले) कास्कीको १० औं अधिवेशन भएको १ वर्षपछि कमिटीलाई पूर्णता दिएको छ । एमाले कास्कीको अधिवेशन २०८० चैत १० देखि १३ गतेसम्म भएको थियो । पार्टी विधानको धारा ६५ को उपधारा १ अनुसार १२, पार्टी विधानको धारा ६५ को उपधारा ४ अन्तर्गत पार्टी समायोजन र एकता प्रक्रियाबाट ८ जना सदस्य थपेर कमिटीलाई...
रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या ७३ पुग्यो
काठमाडौँ ।  रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध मोर्चामा खटिएका थप २३ नेपालीको मृत्यु पुष्टि भएको छ । योसँगै रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्धमा मारिने नेपालीको संख्या ७३ पुगेको छ । रुस–युक्रेन युद्धमा बेपत्ता भई डीएनए परीक्षणका लागि नमुना पठाएकामध्ये अझै ५० जनाको ‘रिपोर्ट’ आउन बाँकी छ । परराष्ट्र मन्त्रालयका अनुसार पुस ९ यता थप २३ जनाको...
पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले व्यवसायी माथि कुटपिट गरेपछि पक्राउ गरिएको डिएसपी हरिबहादुर बस्नेत जानकारी दिए । पराजुलीलाई प्रहरीले लामाचौरबाट पक्राउ गरेको हो । ‘व्यवसायी माथि कुटपिट गरेपछि नियन्त्रणमा लिएका हौं । थप अनुसन्धान गर्दैछौं,’ सुचना अधिकारीसमेत रहेका डिएसपी बस्नेतले भने...
किसानको सुझाव अनुसार कार्यक्रम तय हुनेछन् : कृषि मन्त्री श्रेष्ठ
पोखरा । गण्डकी प्रदेश सरकारकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले किसान सुझाव अनुरुप कार्यक्रम तय हुने बताएकी छिन् । प्रदेशका सबैजसो जिल्लाका कृषकसँग प्रत्यक्ष साक्षात्कार गरेको जानकारी दिँदै मन्त्री श्रेष्ठले प्राप्त सुझाव अनुरुप नै आगामी आ.व.का लागि नीति तथा कार्यक्रम तय गरिने बताएकी हुन् । अखिल नेपाल किसान महासंघ गण्डकी प्रदेश...
७ जना डिआइजीको सरूवा, गण्डकीमा दिनेशकुमार आचार्य आउने
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ७ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकले हिजो आइतबार डिआइजीको सरुवाको निर्णय गरेका हुन् । सरुवासँगै ६ वटा प्रदेशका प्रहरी प्रमुख परिवर्तन हुँदा गण्डकी प्रदेशमा दिनेशकुमार आचार्यको सरुवा भएको छ । गण्डकीमा कार्यरत भोलाबहादुर रावलको अनिवार्य अवकाश भएपछि आचार्यलाई प्रहरी प्रधान कार्यालय...
बाह्र विद्यालयका संस्थापकको वृद्धाश्रममा बास !
नवीनराज कुइँकेल तार्कुघाट (लमजुङ),कुनैबेला लमजुङको उत्तरी क्षेत्रमा शिक्षाको ज्योति बाल्ने व्यक्ति हुनुहुन्थ्यो टेकनारायण घिमिरे । हालको मस्र्याङ्दी गाउँपालिकाका १२ वटा विद्यालयको सुरुवातसँगै चितवनका तीन वटा विद्यालयमा समेत उहाँले अध्यापन गराउनुभयो । घिमिरेको कामै दूरदराजमा विद्यालय स्थापना गर्ने र स्थानीय बालबालिकालाई विद्यालय पुर्‍याउने थियो । दुर्गममा शिक्षाको ज्योति फैलाउने घिमिरे अहिले वृद्धावस्थामा वृद्धाश्रमको सहारामा पुग्नुभएको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–६,...