Breaking 2

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा
पोखरा । नेपालीहरुको महान पर्व विजया दशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमा आज बिहीबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । गण्डकी प्रदेश सरकारले कोजाग्रत पूर्णिमाका दिन कात्तिक १ गते बिदा दिने निर्णय गत वर्षको चैत ९ गते नै निर्णय गरेको थियो । सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरुमा कोजाग्रत पूर्णिमाका दिन बिदा हुने...
अपराध
बाबुले भीरमा फालेर हत्या गरे ६ वर्षीय छाेराको
बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाका एक पुरुष आफ्नै छोरालाई भीरमा फालेर हत्या गरेका छन् । प्रहरीका अनुसार केशव पुनले आफ्नो छ वर्षीय छोरालाई भीरमा आफलेर हत्या गरेका हुन् । अभियुक्तले गएराति छ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरेपछि उनी पक्राउ परेका थिए । बजार क्षेत्र नजिकको भीरबाट उनले छोरालाई फालेका प्रहरीले...
अपराध
पोखरामा लागु औषधसहित १  पक्राउ
  पोखरा । कास्की प्रहरीले लागु औषध सहित १ जनालाई  पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले सवारी साधन जाँच गर्ने क्रममा पोखरा महानगरपालिका वडा नं. १३ मियाँपाटन बस्ने वर्ष ३७ को अक्रम मियाँ पक्राउ परेका हुन् । उनले चलाउँदै आएको ग २४ प ५७७९ नम्बरको स्कुटर रोकी जाँच गर्दा...
आजको मौसम
गण्डकीसहित ३ प्रदेशका पहाडी केही स्थानमा हल्का वर्षाको सम्भावना
पोखरा ।  देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा सामान्यता मौसम सफा रहने छ । सबै प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यसैगरी,...
मर्मत गर्न आजदेखि ३ दिन मनकामना केबलकार बन्द
चितवन । मनकामना केबलकार मर्मत सम्भारका लागि आजदेखि ३ दिन बन्द भएको छ । आजदेखि कात्तिक १ गतेसम्म केबलकार बन्द गरिने भएको हो । मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा...
प्रतिकुल मौसमले पाँच रुसी आरोहीको शव १ सातादेखि धौलागिरि हिमालमै  
पोखरा । धौलागिरि हिमाल आरोहणका क्रममा गत असोज २२ गते ज्यान गुमाएका पाँच रुसी पर्वतारोहीको शव ल्याउन समस्या भएको छ । अलेक्जेन्डर दुसेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइ गत असोज २० गते आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन थिए । हाइक्याम्पमा बास बसेर त्यहाँबाट माथि जानेक्रममा उनीहरु सम्पर्कविहीन भएको आइएम ट्रेकिङ एन्ड...
बडादसैंको टीका लगाउने क्रम आज पनि जारी
पोखरा । आज आश्विन शुक्ल पक्षको एकादशी। । बडादसैंको टीका लगाउने क्रम आज पनि जारी छ । आइतबार ५१ घडी ६ पला एकादशी तिथि छ । विजया दशमीको मुख्य दिन हिजो टीका लगाउन नभ्याएकाहरुले आज मान्यजनबाट टीका ग्रहण गर्ने गर्दछन् । बडादशैँ अर्थात् शरद नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद...
आपसी सहयोग र सदभावका साथ दसैं मनाउन प्रधानमन्त्रीको आग्रह
काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउन अनुरोध गरेका छन् ।  विजया दशमी २०८१ को अवसरमा उनले भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहनुभएका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग ‘होस्टेमा हैसे’ मिलाउन सबैलाई आह्वान समेत गरे ।   प्रधानमन्त्री ओलीले विपद्को...
महागौरी देवीको पूजा आराधना गरिँदै
पोखरा ।  नवरात्रको आठौं दिन दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौं महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई...
पोखरामा राँगोको आक्रमणबाट युवाको मृत्यु
पोखरा । पोखरामा राँगोको आक्रमणबाट एक युवाको ज्यान गएको छ । राँगोले हान्दा पोखराका ३३ का ३७ वर्षीय धनञ्जय आचार्यको मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार आफ्नै माइला दाजुको सुरौदीस्थित भैंसी फारममा पालो दिन गएका बेला राँगोको आक्रमणमा परी उनको मृत्यु भएको हो । धनञ्जयका जेठा दाजु शिव आचार्य पोखरा ३३ का पूर्व...