Breaking 2

एनपिएल
काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदै
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ । उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ः०० बजे सुरु हुनेछ । करण केसीको कप्तानीमा रहेको काठमाडौँले तीन खेल खेलेको छ । यसका दुई हार र एक खेलमा जित निकालेको थियो । काठमाडौँ दुई अङ्कसहित तेस्रो...
एनपीएलमा आज २ खेल हुँदै
काठमाडाैं ।  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेल बिहान पौने १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच हुनेछ । त्यस्तै दोस्रो खेल दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुनेछ । चारै टोली पहिलो पटक एक–आपसमा खेल्न लागेका हुन् । यो सिजनमा एक खेल गुमाइसकेको जनकपुरको यो...
कात्तिकमा ३५ हजार बढीले अन्नपूर्ण संरक्षण क्षेत्र घुमे
पोखरा । गत कात्तिकमा ३५ हजार ९५२ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)भित्र पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो । विसं २०८१ को कात्तिकमा ३३ हजार ३१० जना पर्यटक यस क्षेत्रको भ्रमणमा आएका थिए । त्यसअघि २०८० साल कात्तिकमा २४ हजार ४१६ पर्यटक...
टुर दी पोखराको जर्सी सार्वजनिक, कार्यक्रम पुस ५ मा
पोखरा । टुर दी पोखराको आठौं संस्करणको जर्सी सार्वजनिक गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई हस्तान्तरण गरेर जर्सी सार्वजनिक गरिएको आयोजक संस्था साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले बताए । ‘स्वास्थ्य, वातावरण र पर्यटनका लागि साइक्लिङ’ भन्ने मूल नारासहित ‘८औं टुर दी पोखरा’ पुस ५ गते शनिबार हुनेछ । उक्त कार्यक्रमका लागि आयोजकले...
कृत्रिम बुद्धिमत्तामा अमेरिकापछि चीन दोस्रो स्थानमा
जेनेभा । संयुक्त राज्य अमेरिका र चीन कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकासमा विश्वका दुई प्रमुख अगुवा राष्ट्रका रूपमा रहेका छन् । सन् २०१४ देखि २०२३ सम्म चीनले कृत्रिम बुद्धिमत्तासम्बन्धी सबैभन्दा धेरै आविष्कार दर्ता गरेको एक विज्ञले बताएका छन् । अन्तर्राष्ट्रिय व्यवस्थापन विकास संस्थानद्वारा सार्वजनिक दोस्रो कृत्रिम बुद्धिमत्ता प्रगति सूचकाङ्क अनुसार, प्रविधि क्षेत्रमा अमेरिकी कम्पनीहरू अग्रस्थानमा...
कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकका १७ निर्णय सार्वजनिक
काठमाडौँ। सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । सरकारको निर्णय अनुसार  दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा फागुन १ देखि ७ गतेसम्म हुनेछ । हेर्नुहाेस मन्त्री परिषद्का निर्णय ।
२० वटा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन
निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि २० वटा निवेदन परेको छ। आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार जेनजी आन्दोलनअघि ९ र त्यसपछि ११ वटा निवेदन परेको हो। उज्यालो नेपाल पार्टी, गतिशिल लोकतान्त्रिक पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नेपाल लिभरल पार्टी, राष्ट्रिय जेन्जी पार्टी नेपाल, कम्युनिस्ट पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी नेपाल, जनयुग पार्टी, हाम्रो पार्टी नेपाल, नेपाली...
पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस
बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारीचालकलाई सास्ती भएको छ । कास्की र पर्वत खण्डको सडकमा खाल्डाखुल्डीको समस्या बढी रहेको पोखरा–बागलुङ चल्ने विद्युतीय माइक्रोका चालक डम्मर केसीले बताउनुभयो । “सहज र निर्वाध रूपले गाडी चलाउन...
प्रधानमन्त्री कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीसँग आज छलफल गर्दै
काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्री सुशीला कार्कीले आज  छलफल गर्ने भएकी छन्। अपराह्न ४ बजे बालुवाटारमा बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीहरू क्रमशः हिक्मतबहादुर कार्की, जितेन्द्रप्रसाद सोनार, इन्द्रबहादुर बानियाँ, सुरेन्द्रराज पाण्डे, चेतनारायण आचार्य, यामलाल कँडेल र कमलबहादुर शाहको उपस्थिति रहनेछ। प्रधानमन्त्री कार्कीले परिवर्तित...
प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा बुधबारदेखि सुनुवाइ  हुँदैछ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद  कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै  दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ ।